जनताका अपेक्षा पूरा गर्न बाँकी

फिचर मुख्य खबर राजनीति समाज

संघीय संरचना अनुसार स्थानीय तहको निर्वाचन भएको एक वर्ष पूरा भएको छ । २०७४ साल असारमा भएको निर्वाचनबाट जनप्रतिनिधिहरु निर्वाचित भएको एक वर्ष पूरा भएको छ । २० वर्षदेखि जनप्रतिनिधिविहीन बनेको स्थानीय सरकार अहिले पूर्णरुपमा क्रियाशील रहेको छ । धेरै अपेक्षा, योजना र आश्वासन बोकेर आएका जनप्रतिनिधिहहरुको एक वर्ष कसरी बितेको छ । एक वर्षको अवधिमा अपेक्षा अनुसारको स्थानीय तहमा काम हुनसकेको छ की छैन । कस्ताखालका समस्या, चुनौती, जटिलता, अवसर भूमिका देखिए त्यो विषयमा विशेषरुपमा आज हामीले जनप्रतिनिधिका एकवर्ष अन्तर्गत खोतल्ने प्रयास गरेका छौँ । यो अंकमा घोराही उपमहानगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष रविलाल घर्तीमगरसंग उनी निर्वाचित भएपछिको एक वर्षको अनुभवका बारेमा कुराकानी गरेकौ छौँ ।


साविक ७ र ८ वडा गाँभिएर वडा नम्बर १३ भएको हो । जनप्रतिनिधि भएर काम गरेको एक वर्ष भएको छ । पहिला समस्या पहिचान गर्न लाग्यो । पहिले काम हामीले यहाँका टोलबासीहरुसँगको समस्या, त्यसको समधानको खोजी गर्ने काम भयो । टोलबासीहरुबाट धेरै अपेक्षा आयो । जुन अपेक्षा पूरा गर्न एकै वर्षमा सम्भव थिएन् । क्षमताले भ्याए जति यहाँको स्रोत साधनलाई परिचालन गरेर हामीले वडामा काम गरेका छौँ । त्यसमा पनि हामीले भौतिक पूर्वाधारलाई प्राथमिकतामा राख्यौँ । टोलबासीको घरआँगनमा मोटरबाटो पुग्दा धेरै खुशी हुनुहुन्छ । एक वर्षको अवधिमा बडहरा समिलदेखि माथि जाने बाटो ग्राभेल, आनन्दनगर टोलमा दुईवटा बाटो ग्राभेल, सहिद रामपुरा टोलमा बाटो ग्राभेलको काम ग¥यौ । त्यस्तै सुविधा टोलमा बाटो मर्मत तथा ग्राभेल, नयाँबस्ती जाने टोलमा बाटो ग्राभेल, बराहदेव टोलको कात्तिकेमा हुमपाईप, भिम बहादुर केसीको घरदेखि मावि वनगाउँ स्कुल जाने बाटोमा ग्राभेल, चौतारी टोलमा चौतारा निर्माण, कलमघारी टोलमा महिला सामुदायिक भवन निर्माण, कलमघारी सिंचाई पक्की कुलो निर्माण, मगर साँस्कृतिक संग्राहलय, खमलडाँडादेखि लामा चिरा जोड्ने बाटो, बाहुनडाँडा कल्भर्टदेखि बान्दे्र बाँधसम्म बाटो निर्माण, लापेमा खोनेपानी टंकी मर्मत, गुरुवा घरेली शवदाह जाने बाटो मर्मत, चौतारी टोलदेखि ज्यामिरे दह सामुदायिक वनसम्म बाटो ग्राभेल तथा मर्मत, न्युउरे सोतामा ड्याम निर्माण, बडहरा चर्चमा फर्निचर, मंलेरी खानेपानी पधेरा संरक्षण, बगाले टोलमा बाटो निर्माण, मंलेरीमा खेल मैदान विस्तार, दुर्गा भवानी टोलमा कुवा निर्माण, राधाकृष्ण टोलमा कुवा निर्माण, नयाँबस्तीमा कुवा निर्माण, बिजुली पोल तथा तार विस्तार लगायतका कामहरु गरेका छौँ । त्यस्तै सेवार खोलादेखि बडहरा लाहुरे डाँडा डबररडिगा मंलेरी वनगाउँ भ्यूडहरसम्म बाटो विस्तार, विपद् व्यवस्थापन, हरियाली टोलमा कुवा निर्माण, कलमघारी खानेपानी पाइप खरिद, कलमघारी टोलमा महिला सामुदायिक भवन मर्मत, डाडागाउँमा बाटो मर्मत, स्वास्थ्य भवनदेखि लामा चिरासम्म बाटो निर्माण, प्रत्येक टोलमा महिला प्रजनन् स्वास्थ्यसम्बन्धी अभिमुखीकरण, पाखापानी मण्डली हुँदै धानछरे टोलमा बाटो निर्माणका काम गरेका छौँ । सबैभन्दा महत्वपूर्ण त धेरै सडक पिच भयो । सविक ८ नम्बर वडामा पिच थिएन् । करिब किलोमिटर पिच गर्न सफल भयो
त्यस्तै सडक पिच बडरादेखि डबडियामा एउटा ४० लाख ५० हजार, अर्को ८५ लाखको बजेटमा काम भयो । ज्यामिरे दहमा ५५ लाखको ड्याम निर्माण भयो । ५० लाखको बासकोटदेखि कलमघारी वनगाउँ हुँदै बनगाँउदेखि कलमघारीदेखि वडा १२ सिसनेरी सम्म ५० लाखको काम गरियो ।
लामीडाँडाको प्रति ऐलानी जग्गा तारवार तथा संरक्षण, बाह्रकुने दहदेखि ज्यामिरे दह सुरुङमार्ग निर्माण, बनगाउँ स्कुलको पश्चिमतर्फका प्रति ऐलानी जग्गा संरक्षण, सुविधा टोको कालेपत्रे, दहदेखि मौलाकोट जाने बाटो विस्तार, कलमघारी चंखेरासम्मको बाटो विस्तारलगायतका कामहरु सम्पन्न गरेका छौँ । यो चाहिँ नगर काम स्तरीय हो । वडाबाट ६० वटा योजना जति पचार हजारदेखि ढाई लाखसम्म झण्डै ६० योजना सम्पन्न भयो । त्यसमा चाहिँ सिंचाईतर्फ कलमघारी सिंचाई पक्की कुलो, चंखेरीमा खानेपानी पक्की कुलो, सडकतर्फ बाह्रकुने दहदेखि बराहक्षेत्र माविसम्म १२ मिटर ट्रयाक खोलियो, बनगाउँदेखि मंलेरी चोकसम्म पनि १२ मिटरको बाटो बनाइयो । त्यस्तै शिक्षातर्फ हाम्रो क्षेत्रमा तीनवटा विद्यालय पर्छन् । बराहक्षेत्र मावि सेवारमा भवन मर्मत तथा तारवार गर्ने काम भयो, श्री बालकल्याण प्रावि कलमघारीमा खानेपानी टंकी तथा मर्मत टवाईलेट मर्मतको काम सकिएको छ । त्यसैगरी विद्युततर्फ भेडे खोलामा ट्रान्समिटर राख्ने काम शुरु भएको छ । अब बिजुलीको पोल राखेर तार जडान गर्ने काम हुँदैछ । लगभग सबैको घरमा विद्युतको सुविधा पुगेको छ । बाँकीमा घरहरुमा यो आर्थिक वर्षमा विद्युतको सुविधा पु¥याउने योजना छ भने भोल्टेज कम भएका गाउँमा ट्रान्समिटर राख्ने योजना छ । त्यस्तै स्वास्थ्यतर्फ दुईवटा सहरी स्वास्थ्य क्लिनिक छ । कलमघारीको स्वास्थ्य चौकीमा ल्यावको लागि बजेट छुट्याएको छ । आगामी आर्थिक वर्षमा काम सम्पन्न हुन्छ । युवाहरुका क्षमता अभिबृद्धिको लागि दलित समुदायको लागि उद्घोषण तालिम, दुना, टपरीसम्बन्धी तालिम प्रदान गरेका छौँ ।

