जन्मदिनमा श्रीवन्दको रक्तदान

फिचर समाज

तुलसीपुर, २ साउन ।
पेशाले शिक्षक प्रकाश श्रीवन्द जसले आफ्नो ४५औँ बर्षगाँठको अवसरपारी बुधबार घोराहीमा ३७औँ पटक रक्तदान गरेका छन् । आफ्नो शरीरमा खेरजाने रगतलाई दान गरे अरुको जीवन बचाउन सकिने भन्दै रक्तदान नै महान दान भएको बताउँदै आफूले रक्तदान गरेको उनले बताए । पछिल्लो समय जन्मदिन मनाउने नाममा धेरै मानिसले फजुल खर्च गर्ने गरेको भन्दै अरुलाई समेत सेवा भाव देखाउन आफूले विगत ९ वर्ष यता रक्तदान गर्दै आइरहेको समेत उनले बताए । पहिले–पहिले समय मिलाएर रक्तदान गर्ने श्रीवन्दले पछिल्लो केही वर्षयता आफ्नो जन्मदिनको अवसरपारी नियमित रक्तदान गर्दै आएका छन् । समाजमा हामीले सेवाभाव नदेखाए कसले देखाउँछ त्यसको लागि भएपनि हामिजस्ता व्यक्तिहरुले रक्तदान गर्नुपर्छ उनी भन्छन् । श्रीवन्दले दाङ जिल्लामा रक्तदान गर्नुपर्छ भनेर नागरिकहरुले नबुझ्दा कहिलेकाहिँ रगतको समेत अभाव हुने समस्या देखिएकोले कम्तिमा हामीजस्ता नागरिकले कम्तिमा आफ्नो जन्मदिवसमा रक्तदान गर्नुपर्ने उनी बताउँछन् । सबैले रक्तदान गरेमा जिल्लामा देखिने रगतको अभावसमेत कम हुने भन्दै आफूले केही वर्षयता नियमित रक्तदान गर्दे आएको उनले बताए । ‘रगत दान नै जीवन दान हो’ भन्ने मान्यताका साथ आफूले रक्तदान गर्ने गरेको उनी बताउँछन् । हरेक मानिसमा जन्मदिन मनाउने आ–आफ्नै शैली र तरिका हुन्छन् तर आफूले जन्मदिन मनाउने शैली रक्तदान रोजेको उनी बताउँछन् । रगतको अभावमा कसैको पनि अकालमा मृत्यु नहोस् भन्नको लागि पनि आफूले रक्तदान गर्ने गरेको उनको भनाइ रहेको छ । घोराही उपमहानगरपलिका वडा नम्वर ११ जितपुर स्थायी घर भई हाल घोराहीको रतनपुरमा बसोवास गर्ने प्रकाश श्रीवन्द दाङको चौघेरा माविमा शिक्षण पेशामा विगत १८ बर्षयता कार्यरत छन् । लामो समयदेखि शिक्षण पेशासँगै मानवीय सहयोग नै सबै भन्दा उत्तम सहयोग ठान्ने श्रीवन्दले रक्तदान गर्न थालेको ३७औँ पटक पुग्यो । आफू स्वस्थ रहदा र रक्तदान गर्न सक्षम भैरहदासम्म रक्तदान गर्ने बताउँने श्रीवन्दले रक्तदान सबैभन्दा ठूलो धर्म र सेवा भएको बताउँछन् । दाङ रेडक्रसमा जिल्ला युवा जुनियर संयोजक, प्राथमिक उपचार संयोजक, विपद् व्यवस्थापन संयोजकजस्ता महङ्खवपूर्ण जिम्मेवारीहरु समेत उनले निर्वाह गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *