जिल्लाको वार्षिक समीक्षा

मुख्य खबर राजनीति समाज

घोराही, ९ असोज । जिल्लास्तरिय वार्षिक समीक्षा कार्यक्रम शुरु भएको छ । जिल्लाका दशवटै स्थानीय तहका सरकारी कार्यालयहरुको वार्षिक समीक्षा शुरु भएको हो । दुई दिन चल्ने वार्षिक समीक्षा कार्यक्रममा जिल्लाका सरकारी कार्यालयहरुबाट भए गरेका कामहरुको समीक्षा गर्ने छन् ।
वार्षिक समीक्षाको उद्घाटन गर्दै राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले स्थानीय तहलाई जबसम्म बलियो बनाउन नसकिदासम्म संघीय लोकतान्त्रिक गणतन्त्र बलियो नहुने बताए । त्यसको लागि सम्बन्धित जनप्रतिनिधिहरुले आफ्नो कामको दायराभित्र रहेर काम गर्न अनुरोध गरिन् । सुशासन र पारदर्शी भएर काम गर्नसमेत सुझाव दिइन् ।
देवकोटाले सिंहदरबारको अधिकार गाउँ तहसम्म पु¥याउने कुरा संविधानमा उल्लेख भइसकेको बताउँदै अधिकार कार्यान्वयनका लागि चाहिने कानुन तथा ऐन निर्माणमा अत्यन्त संवेदनशील हुन जरुरी रहेको बताइन् ।
राष्ट्रिय सभा सदस्य देवकोटाले सविधानको भाग २० को २ सय ३३ धाराले संघ र प्रदेश र स्थानीय तहको अन्तर सम्बन्ध हुनुपर्छ भन्ने कुरा उल्लेख गरेको बताउँदै समन्वय र सहकार्य आवश्यक रहेको बताइन् ।
सरकारी तथा गैरसरकारी गरी ४३ बढी कार्यालयहरुले गत आर्थिक बर्षमा गरेका कार्यसम्पादनलाई प्रगति र समीक्षाका रुपमा प्रस्तुत गर्ने क्रम सुरु भएको हो । समीक्षा कार्यक्रममा स्थानीय सरकारहरुले सडक पूर्वाधारलाई पहिलो प्राथमिकतामा राखेको विवरण पेश गरेका छन् ।
सडक सञ्जाललाई गाउँ तहसम्म पु¥याउनका लागि गत आर्थिक बर्षमा गरेका लगानीका बारेमा बजेटसहित जानकारी गराएका छन् । नयाँ ट्रयाक खोल्नेदेखि लिएर सडक कालोपत्रे गर्नेसम्मका कामहरु भएको उल्लेख गरेका छन् ।
समीक्षा गोष्ठीमा राष्ट्रियसभा तथा प्रदेशसभा सदस्यहरुले स्थानीय तहबाटै विकासको प्राथमिकीकरण गर्नुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा राष्ट्रिय र प्रदेशसभा सदस्यहरुले विकासको जग नै स्थानीय तह भएको भन्दै प्राथमिकीकरण गर्न आवश्यक रहेकोमा जोड दिएका हुन् ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को अनुसूचि ५, ६ र ७ मा संघ प्रदेश र स्थानीय सरकारको साझा र एकल अधिकार उल्लेख गरेको बताउँदै स्थानीय सरकारले सही मापदण्ड बनाउन नसके संघीयता घरासायी हुने बताइन् ।
कार्यक्रममा बोल्दै राष्ट्रिय सभा सदस्य कोमल वलीले ५ नम्वर प्रदेशमा ३७ प्रतिसत बजेट खर्च भएको बताइन् । प्रदेश सभा सदस्य दामा शर्मा, इन्द्रजित थारुलगागतले बोलेका थिए ।
जिल्ला समन्वय समितिको आयोजनामा वार्षिक समीक्षा कार्यक्रम भएको होे । समीक्षा शुक्रबारसम्म चल्ने छ । जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको अध्यक्षता भएको कार्यक्रमको सहजीकरण इन्द्र डिसीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *