जलवायु परिवर्तनविरुद्धको शान्ति ¥याली

फिचर मुख्य खबर

देउखुरी डायरी
प्रिया स्मृती गजमेर देउखुरी, २ चैत । लमही नगरपालिकाका नगर प्रमुख कुल बहादुर केसीले नेपालीज युथ क्लाईमेट एक्सन नामक संस्थाले जलवायु परिवर्तनविरुद्ध गर्दै आएको कामको खुलेरै प्रशंसा गरेका छन् ।
आगामी दिनहरुमा पनि समाज परिवर्तनमा चासो देखाउने यस्ता जोसिला युवा र संस्थाप्रति नगरपालिकाले पनि सहयोग गर्ने नगर प्रमुख केसीले बताए । जलवायु परिवर्तनको निम्ती नेपाली युवाहरुको सञ्जाल नेपालीज युथ क्लाईमेट एक्सन लमही दाङले आयोजना गरेको ‘जलवायु परिवर्तन विरुद्ध शान्तिपूर्ण प्रदर्शन कार्यक्रममा नगर प्रमुख केसीले यस्तो बताएका हुन् ।
हामी यहाँ रोकिने छैनौँ, हाम्रो आन्दोलन जारी छ, परिवर्तन हामीबाट सम्भव छ जस्ता संदेशमूलक प्लेकार्ड बोकेर लमहीको बसपार्कदेखि नारा लगाउँदै क्रिकेट मैदानको मुल गेटमा पुगेर कोणसभामा परिणत भएको थियो । नेपालीज युथ क्लाईमेट एक्सन लमहीका संयोजक जीवन उप्रेतीको अध्यक्ष्यता एवं लमही नगरपलिकाका प्रमुख कुलबहादुर केसीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा उपप्रमुख देवका बेल्वासे, सामुदायिक रेडियो प्रसारक संघ प्रदेश नम्बर ५ का अध्यक्ष केपि घिमिरे, लमही जेसिजका अध्यक्ष शिव शंकर गुप्ता, पृथ्यु टेक्निकल कलेजका प्राध्यापक, विद्यार्थी, वातावरणप्रेमी, पत्रकार,सुरक्षाकर्मीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन अमरदिप बस्नेतले गरेका थिए ।

मन्त्रालयका सचिवद्वारा अनुगमन

देउखुरी, २ चैत । प्रदेश नम्बर ५ का उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव धनन्जय पौडेल नेतृत्वको टोलीले शुक्रबार देउखुरी उपत्यकाका विभिन्न क्षेत्रका वनहरुको अनुगमन गरेको छ ।
टोलीले लमही नगरपालिका–६ मा रहेको सिसौ बगर रामुदायिक वन, राप्ती पारिका अन्य विभिन्न सामुदायिक वनहरुको अवलोकन गरेको हो ।
यसैबीच लमही नगरपालिका–६ स्थित सिसौबगर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सूर्यराज गौतमले सचिव पौडेललाई सिसौबगरको संरक्षण, पोखरीमा जलासय निर्माण र नदीजन्य पदार्थको बारेमा विस्तृत जानकारी गराएका छन् ।
उक्त अवसरमा वन मन्त्रालयका सचिव पौडेलले नदीजन्य पदार्थको उत्खनन् र नियन्त्रण, कटान रोक्ने र तटबन्धन निर्माणको कार्यमा सबै अग्रसर हुन आवश्यक रहेको बताए । उक्त अवसरमा वडा नम्बर ६ का वडा अध्यक्ष गणेशमान चौधरीको पनि सहभागिता थियो । अनुगमन टोलीले मध्यनगर र हस्नापुरलगायतका क्षेत्रको पनि अनुगमन गरेको छ ।

चश्मा बनाउने तालिम

देउखुरी, २ चैत । राप्ती प्राविधिक शिक्षालयको आयोजनामा शुक्रबारदेखि ६५ दिने चश्मा बनाउने तालिम शुरु भएको छ । राप्ती प्राविधिक शिक्षालय लालमटियाका प्रमुख मोतिलाल चौधरीको अध्यक्षता तथा नेपाल नेत्रज्योति संघ दाङका सभापति कृष्णकुमार गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न तालिम उद्घाटन समारोहमा बोल्ने वक्ताहरुले तालिममा सिकेको कुराहरुलाई ब्यहारमा लागू गरी स्वरोजगार बन्न आग्रह गरेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल नेत्रज्योति संघ दाङका सभापति कृष्ण कुमार गिरीले सिटिईभिटिको मान्यता प्राप्त संस्थाबाट प्राप्त तालिमको भरपुर उपयोग गर्न तालिममा दैनिक सक्रिय हुन सहभागीहरुलाई अनुरोध गरे ।
कार्यक्रममा वरिष्ठ प्रशासकीय अधिकृत शम्सेर थापा, सामुदायिक रेडियो प्रसारक संघ प्रदेश नम्बर ५ का अध्यक्ष केपि घिमिरे, नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष लिला शाह, नेपाल नेत्रज्योति संघ दाङका सहसचिव चिरन्जिवी रिजाल, उपाध्यक्ष रेशम बहादुर खड्का, आजीवन सदस्यहरु गंगा अधिकारी, रेश्मीराज शर्मा कगाली पदम पुडासैनी लगायतले बोलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *