- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeमुख्य खबरजाजरकोटमा पहिरोः आठजनाको मृत्यु

जाजरकोटमा पहिरोः आठजनाको मृत्यु

- Advertisement -spot_img

जाजरकोट, २० साउन । जाजरकोट सदरमुकाम खलंगामा आइतबार बिहान गएको पहिरोमा परी आठजनाको मुत्यु भएको छ । दुईजना घाइते भएका छन् । पहिरोले पुरेको अवस्थामा आठजनाको शव निकालिएको हो । एकजना अझैं बेपत्ता छन् । एकजनाको जीवितै उद्धार गरिएको छ ।
भेरी नगरपालिका–६ गंगटियाका खड्गबहादुर लुहारको जीवितै उद्धार गरिएको छ । मृत्यु हुनेमा खड्गबहादुर लुहारकी श्रीमती शितला लुहार, उनका छोरीहरु ९ वर्षीया भावना परियार, ६ वर्षीया रञ्जना परियार, ३ वर्षीया मनिषा परियार, १३ वर्षीय नरेन्द्र परियार, ११ वर्षीय नवीन परियार रहेका छन् । त्यसैगरी नलगाँड–१ डाँडागाउँका १० वर्षीय दशरथ परियारको मृत्यु भएको प्रहरीले जनाएको छ । भने सोही गाउँका ८ वर्षीय गोविन्द परिवार बेपत्ता छन् । उनको खोजी भइरहेको प्रहरीले बताएको छ । जीवितै उद्धार गरिएका लुहारको जाजरकोट अस्पतालमा उपचार भइरहेको छ । छाती, टाउको र खुट्टामा चोट लागेका खड्गबहादुरको अवस्था गम्भीर रहेको बताइएको छ । मजदुरी गर्दै आएका उनीहरु सबै तिर्थराज बोहोराको घरमा डेरा गरी बसेका थिए । त्यस्तै भेरी नगरपालिका–३ घरमूली तिर्थराज बोहोराकी छोरी नग्मा बोहरा र सोही ठाउँका नरेन्द्र परियार र नवीन परियारको पहिरोमा परेर मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुने एकजनाको परिचय खुल्न सकेको छैन । नेपाल प्रहरी, सेना र स्थानीय उद्धारमा बिहानैदेखि जुटेको निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक इन्द्रजित सुनारले बताए । उनले पहिरो गएको स्थानमा खनेर शव मृतकको शव निकालिएको बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here