अबको योजना

जनताको ईच्छा आंकक्षाहरु धेरै छन् । प्रत्येक टोलबाट महत्वपूर्ण योजना तीनवटाभन्दा बढी नपठाउनुस् भनेर खबर पनि गरियो तर धेरै योजनाहरु आयो । सबै टोलबाट करोडौको योजनाहरु आए । तर यही वर्ष नै सम्भव छैन् । सबैसँग छलफल गरेर महत्वपूर्ण योजनाहरु छनौट गरेका छौँ । ६९ लाखको मात्रै भौतिक पूर्वाधारको भएको हुनाले त्यही अनुसारको योजना बनाएका छौँ । गत वर्ष जहाँ काम भएको छैन् त्यही क्षेत्रमा यो वर्ष बजेट तथा योजना राखने प्रयास गरेका छौँ । काम गर्ने क्रममा टोलबासीहरु सकारात्मक हुनुहुन्छ । शुरुमा टोलबासीहरुलाई विकासको बारेमा धेरै सम्झाउनु चाहिँ प¥यो । तर त्यसपछि चाहिँ विवाद भएको छैन् ।

आगामी योजना

आगामी योजना ६९ लाखको बजेटमा रहेर भौतिक पूर्वाधारमा रहेर काम गर्ने योजना छ ।

पूर्वाधार विकासतर्फ

सहिद कृष्ण चौधरी मिनि चक्रपथ निर्माण गर्ने योजनामा छौँ । त्यसैले तल्लो लापेदेखि उपल्लो लापे जोड्ने सडक विस्तार, लापेमा ट्रष्ट पुल संरक्षण, टोलहरुमा बाटो निर्माण, ग्राभेल, सामुदायिक भवन निर्माण, कल्भर्ट, टोलहरुको मन्दिरमा तारवार निर्माण तथा संरक्षण, नयाँ बस्तीमा सिंचाई, पुराना बाटोहरु मर्मत, गुर्जे खोलामा पक्की पुलको निर्माण गर्ने योजनामा छौँ । त्यस्तै मौलाकोट देखि १९ नम्बर वडा जोड्ने बाटो निर्माण, अधूरो भवनहरुको निर्माणलगायतको काम गर्ने योजनामा छौँ ।

सामाजिक विकासतर्फ

कलमघारी हरी स्वास्थ्य केन्द्रमा ल्यावको व्यवस्थापन, चंखेरी टोलमा खानेपानी ट्यांकी निर्माण, मगर संग्रालय संरक्षण, मगरात भाषा संरक्षण, भुह्याँर थान संरक्षण, आदिवासी जनजाती महासंघ, खेलकुद व्यवस्थापनसम्बधी सामाजिक काम गर्ने योजनामा छौँ । महिलाहरुको पार्लर तथा बुटिक तालिम, आमा समूहलाई गुन्द्री खरिद, नेतृत्व तथा संस्थागत विकास तालिम, बालबालिका तथा महिला समुदायमा आधारित संरक्षण तालिम गर्ने, ७० वर्ष माथिका जेष्ठ नागरिकहरुलाई न्यानो कपडा र पौष्टिक आहारा, अपाङ्गहरुलाई जीवनोपयोगी सीप र शिक्षा क्षेत्रको पनि काम गर्ने योजनामा छौँ ।

आर्थिक विकासतर्फ

फलफुलका विरुवा वितरण, टनेलमा गोलभेडा नमुना खेती विकास, पशु तथा बंगुर व्यवस्थापन, साना उद्योग व्यवसाय, पर्यटन नमुना केन्द्र स्थापना गर्ने योजना बनाएका छौँ ।

वातावरण तथा विपद् व्यवस्थापन

सहिद रामपूरा टोलमा तटवन्धन, सितल टोलमा पक्की नाला निर्माण र विपत व्यवस्थापन गर्ने योजना बनाएका छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *