Friday, March 29, 2024
Homeमुख्य खबरजागरण अभियान सफल क्षेत्रीय समिति

जागरण अभियान सफल क्षेत्रीय समिति

- Advertisement -spot_img

दाङ, २९ जेठ । दाङ लगायत देशभर सञ्चाल गरिएको एक महिने जनजागरण अभियान सफल भएको नेपाली कांग्रेस क्षेत्र नं. ४ ले ठहर गरेको छ ।
पार्टीको मंगलबार तुलसीपुरमा बसेको बैठकले जागरण अभियानले पार्टीका कार्यकर्तामा उर्जा, सक्रियता र थप जिम्मेवारी बोध गराएको निचोड निकालिएको क्षेत्रीय सदस्य तथा प्रवक्ता सुरेशकुमार श्रेष्ठले जानकारी दिए ।
यो अभियानमा केन्द्रबाट खटिएका केन्द्रीय सदस्य एवम पूर्व सञ्चार मन्त्री मोहनबहादुर बस्नेतलाई धन्यबाद ज्ञापन दिने निर्णय गरिएको श्रेष्ठले बताए । त्यस्तै उक्त अभियानमा खटिने जिल्लाका नेता कार्यकता, भातृ तथा शुभेच्छुक संस्थाका सम्पूर्ण प्रति आभार ब्यक्त गरिएको क्षेत्र नं. ४ ले जनाएको छ ।
क्षेत्र नं. ४ अन्तर्गतका सेवाप्रदायक निकाय तथा संघ संस्थामा हुने गतिविधिमा निगरानी बढाउन पार्टीका इकाईहरुलाई निर्देशन दिएको छ । त्यस्तै क्रियाशील सदस्यहरुको प्रमाणपत्र सम्बन्धित ब्यक्तिसम्म पु¥याउन निर्देशन दिएको क्षेत्रीय सभापति जगतबहादुर खड्काले जानकारी दिए ।
त्यस्तै बैठकले नेपाली कांग्रेस क्षेत्र नं. ४ का पूर्व सदस्य देशराज गिरीको निधन, कोषाध्यक्ष पुष्पराज गिरीका आमा द्रोणकुमारी गिरीको निधन, नेपाली कांग्रेसका अगुवा स्थानेश्वर पौड्ेल र हेमान्तापुरका स्थानेश्वर गौतमको निधन प्रति शोक प्रस्ताव पारित गरिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here