जलवायु परिवर्तनले पानीको श्रोत घट्दै

मुख्य खबर

देउखुरी, १९ साउन । जलवायु परिवर्तनका कारण पानीको श्रोत घट्दै गएको सहभागीले बताएका छन् । मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र दाङले शनिबार लमहीमा आयोजना गरेको माछा समूहका पदाधिकारीहरुसँगको एकदिने अन्तरक्रिया कार्यक्रममा सहभागीले यस्तो बताएका हुन् ।
जलाधारको ब्यवस्थापनमा आउने जोखिमलाई मध्यनजर गर्दै राप्ती नदीको जलाधारलाई घट्न नदिन र राप्ती नदीको पानीलाई कसरी शुद्ध र सफा बनाउन सकिन्छ ? भन्ने उद्देश्यले छलफल कार्यक्रमको आयोजना गरेको मानव कल्याण तथा वातावरण संरक्षण केन्द्रका भोला अधिकारीले बताए ।
त्यस्तै राप्ती नदीको पानीको समूचित उपयोग र प्रवद्र्धनका लागि समुदायको क्षमता विकासका लागि कार्यक्रमको आयोजना गरिएको पानी परियोजनाका भूवनेश्वर शर्माले जानकारी दिए ।
पानीमा आश्रित परिवार तथा पानीमा आश्रित जीवजन्तुको वर्तमान अवस्था, राप्ती नदीमा भएका माछाका जात र माछाको संख्या, पानीको स्रोत सुक्दै जाँदा जलीय जैवीक विविधतामा पर्नसक्ने नकारात्मक प्रभावको बारेमा अन्तरक्रिया गरिएको हो ।
उक्त अवसरमा बोल्ने सहभागीहरुले बिगतका बर्षको तुलनामा पानीको स्रोत घट्दै गएको पानीको स्रोत घटेसँगै पानीमा रहने जलचर जीवहरुको बासस्थान र उनीहरुको अस्तित्व संकटमा पर्दै गएको तथा जलवायु परिवर्तनले आएको गडबडीका कारण कृषि उत्पादनमा समेत ह्रास आएको बताईएको छ ।
कार्यक्रममा पानी परियोजनाका रोशा रावत, सजनी श्रेष्ठ, नरेन्द्र प्रधान, सुजन श्रेष्ठ र भोला अधिकारी, नेपाल पत्रकार महासंघ दाङकी उपाध्यक्ष लिला शाहलगायतले मन्तब्य व्यक्त गरेका थिए । कार्यक्रममा चारवटा माछापालन समूहका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *