जिल्लामा महिला हिंसा

फिचर मुख्य खबर समाज

परम्परागत एवं पितृसत्तात्मक नेपाली समाजमा महिलालाई दोस्रो दर्जाको नागरिकका रूपमा गरिने व्यवहार अहिले पनि यथावत नै रहेको छ । महिला र पुरुषबीच विद्यमान यही सामाजिक विभेदका कारण पनि महिलामाथि हिंसा भैरहेको छ ।
महिला हिंसा भन्ने ब्त्तििकै हरेक मानिसले महिलामाथि हुने अन्याय र दुव्र्यवहारलाई बुझ्ने गर्दछ । कुनै पनि महिलामाथि हुने विभिन्न किसिमका हिंसाजन्य गतिविधिहरुलाई समाजले महिला हिंसाको नामबाट बुझिरहेको छ । नेपालभरीकै सन्दर्भमा हेर्ने हो भने अहिले पनि हरेक क्षेत्रमा महिला हिंसा भईनै रहेको छ । चाहे त्यो प्रत्यक्ष होस् अथवा अप्रत्यक्ष । विशेषगरी ग्रामीण तथा दुर्गम क्षेत्रमा बढी मात्रामा महिलाहरुमाथि हिंसा भईरहेको भएपनि अहिले यो सुगम तथा शहरी क्षेत्रमा पनि बढ्दो क्रममा रहेको छ ।
दाङमा पनि महिला हिंसाका घटनाहरु नघटेका होइनन् । विगतलाई हेर्ने हो भने मध्य तराईमा अवस्थित यस क्षेत्रमा पनि विभिन्न शीर्षकमा महिलामाथि दुव्र्यवहार र हिंसाजन्य गतिविधिहरु भईनै रहेका छन् । समाज जतिनै रुपान्तरण भएपनि समाजले महिलामाथि साेंच्ने मानसिक तथा सामाजिक धारणाको भने अझैपनि राम्रोसँग परिवर्तन भएको छैन । तर केही समय यता बाह्यरुपमा हुने महिला हिंसाका घटनाहरु भने कमै मात्रामा सुनिने गरेका छन् । मानिसको जीवनस्तर जतिनै परिपक्व बन्दै जान्छ त्यति नै यस्ता घटनाहरु कम हुँदै जान्छन् । दाङमा पनि समय–समयमा महिलाहरुमाथि भएको अत्याचार र दमनका घटनाहरु सार्वजनिक भईनै रहेका छन् । तर कम मात्रामा हिंसाका घटनाहरु बाहिर आउने गरेका छन् । पारिवारिक दमन र धम्कीका कारणले पनि कतिपय घटनाहरुले घरभित्र शोषण गरिरहेको हुन्छ ।

के हो महिला हिंसा ?

कुनै पनि महिलामाथि शारीरिक, मानसिक र आर्थिकरुपमा शोषण गर्नु नै महिला हिंसा होे । अर्थात् महिला भएकै आधारबाट मानवअधिकारको उपभोगमा गरिने विभेद, शारीरिक तथा मानसिक रुपबाट दिइने पीडा, प्रतिवन्धलगायत समाजमा महिलाहरुको आत्मसम्मानमा पु¥याइने विभिन्न किसिमका गतिविधिहरुलाई महिला हिंसा भन्ने बुझिन्छ । कुनै पनि समाजमा महिला हिंसाको स्थिति कायम राख्न सामाजिक, आर्थिक, राजनैतिक तङ्खवहरुले विशेष भूमिका निर्वाह गरिरहेका हुन्छन् । दाङ जिल्लाकै सन्दर्भमा हेर्ने हो भने जिल्लाको कुल जनसंख्यामध्ये आधाभन्दा बढी हिंसा ओगटेका महिलाहरू अहिलेसम्म पनि उदाहरणका रुपमा रहिआएका छन् । लैंगीक विभेद, पारिवारिक एवं सामाजिक असमानता, अन्याय तथा विभिन्न खालका हिंसाहरु भईरहेको महिला अधिकारकर्मीहरुको भनाइ छ ।
परम्परागत, धार्मिक तथा साँस्कृतिक मान्यताले महिलालाई अझैपनि असमान बनाईरहेको छ । समाजमा रहिआएको पितृ सत्तात्मक धारणा, अन्धविश्वास, पुरातन संस्कार एवं परम्परा, विभेदपूर्ण कानून, लैंगिक असमानता, आर्थिक परनिर्भरता, अशिक्षा, गरिबी, नीति निर्माणको तहमा महिला प्रतिनिधित्वको न्यूनताजस्ता कारणहरुले महिलामाथि हिंसाहरु भईरहेको महिला मानवअधिकारकर्मी शुष्मा गिरीको भनाइ छ । परम्परागत एवं पितृसत्तात्मक नेपाली समाजमा महिलालाई दोस्रो दर्जाको नागरिकका रूपमा गरिने व्यवहार अहिले पनि यथावत नै रहेको छ । महिला र पुरुषबीच विद्यमान यही सामाजिक विभेदका कारण पनि महिलामाथि हिंसा भैरहेको छ ।
विशेषगरी महिलाहरुमाथि मानसिक यातना दिँदै हत्या, बलात्कार, यौन दुव्र्यवहार, अपहरण, बेचबिखन, कुटपिट, आगो लगाउने, विष खुवाउने, एसिड खन्याएर कुरूप बनाउनेजस्ता गतिविधिहरु अहिले पनि जीवितै रहेको छ । दैनिक घरको व्यवहारमा भेदभाव गर्ने, संस्कार एवं परम्पराका नाममा अधिकारबाट वञ्चित गर्ने गराउने, आत्मसम्मानमा आँच आउने गरी महिलाहरुलाई बोलाउने जातिय एवं स्थलगत क्षेत्रको नामबाट किटान गरी बोलाउने, यस्तै असभ्य शब्दले किटान गर्ने, शोषणरुपी व्यवहार निम्त्याउनेजस्ता घटनाहरु दिनप्रतिदिन घटिरहेको महिला अधिकारकर्मी लक्ष्मी आचार्यको भनाइ छ  ।

महिला हिंसाका कारणहरु

जिल्लामा महिला हिंसाहरु बाह्यरुपमा कम भएपनि आन्तरिक अथवा अप्रत्यक्ष रुपमा पहिलेको भन्दा बढिरहेको छ । समग्र रुपमा हेर्ने हो भने तुलनात्मक रुपमा पनि महिला हिंसा बढी नै रहेको छ । समाज रुपमान्तरण र शिक्षित बन्दै गए पनि महिला हिंसाका प्रवृति र कारणहरु उस्तै रहेको छ । जसले समाजमा छुट्टै किसिमका त्रास उत्पन्न बनाएको छ । ससाना बालबालिकादेखि बृद्धबृद्धाहरुसम्म पनि बलात्कार, यौन दुव्र्यवहार, हत्याका खबरहरु आइरहेका हुन्छन् । सामाजिक विभेद, लैंगीक असमानता यसका प्रमुख कारण हुन् । कतिपय महिलाहरुले विष सेवन गरेर आत्महत्या गरेका छन् ।
पारिवारिक असमझदारीले यसरी महिलाहरुले अकालमै ज्यान गुमाउन बाध्य भएका छन् । समाजमा रहेको त्रुटीपूर्ण सामाजिक मुल्य मान्यताका कारणले महिलाहरुमाथि व्यापकरुमा शोषण निम्त्याएको छ । यस्तै पम्परागत, धार्मिक तथा साँस्कृतिक मान्यताले महिलालाई अझैपनि असमान बनाइरहेको छ । समाजमा रहिआएको पितृसत्तात्मक धारणा, अन्धविश्वास, पुरातन संस्कार एवं परम्परा, विभेदपूर्ण कानुन, लैंगीक असमानता, आर्थिक परनिर्भरता, अशिक्षा, गरिबी, नीति निर्माणको तहमा महिला प्रतिनिधित्वको न्यूनता, बढ्दो वैदेशिक रोजगारी, पारिवारिक असमझदारी, बेमेल विवाह, दाइजो, बालविवाह, बहुविवाह अशिक्षाजस्ता कारणहरुले महिला हिंसा बढिरहेको छ ।

महिला हिंसाको अवस्था

जिल्लामा अहिलेको समयमा महिलाका अधिकार र हिंसाविरुद्ध थुप्रै संघ संस्थाहरु सञ्चालन भइरहेका छन् । महिला हिंसालाई अन्त्य गर्नका लागि सरकारले नीति नियमहरु नबनाएको पनि होइन । तर कानुन पालना गर्ने र गराउने निकाय प्रभावकारी नबन्दा विभिन्न स्थानहरुमा विविध तरिकाले महिलामाथि हिंसाहरु भइरहेका छन् । महिलाहरुको अधिकार, संरक्षण र हकहितको विषयमा काम गर्दै आएको महिला मानवअधिकार रक्षक सञ्जाल दाङका अनुसार जिल्लामा अहिले घरेलु हिंसाको संख्या एकदमै बढिरहेको छ । विशेषगरी वैदेशिक रोजगारीको विषयले महिलाहरुमाथि घरेलु हिंसा बढिरहेको छ । जसका कारण महिलाहरु विष सेवन, भुण्डिएर आत्महत्या गर्न बाध्य भएको पाईन्छ । ससाना घरयासी समस्याले बढ्ने असमझदारी, वादविवाद, झैझगडाले प्रत्यक्ष एवं अप्रत्यक्ष प्रभाव पारिरहेको छ । महिलाहरुको अधिकार, संरक्षण र हकहितको विषयमा काम गर्दै आएको महिला मानवअधिकार रक्षक सञ्जाल दाङको तथ्यांक अनुसार गत आर्थिक वर्ष ०७४÷७५ मा जिल्लामा १ सय ६३ वटा महिला हिंसासम्बन्धी विवरणहरु दर्ता भएका छन् । जसमध्ये सबैभन्दा धेरै अर्थात् ९२ वटा घरेलु हिंसाअन्तर्गत रहेका छन् । बालविवाह, जबरजस्ती करणी, बहुविवाहका घटनाहरुसमेत बढ्दो क्रममा रहेको तथ्यांक उल्लेख छ । उमेरको आधारमा हेर्ने हो भने १६ देखि २० वर्ष उमेर समूहका महिलाहरुमाथि हिंसाजन्य गतिविधिहरु बढी मात्रामा हुने गरेको तथ्यांकमा उल्लेख छ ।
उक्त उमेर समूहमा ३६ जना महिलाहरुमाथि हिंसा भएको छ । त्यसैगरी २१ देखि २५ वर्षको उमेर समूहमा २९, ३२ देखि ३५ वर्षसम्मको उमेर समूहमा २८ वटा महिला हिंसाका मुद्दाहरु दर्ता भएका छन् । त्यस्तै चालु आर्थिक वर्ष ०७५÷७६ को माघ मसान्तमा मात्रै २३ वटा महिला हिंसाका घटनाहरु दर्ता भएका छन् । जसमा सबैभन्दा धेरै घरेलु हिंसाका १४ वटा घटनाहरु दर्ता भएका छन् भने अन्य यौन दुव्र्यवहार, बेचबिखन, बोक्सी आरोप, सामाजिक कुटपिट, बहुविवाह र अल्पत्रजस्ता विषयमा घटनाहरु दर्ता भएको तथ्यांक छ । यस्तै जिल्ला प्रहरी कार्यालयको तथ्यांक अनुसार चालु आर्थिक वर्षको साउन महिनादेखि पुस मसान्तसम्ममा ७५ वटा घरेलु हिंसाका घटनाहरु दर्ता भएका छन् ।

महिलाहरुको अधिकार, संरक्षण र हकहितको विषयमा काम गर्दै आएको महिला मानवअधिकार रक्षक सञ्जाल दाङको तथ्यांक अनुसार गत आर्थिक वर्ष ०७४÷७५ मा जिल्लामा १ सय ६३ वटा महिला हिंसासम्बन्धी विवरणहरु दर्ता भएका छन् ।

महिला हिंसा अन्त्यका लागि के गर्नुपर्दछ ?

समाजमा विद्यमान रहेको महिला हिंसाको अन्त्यको आजको आवश्यकता हो । जबसम्म कुनै पनि महिलामाथि गरिने दुव्र्यवहार, शोषणको अन्त्य हुँदैन तबसम्म समाज र देश परिर्वतन हुनसक्दैन । यसका लागि सर्वप्रथम महिलाहरु आ–आफ्नो स्थानबाट जागरुक हुन आवश्यक छ । यस्तै यसर्थ महिलाका हिंसाका रुपमा रहेका परम्परागत संस्कार, पितृसत्तात्मक सोंच, कुरिती, अन्धविश्वासहरुको अन्त्य गर्नु जरुरी छ । यस्तै महिलाहरुको श्रम, विनयशीलता, सहनशीलतामा समाजले कदर गरेको पाइदैन । महिलाहरुको लगनशील मेहनती गुणको अनिवार्य कदर गर्न आवश्यक छ ।
कुनै पनि महिलालाई सानै स्तरबाट विद्यालय तथा विश्वविद्यालयसम्म पुग्न सक्ने क्षमताको विकास गर्न सबैले सहयोग एवं पहल गर्न जरुरी छ । जसका लागि परिवार, समाज र विद्यालयहरुमा महिलामैत्री पाठ्यक्रमको व्यवस्था गर्नुपर्दछ । राज्यस्तरबाट निर्माण गरिने नीति नियमहरु विशेषगरी महिलाको हकहित र अधिकारका विषयमा बलियो बनाउनुपर्दछ । महिलाहरुमाथि गरिने हिंसाजन्य गतिविधि, पारिवारिक एवं सामाजिक रुपमा गरिने अपमान, यौन दुव्र्यवहार गर्ने व्यक्ति, परिवार तथा समाजलाई निष्पक्ष तरिकाले कडाभन्दा कडा सजायको व्यवस्था गरिनुपर्दछ । समाजमा प्रत्यक्ष असर पर्ने सामाजिक सञ्जालमा समेत महिलाको बढी प्रयोग गरेको पाइन्छ । सामजिक सञ्जाल तथा कलाकारिता क्षेत्र, सञ्चार माध्यमहरुमा महिलाको चरित्र सुरक्षाका लागि सेन्सर प्रणालीलाई थप प्रभावकारी बनाउनुपर्दछ । यसैगरी समाजमा विकृति ल्याउने किसिमका भिडियो, चलचित्रहरु निर्माणमा प्रतिवन्ध गरिनुपर्दछ । वर्तमान समयमा विशेषतः महिलामाथि हुने हिंसाको प्रमुख कारण मदिराजन्य पदार्थहरु र लागूपदार्थको प्रयोग मानिएको छ । दुव्र्यसनीका कारणले समाजका घटेका अधिकांश हिंसाका प्रुमख कारणको भूमिका खेलिरहेका छन् । मध्यपान, धुम्रपान, लागूपदार्थ सेवनका कारण अधिकांश हिंसाजन्य घटनाहरु दिनप्रतिदिन बढ्दै गएकाले राज्यस्तरबाट यसका विरुद्ध जनचेतना फैलाउने र बिक्री वितरणमा प्रतिवन्ध गरिनुपर्दछ । सामाजिक, साँस्कृतिक धार्मिक अन्धविश्वासी परम्पराका कारण महिलाहरुले खपिरहनुपरेका यस्ता विकृति अन्त्य गरिनु आवश्यक छ । यस्तै वैदेशिक रोजगारको अन्त्य गरी देशमा अनिवार्य रोजगारको व्यवस्था गरिनु पर्दछ । सरकारी नीति निर्माण तहमा महिला प्रतिनिधित्वको व्यवस्था गर्ने, प्रत्येक परिवारमा महिलाहरुलाई सम्मानजनक व्यवहार गर्न सिकाउने किसिमका नैतिक शिक्षा दिने र अनुशासन सिकाउने सकेमा यस्ता समस्याहरु कम गराउन सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *