जनमतको सम्मानले लोकतन्त्र बलियोः पहाडी

मुख्य खबर समाज

घोराही, २६ माघ । मानव अधिकार तथा शान्ति समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडीले सरकार दम्भले भन्दा पनि जनमतलाई सम्मान गरेर काम गर्नुुपर्ने बताएका छन् । शुुक्रबार घोराहीमा रहेको लिटल एन्जल स्कुलको २२औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै संस्थापक अध्यक्ष पहाडीले सरकारले दुई तिहाइ बहुुमतको दम्भ देखाएरभन्दा पनि जनमतको कदर गरेर काम गरेमात्रै लोकतन्त्र बलियो हुने बताए । उनले भने– ‘सरकार अभिभावक हो, अभिभावकले आफ्ना बालबच्चाको भावना पनि सुन्नुपर्छ, जनताले दुई तिहाई दिएका छन् भने दम्भ होइन, जनमतलाई सम्मान गरेर अघि बढ्नुुपर्छ । उनले दुुई तिहाई बहुमतको अभिभारा बोकेको सरकारले हप्काएरभन्दा पनि सम्झाएर, बुझाएर काम गर्नुपर्ने बताए ।
नेपाली जनताको अभिभावक सरकार भएको भन्दै नागरिकको आवाजलाई सम्बोधन गरेर जानुपर्नेमा उनले जोड दिएका छन् । ‘सरकार सहयोगात्मक बन्नुुपर्छ, प्रतिशोधात्मक होइन, लोकतन्त्रको पक्ष भनेको सहयोगात्मक सरकार हो’ उनले भने । जनता न्यायाधीश हुन्, निश्चित अवधिपछि फेरी चुनाव हुन्छन्, जनमतलाई सम्मान गर्न सकेमात्रै सरकार सफल हुन्छ उनले भने । सभ्य समाज निर्माणका लागि बौद्धिक विकासको खाँचो रहेको औंल्याउँदै संस्थापक अध्यक्ष पहाडीले भौतिक विकाससँगै बौद्धिक विकासमा जोड दिनुपर्ने बताए । उनले भने– ‘बौद्धिक क्षमताले नेपाली नागरिकहरु संसारभर शिर ठाडो पारेर हिड्न सकून्, बाँँच्न सकून्, आजको नेपाललाई शिर उचो बनाउन बालबालिकाको असल शिक्षाको खाँचो छ, अब बालबालिकालाई शिक्षासँगै असल संस्कारको आनीबानी सिकाउनुुपर्छ उनले थपे । शिक्षाको विकास हुन सकेमात्रै अनुशासित र सभ्य समाजको विकास हुने उनले धारणा राखेका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुुदिप किरण आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुुख अतिथिसमेत रहेका पहाडीले संस्थागत विद्यालयले शैक्षिक विकासमा खेलेको भूमिकाको प्रशंसा गरे ।
यसैबीच घोराही–१८ मा रहेको लिटल एन्जल स्कुुलले आफ्नो २२औँ वार्षिकोत्सव मनाएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुुदिप किरण आचार्यको अध्यक्षता तथा मानवअधिकार तथा शान्ति समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडीको प्रमुुख आतिथ्यतामा वार्षिकोत्सव कार्यक्रम भएको हो । वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै प्रमुख अतिथि पहाडीले बालबालिकाको शिक्षामा विद्यालयसँगै अभिभावकको पनि दायित्व भएको बताए । बालबालिकालाई सहिरुपमा शिक्षा आर्जन गर्न शिक्षकसँगै अभिभावकको पनि दायित्व भएको भन्दै उनले बालबालिकाको शिक्षासँगै असल संस्कारको खाँचो रहेको बताए । कार्यक्रममा मानवअधिकार तथा शान्ति समाजका महासचिव सुशील बस्नेत, प्याव्सनका केन्द्रीय सहकोषाध्यक्ष सरीता देवकोटा, केन्द्रीय सदस्य जीवनकुुमार आचार्य, नेपाली काँग्रेस दाङका सचिव शंकर डाँगी, मानवअधिकार तथा शान्ति समाजका उपाध्यक्ष गोविन्द खनाल, प्याव्सन नगर अध्यक्ष वीरेन्द्र चन्द, नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्तलगायतले शिक्षाको गुणस्तरमा निजी विद्यालयको भूमिका महङ्खवपूर्ण देखिएको बताए । वार्षिकोत्सव समारोह कार्यक्रममा विद्यालयका प्रिन्सिपल यादव गिरीले विद्यालयको प्रगति विवरण प्रस्तुत गरेका थिए । विद्यालयले विभिन्न विधामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई पुरस्कार वितरणसमेत गरेको छ भने विभिन्न नृत्यहरु पनि प्रस्तुत गरिएको थियो । कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक झग्गुु घर्ती र बिमला विकले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *