जरुवामा निर्भर एउटा बस्ती

फिचर मुख्य खबर समाज

देउखुरी, २४ मंसिर । पिठ्यु र टाउकोमा पानीको गाग्री अघिल्तिर सानो नानी बोकेर सधै पानी घरसम्म पु¥याउछिन लमही नगरपालिका वडा नम्बर ९ धवारीकी असारी रावत । गाउँदेखि झण्डै एक किलोमीटर तल खोलामा रहेको जरुवाबाट दैनिकरुपमा यसैगरी पानी ओसार्ने असारीको यो काम यो दैनिकी जस्तै बनेको छ ।
गाउँमा पानीको समस्या भएकाले गाउँदेखि केही टाढाको जरुवाबाट पानी बोक्नु पर्ने बाध्यताले उनलाई सधै सताइ रहन्छ  । त्यसमा बच्चासहितको यात्राले । धेरै समस्या छ । यहाँ पानीको जसोतसो सबै गाउँले मिलेर सिम बग्ने पानीलाई संरक्षण गरेर जरुवा बनाएका छौँ । यही पानी हो हामीले पिउने, गाग्रो बिसाउँदै रावतले भनिन् । यो नानी र गाग्री एक आपसका परिपुरक भएका छन् । यो पानी सफा छैन, अर्काे विकल्प पनि छैन, के गर्नु पिउनु पर्ने बाध्यता छ । यहि जरुवाको फोहर पानी खाएर बाँचिरहेका छौँ । खानेपानी सफा नहुँदा सबै गाउँलेलाई कुनै न कुनै रोगले सताइरहेको उनले बताइन ।
अस्पताल गएर चेकजाँच गराउँदा डाक्टरले यो दाद हो । खानेपानी सफा नहुँदा यस्तो समस्या उत्पन्न भएको हो । सफा पानी पिउनुस् भन्छन् । तर खोलाको पानी नखाई हामीलाई सुखै छैन धवारीका स्थानीय टोपेन्द्र पुनले भने । लमही नगरपालिका वडा नम्बर ९ को धवारीमा खानेपानीको समस्या रहेको छ । गाउँ नजिक खहरे खोलाको छेउमा जरुवा बनाएर त्यहाँका स्थानीयले पानी पिउने गरेका छन् । नगरपालिकाको सबैभन्दा विकट र दुर्गम बस्तीका रुपमा रहेको उक्त गाउँमा ३० घरको बस्ती बसेको छ ।

जरुवाको फोहर पानी खाएर बाँचिरहेका छौँ । खानेपानी सफा नहुँदा सबै गाउँलेलाई कुनै न कुनै रोगले सताइरहेको बताए ।


पूर्व–पश्चिम राजमार्गदेखि दुई किलोमीटर उत्तरमा रहेको धवारी गाउँ स्वास्थ्य, शिक्षा, यातायात खानेपानी, बाटोलगायतका सेवाबाट बञ्चित भएको छ । लामो समयसम्म पनि त्यस गाउँमा बिजुली बत्ती नपुग्दा स्थानीय टुक्की बत्तीको भरमा गुजारा चलाउन बाध्य भएका छन् । धवारीका स्थानीय बासिन्दाले चैत्र–बैशाख महिनामा पिउने पानीको झनै समस्या खेप्दै आएको बताए । नगरपालिकाभित्र पनि अन्य वडाको बासिन्दाभन्दा हामी अन्यायमा परेको झैँ महसुस भएको छ, स्थानीय बिष्णु बुढाले भने । वडा कार्यालय र नगरपालिकाले यहाँका समस्यालाई पहिचान गरेर समाधानतर्फ ध्यान दिनुपर्ने बुढाको तर्क छ ।
आर्थिक बर्ष ०७५÷७६ मा वडा कार्यालयबाट योजना संकलन त भयो तर त्यस गाउँका लागि कुनै पनि योजना पर्न सकेनन् । आन्तरिक श्रोतबाट बजेट पर्छ हालौँला भन्ने कुरा वडा कार्यालयले गरेको छ, तर त्यो बजेट आउला र हाम्रो ठाउँमा विकास होला भन्ने सोच्या पनि छैनौँ स्थानीय मित्रलाल पुनले भने । राजमार्गदेखि त्यो गाउँसम्म पुग्नलाई तीनवटा खहरे खोला तर्नु पर्छ । नेताहरुले धेरै पटक ति खोलाहरुमा झोलुङ्गे पुल बनाई दिने आश्वासन दिए तर काम भने भएन् । गत बर्ष नयाँ बाटो कटिङका लागि वडाबाट तीन लाख छुट्याएको थियो । यसपालि बाटो ग्राभेलका लागि माग गरेको बजेट पाईएन मित्रलालले भने । बाटोका कारण कतिपय बालबालिका पढाइबाट समेत बञ्चित हुने गरेका छन् ।
जसले गर्दा साना–साना बालबालिका दुई किलोमीटर पैदल हिडेर बगार बाबा माध्यमिक विद्यालय आउन बाध्य छन् । जंगलको बीचमा बसेका छौँ, हाम्रा छोराछोरी स–साना छन् साँझ घर नआउँदासम्म हाम्रो मन उतै हुन्छ । कता गए के गरे ? भनेर स्थानीय धनी बुढा मगरले भनिन् । हामीलाई त पिडैपीडा छ । हाम्रो पीडा कसैले सुनेनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *