Monday, April 15, 2024
Homeफिचरजनप्रतिनिधिलाई न्यायीक अनुशिक्षण

जनप्रतिनिधिलाई न्यायीक अनुशिक्षण

- Advertisement -spot_img

तुलसीपुर, ११ जेठ ।
स्थानीय तहमा रहेर काम गर्ने विभिन्न वडाका न्यायीक समितिका कर्मचारीहरुलाई न्यायिक क्षेत्रको अधिकार र कार्यान्वयनको बारेमा प्रशिक्षण दिइएको छ । तुलसीपुर उपमहानगरपालिका अन्तर्गतको न्यायिक समिति र वडा समितिलाई न्यायीक अनुशिक्षण दिइएको हो ।
कानुन अन्वेषण तथा स्रोत विकास केन्द्र (सेलर्ड)को आयोजनामा शुक्रबार तुलसीपुरमा जनप्रतिनिधिहरुलाई न्यायिक अनुशिक्षण दिइएको सेलर्डका जिल्ला संयोजक मोहनप्रसाद धितालले बताए । उनले जनप्रतिनिधिहरुलाई न्यायीक अधिकार प्रदान गरेको अवस्थामा अनुशिक्षण आवश्यक भएकाले त्यो दिइएको बताए ।
तुलसीपुर उपमहानगरपालिका उपप्रमुख माया आचार्यको आतिथ्यतामा भएको कार्यक्रममा न्यायिक अधिकारको स्रोत, प्रक्रिया र प्रयोगको बारेमा जानकारी गराइएको थियो । कार्यक्रमका आचार्यले न्यायीक क्षेत्रको लागि आगामी दिनहरुमा न्यायीक आवश्यकता, मेलमिलापकर्ताको बारेमा प्रत्येक वडाहरुलाई सूचिकृत गर्ने बताइन् । कार्यक्रममा बोल्ने वक्ताहरुले न्यायीक पक्षलाई कसरी सशक्त बनाएर लैजान सकिन्छ भन्ने विषयलाई जोड दिएका थिए ।
कार्यक्रमको प्रशिक्षण वरिष्ठ अधिवक्ता वामदेव शर्माले सम्बन्धित स्थानीय तहमा आएका उजुरीहरुलाई स्थानीय तहको न्यायीक समितीले कानुनको आधारमा निर्णय गर्ने अधिकार भएको जानकारी दिए । उजुरी भएका निवेदनहरुलाई ऐनले व्यवस्था गरेअनुसार फैसलाको कार्यान्वयन गर्नुपर्ने बताए ।
न्यायीक सम्बन्धमा आउने रोहवरको विषयमा सबै न्यायकर्मीहरु सचेत र संवेदनशील भएर लाग्नुपर्ने, हरेक स्थानीय तहहरुमा न्याय समितिभित्र दुई प्रकारका मेलमिलापकर्ताको अनिवार्य व्यवस्था हुनुपर्ने जानकारी गराइएको थियो । केन्द्रबाट सञ्चालित मेलमिलापकर्ता र अदालतबाट सञ्चालित मेलमिलापकर्ताको व्यवस्था सबै स्थानीय तहका न्यायीक समितिमा समावेश भएको हुनुपर्ने जानकारी गराइएको थियो । कार्यक्रममा न्यायीक समितिका सदस्यहरु, विभिन्न वडाका वडा अध्यक्षहरुको सहभागिता रहेको थियो । कार्यक्रममा कानुन अन्वेषण तथा स्रोत विकास केन्द्र (सेलर्ड) जिल्ला संयोजक मोहन धिताल, उच्च अदालत तुलसीपुरका उपरजिष्टार रुद्रमणि गिरी र वरिष्ठ अधिवक्ता वामदेव शर्मा प्रशिक्षक रहेका थिए । कार्यक्रमको सञ्चालन सेलर्डका कानुन अधिकृत गोकर्ण खत्रीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here