- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeखेलकुदजिल्लास्तरीय युथ कप फुटबल सुरु

जिल्लास्तरीय युथ कप फुटबल सुरु

- Advertisement -spot_img

बैशाख, १३ दाङ । तुलसीपुर १५ जिल्ला स्तरीय युथ कप फुटबल प्रतियोगिता २०७६ बिहीबारदेखि दाङको कोटियाडाँडामा सुरु भएको छ । तुलसीपुर १५ युवा क्लवको आयोजना तथा तुलसीपुर उपमहानगरपालिका वडा नं. १५ समन्वयमा सञ्चालित प्रतियोगिताको उद्घाटन तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख माया आचार्यले गरेकी हुन् ।
स्थानीयस्तरमा फुटबल खेलको पहुँच अभिवृद्धि गर्ने उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगिताको उद्घाटन खेलमा स्कुल स्पोट्स फुटबल एकाडेमीले विजयी सुरुवात गरेको छ ।
तुलसिपुर १५ युवा क्लवलाई १ का विरुद्ध ३ गोल अन्तरले पराजित गर्दै स्कुल स्पोट्स फुटबल एकाडेमीले विजयी सुरुवात गरेको हो । खेलको दोस्रो हाफको सुरुवातीमा तुलसीपुर १५ युवा क्लवका जर्सी नं. १२ का खेलाडी शिव नारायण चौधरीले पहिलो गोल गरी टिमलाई १–० गोलको अग्रता दिलाए पनि दोस्रो हाफको मध्य भागमा स्कुल स्पोट्स फुटबल एकाडेमीका स्वप्निल कुमाईले ब्यक्तिगत २ र किरण योगीले १ गोल गर्दै आफ्नो टिमलाई जित दिलाउन सफल भए ।
प्रतियोगिताअन्तर्गत शुक्रबार बिहान एसटिएफसी तुलसीपुर–६ र राप्ती स्पोट्स क्लव घोराहीबीच खेल हुनेछ । त्यस्तै दोस्रो खेल एसएसएफए र वडा नं. १६ बीच हुने आयोजकले जानकारी दिएको छ ।
यसैबीच प्रतियोगिता तुलसीपुर–१५ युवा क्लवका अध्यक्ष सुरेन्द्र चौधरीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख माया आचार्यको प्रमुख आतिथ्यता तथा नेकपाका नेता मनोहर बुढाथोकी र तुलसीपुर उपमहानगरपालिका खेलकुद समितिका संयोजक अमर नेपालीको विशिष्ट आतिथ्यतामा भएको हो ।
प्रतियोगिता विजेता, उपविजेताले क्रमशः नगद ५० र २५ हजार, ट्रफी, मेडल तथा प्रमाणपत्र हात पार्नेछ्न् । त्यस्तै प्रतियोगिताको ब्यक्तिगत विधा अन्तर्गत वेष्ट प्लेयर, वेष्ट किप्पर, वेस्ट मिडफिल्डर, वेष्ट डिफेन्स र वेस्ट फरवार्डको स्थान हात पार्ने खेलाडीलाई पुरस्कृत गरिने क्लवका अध्यक्ष सुरेन्द्र चौधरी (सुवोध) ले जानकारी दिए । बैशाख १८ गतेसम्म चल्ने प्रतियोगितामा जिल्लामा स्थापित १० टिमको सहभागिता रहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here