जनताको माग सरकारले सम्बोधन गरेनः कांग्रेस

फिचर मुख्य खबर

घोराही, ७ साउन । सरकारले जनताको मागलाई सम्वोधन नगरेको भन्दै नेपाली कांग्रेस दाङले ध्यानाकर्षण गराएको छ । किसानका लागि आवश्यक मल बीउ, नागरिकका लागि सुलभ स्वास्थ्य र विकास निर्माणमा सुधार गर्न सरकारलाई ध्यानाकर्षण गराएको हो ।
खेतीपातीको समय शुरु भईसकेकाले सरकारले अझै पनि पु¥याउन नससकेको भन्दै यथासिघ्र पु¥याउन माग गरेको थियो । नेपाली कांग्रेस दाङका पार्टी सभापति कीर्तिबहादुर खड्काको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय घोराहीमा ध्यानाकर्षण पत्र बुझाएका थियो ।
पार्टी सभापति खड्काले अहिलेसम्म पनि किसानले मल पाउन नसकेको भन्दै सरकारले किसानलाई अन्याय गरेको आपत्ति जनाएका थिए ।
मुठी रोपेर मुरी फलाउने गरी मेहनत गरी रहेका किसान मल बीउको चरम अभावका कारण निराश भएकाले तत्काल मल बीउको आपूर्ति नगरे जस्तो सुकै कदम चाल्न बाध्य हुने पनि सभापति खड्काले ध्यानाकर्षण पत्र बुझाउँदै चेतावनी दिएका थिए ।
ध्यानाकर्षण पत्रमा स्थापना कालबाटै विवादित बनेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायत राप्ती प्रादेशिक अस्पताल, लमही अस्पताल, राप्ती प्रादेशिक आयुर्वेद चिकित्सालय सहितका स्वास्थ्य संस्थाको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन माग गरिएको छ ।
ज्ञापन–पत्रमा दाङमा निर्माणाधीन सडक, पुलपुलेसा बनाउनमा भइरहेको ढिलासुस्तीका कारण आम नागरिकले भागिरहेको सास्तीप्रति सरकारले चासो लिन नसकेको आरोप पनि लगाइएको छ ।
कांग्रेस दाङका सभापति कीर्तिबहादुर खड्कासहित जिल्लाका नेता, भातृ संघ संगठन, कार्यकता तथा शुभेच्छुकसहित सयौंजना पार्टी कार्यालय घोराहीबाट सरकारविरुद्ध नारावाजी गर्दै जिल्ला प्रशासन पुगेर
प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् । प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई कांग्रेस दाङले खासगरी किसानलाई मल बिउको तत्काल ब्यबस्था गर्न माग गरेको छ ।
ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी प्रमुख प्रतिपक्षीको रुपमा मात्रै नभई जिल्लाबासीको नाताले यहाँको विकास र सुशासनमा देखाएको चासो अत्यन्तै सकारात्मक रहेको बताएका थिए ।
यो ज्ञापनपत्र जस्ताको तस्तै प्रधानमन्त्री कार्यालयमा पठाउने र जिल्लाको अवस्थाबारे जानकारी गराउने बताएका थिए । जिल्लाको समग्र सुधार गर्नुपर्ने अवस्थाबारे आफू अत्यन्तै गम्भीर रहेको बताएका थिए ।
जिल्लामा देखिएको मल अभावलाई केही भए पनि सहज बनाउन भैरहवाबाट मल आपूर्ति गर्न लागिएको जानकारी ज्ञापनपत्र बुझाउन गएका कांग्रेस नेता कार्यकर्तालाई गराए ।
उनले सम्भवत आज नभए भोलिसम्ममा जिल्लामा केही भएपनि मल आउने बताए । नेपाली कांग्रेसका नेता कार्यकर्ता, भातृ संघ संस्थाका प्रमुख तथा प्रतिनिधिले मागलाई तत्काल पूरा नगरे दवाबमूलक कार्यक्रम गरिने चेतावनी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *