Friday, March 29, 2024
Homeफिचरजिपि कोईराला फाउन्डेसन क्यानडाद्धारा चर्चा

जिपि कोईराला फाउन्डेसन क्यानडाद्धारा चर्चा

- Advertisement -spot_img

१५ चैत्र जिपि कोईराला फाउन्डेसन क्यानडाद्धारा कोईरालाको योगदानको चर्चा दाङ । जिपि कोईराला फाउन्डेसन क्यानडाले नेपाली कांग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री स्व. गिरिजा प्रसाद कोईरालाको नवौं स्मृति दिवस मनाएको छ ।
कोईरालाको नवौ स्मृति दिवसको अवसरमा संस्थाका पदाधिकरीहरु लगायत एन आर एन क्यानडाका पदाधीकारीहरु एवं सल्लाहाकारहरु, जनसंम्पर्क समिति, प्रवासी नेपाली मंच लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले नेपालको प्रजातन्त्र, शान्ति र विकाशमा उनले पुरयाएकोे योगदानको वारेमा चर्चा गरेका थिए ।
क्यानडाको ग्रेटर टोरोन्टो स्थित ब्रामटन शहरमा स्वर्गीय कोइरालालाई सम्झिदै १ मिनेट मौन धारणा गरेर कार्यक्रमको शुरु गरिएको थियो । कार्यक्रममा संस्थाका महामन्त्री बिद्याभूषण कार्कीले स्वर्गीय कोईरालाको योगदानको चर्चा गर्दै उनको जीवनीको बारेमा संक्षिप्त्त रुपमा प्रकाश पारेका थिए ।
नेतृत्व, निर्णय र प्रष्ट बिचारका कोईरालाले राष्ट्रका लागि गरेको योगदानको वारेमा चर्चा गरेका थिए । कार्यक्रमको सभापतीत्व गरेका कार्यक्रम संयोजक तथा फाउन्डेसनका बरिष्ठ उपाध्यक्ष ई. ज्ञान गौतमले नेपालको शान्ति तथा द्वन्द व्यबस्थानपनमा स्व. कोईरालाले पुर्याएका अतुलनीय योगदानको वारेमा जानकारी गराएका थिए ।
प्रजातन्त्र, शान्ती एवं विकाशका लागी स्व. कोईरालाले अबलम्बन गरे सहमती, सहकार्य एवं एकताको सान्दर्भिकता सधै रहिरहने उल्लेख गर्दै उनले सबैले कोईरालाको मार्ग दर्शनलाई विर्सन नहुने वताएका थिए ।
कार्यक्रममा फाउन्डेसनका बरिष्ठ उपाध्यक्ष ई. गौतमले आगामी दिनमा राजनैतिक धार भन्दा बाहिर रहेर संस्थाले कार्य गर्ने उद्देश्य रहेकोले यसलाई राजनैतिक रुपबाट नहेर्न र राजनीतिक हाबी हुन नदिन अनुरोध गरेका थिए ।
कार्यक्रममा एन आर एन क्यानडाका अध्यक्ष गोपीकृष्ण काफ्ले, उपाध्यक्ष राजकुमार महत, पुर्व अध्यक्ष अनिल थापा, आई सिसि मेम्वर प्रमिला बस्नेत, नेपाली जनसंम्पर्क समितिका सभापति रामबाबु थापा, चेयर अन्जनी भट्टराइ, एन पिसिसी का उपसभापति दीपक गौतम, प्रवासी नेपाली मंचका सचीव अशोक खड़का, पत्रकार एवं एन पिसिसीका प्रवक्ता राजु थापा लगाएतले स्व. कोइरालाको योगदानका बारेमा चर्चा गरेका थिए ।
संस्थाका प्रवक्ता के. पी. निरौलाको स्वागत मन्तव्यवाट शुरु भएको कार्यक्रमको सहजिकरण संस्थाका उपसभापति निरन्जन थापाले गरेका थिए । त्यस अवसरमा एनपिआरसीका पूर्व सभापति एव्म जिपि कोईराला फाउन्डेसनका सभापति तुल्सी पौडेलले कार्यक्रमको सफलताको लागी शुभकामना व्यक्त गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here