Wednesday, March 27, 2024
Homeफिचरजनता विद्यापीठमा च्यावनप्राश उत्पादन

जनता विद्यापीठमा च्यावनप्राश उत्पादन

- Advertisement -spot_img

तुलसीपुर, १ माघ । नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गतको जनता विद्यापीठ विजौरीमा च्यावनप्राश उत्पादन गरिएको छ । शरीरको शक्तिवद्र्धक मानिने गरेको च्यावनप्राश जनता विद्यापीठमा आयुर्वेद शिक्षा अध्ययन गरिरहेका विद्यार्थीहरुले उत्पादन गरेका छन् । संस्कृत विश्वविद्यालय आयुर्वेद अध्ययन संस्थानअन्तर्गत जनता विद्यापीठ विजौरीमा सञ्चालन भएको आयुर्वेद उत्तरमध्यमा तह (ए.एच.ए) अध्ययनरत विद्यार्थीहरुले पढेको कुरालाई ब्यवहारमा उतार्न च्यावनप्राश उत्पादन गरेको बताएका छन् । एए.चए दोस्रो र तेस्रो वर्षका ७४ जना अध्ययनरत विद्यार्थी, शिक्षकको सक्रियतामा च्यावनप्राश उत्पादन गरिएको र अब छिट्टै त्यसलाई बजारसम्म पु¥याइने तयारी पनि गरिएको छ ।
विद्यार्थी मिलन उपाध्यायले डेढ महिना लगाएर झण्डै डेढ क्विन्टल च्यावनप्राश उत्पादन गरिसकिएको जानकारी दिए । हामीले अहिले पहिलो चरणमा डेढ क्विन्टल च्यावनप्राश उत्पादन गरेका छौँ, उनले भने हाम्रो उत्पादन बजारमा पाइने च्यावनप्राश भन्दा गुणस्तरीय छ । सस्तो पनि छ । विद्यार्थीहरुको श्रमबाहेक डेढ क्विन्टल च्यावनप्राश उत्पादनका लागि ९० हजार रुपैयाँ खर्च भएको त्यो लगानी विद्यार्थीहरुबाटै गरिएको जानकारी दिए ।

च्यावनप्राश उत्पादनमा महत्वपूर्ण भूमिका र निर्देशन गरेका विश्वविद्यालय आयुर्वेेद विद्यापीठका प्राचार्य प्राडा सुनिल कुमारले च्यावनप्राश उत्पादनका लागि कच्चापदार्थको समस्या रहेको भन्दै विद्यापीठमा अहिले उत्पादन भएको च्यावनप्राश गुणस्तरिय भएको दावी गरे ।

उत्पादनको अगुवाई गरेका विद्यार्थी दिनेश आचार्यले कितावमा पढेर मात्रै ज्ञान हासिल नहुने हुँदा पढेको कुरालाई ब्यवहारमा उतार्न अध्यापकहरुको सहयोगमा उत्पादन गरिएको बताए । उनले पहिलो उत्पादनको लागि डेढ महिना लागेको र त्यसबाट डेढ क्विन्टल च्यावनप्राश उत्पादन भएको बताए । आचार्यले विद्यार्थीले उत्पादन गरेको च्यावन बजारको बजार मुल्य प्रति केजी ६ सय ५० रुपैयाँ रहेको जानकारी दिए । उनले त्यही प्रकारको बजारमा पाइने च्यावनप्राशको प्रति केजी मुल्य ११ सय रहेको बताए । विद्यार्थी दीपा रावतले प्रयोगात्मक अभ्यासबाट उत्पादन गरिएको बताइन् । सिकाइलाई विश्वासमा लैजान यो प्रयास गरेका हौँ, रावतले भनिन्, किताबी ज्ञानले मात्रै सिकाइ हुँदो रहेनछ ।
च्यावनप्राश उत्पादनमा महङ्खवपूर्ण भूमिका र निर्देशन गरेका विश्वविद्यालय आयुर्वेेद विद्यापीठका प्राचार्य प्राडा सुनिल कुमारले च्यावनप्राश उत्पादनका लागि कच्चापदार्थको समस्या रहेको भन्दै विद्यापीठमा अहिले उत्पादन भएको च्यावनप्राश गुणस्तरिय भएको दावी गरे । जडिबुटी प्रशोधन केन्द्रको स्थापना भएमा र क्याम्पसमा जडिबुटी उद्यान भएमा उत्पादनलाई नियमित गर्न सकिने बताए । उनले अहिले उत्पादन भएको च्यावनप्राश बजारमा पठाइने समेत बताए । यसैबीच मंगलवार विद्यापीठमा विद्यार्थीहरुले उत्पादन गरेको च्यावनप्राश सार्वजनिक गरिएको छ । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले विद्यार्थीहरुले राम्रो कामको सुरु गएको भन्दै यसको बजारीकरण र उत्पादनमा नगरले सहयोग गर्ने बताए । उनले भने ‘उत्पादनलाई बढाउनुहोस्, गुणस्तरीय बनाउनुहोस् बजार उपमहानगरले बनाई दिन्छ, यसमा चिन्ता नलिनुहोस् ।’  दाङको बेलझुण्डी क्षेत्र जडिबुटीको केन्द्रका रुपमा विकास गर्ने योजना नगरले अघि सारेको भन्दै यसलाई विश्वविद्यालयले साथ दिनुपर्ने बताए । विश्वविद्यालयका आयुर्वेद अध्ययन संस्थानका डीन सञ्जय पोख्रेलले विश्वविद्यालयको नेतृत्वले आयुर्वेद शिक्षालाई महङ्खव नदिएको बताए । उनले जडिबुटीको विशेष क्षेत्र बनाउनुपर्नेमा बेवास्ता गरेको र आएको रकमसमेत प्रयोग गर्न नसक्नुले विकासमा समस्या भएको बताए । उनले जनता विद्यापीठमा च्यावनप्राशको उत्पादनले आयुर्वेद शिक्षाको महङ्खव बढाउनेसमेत बताए । जनता विद्यापीठ विजौरीमा प्राचार्य माधव अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा आयुर्वेद विभागका विभागीय प्रमुख मनोज अधिकारी लगायतले बोलेको थिए । कार्यक्रमको सहजीकरण सहायक प्रशासन वीरेन्द्र चन्दले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here