- Advertisement -spot_img
Friday, April 16, 2021
Homeफिचरजथाभावी पार्किङ

जथाभावी पार्किङ

- Advertisement -spot_img

घोराही, २६ असार ।
घोराहीमा कुनै एउटा बैंक सञ्चालन गर्नुप¥यो भने बैंक सञ्चालकहरुले मानिसको चहल पहल र भिड हुने स्थान पहिलो प्राथमिकतामा पर्छ । त्यसैगरी बजारमा ठूलो होटल तथा रेष्टुरेन्ट सञ्चालन गर्नुपर्ने भने पनि मानिसहरुको चहलपहल हुने स्थान रोज्छन् ।
निजी तथा सरकारी अस्पताल मेडिकलहरु सञ्चालन गर्दा पनि मानिसहरुको चहल पहललाई नै ध्यान दिइन्छ । बैंक सञ्चालकहरुले सेवाग्राहीरुलाई आकर्षक ब्याजदेखि विना धितोको ऋणसम्मका सुविधाहरु उपलब्ध गराउँछन् भने होटलहरुमा आउने पाहुनाहरुलाई बस्नको लागि छुट्टै मनोरञ्जन पार्कहरुको व्यवस्था गरिएको हुन्छ ।
त्यसैगरी मेडिकल तथा अस्पतालहरुमा पनि बिरामीहरुको सुविधा भनेर विशेषज्ञ डाक्टहरुको व्यवस्था गरिएको हुन्छ । तर धेरै सेवाग्राहीको भिड हुने बैंक, होटल, अस्पताल तथा मेडिकलहरुमा सेवाग्राहीहरुको लागि पार्किङको सुविधा दिन कसैको ध्यान गएको छैन् । पछिल्लो समयमा घोराहीका मुख्य चोकहरुमा सञ्चालन गरिएका पसलहरु उपभोक्ताहरु हिड्ने बाटोलाई मिचेर चप्पल राखिएका हुन्छन् भने कपडा पसलहरुमा पनि सडकको छेउमा हिड्ने मानिसलाई छुने गरी कपडाहरु झुन्डाईएका हुन्छन् ।
ठूला–ठूला व्यापारीले पनि उपभोक्ताहरुलाई आवश्यक पर्ने पार्किङको कुनै व्यवस्था गर्नमा सोच्न भ्याएका छैनन् । घोराहीको बैंक रोडस्थित नेपाल बैंक सञ्चालनमा छ, जहाँ दिनहुँ सयौँ ग्राहकको भिड लाग्ने गरेको छ । त्यो बैंकमा सर्वसाधारण नागरिकदेखि व्यापारी र सरकारी कार्यालयका कर्मचारीहरुको निकै भिड हुने गरेको छ । तर बैंकमा सेवा लिन आउने ग्राहकहरुको लागि पार्किङको व्यवस्था गरिएको छैन् । नेपाल बैंक मात्र होइन घोराहीका मुख्य चोकहरुमा रहेका अन्य बैंकले समेत राम्रो र ब्यवस्थित सवारी पार्किङको ब्यवस्था गरेको छैनन् । हातको औलामा गन्न पुग्ने सञ्चालनमा रहेका केही बंैकहरुमा मात्र पार्किङको सुविधा देखिन्छ ।
निजी तथा सरकारी कार्यालयका सरोकारवालादेखि होटल, अस्पताल तथा अन्य ठूला व्यवसाय सञ्चालकहरुले सेवाग्राही त परकै कुरा हो आफ्नो कर्मचारीहरुलाई समेत सडकमै पार्किङ गर्न बाध्य छन् ।
घोराहीका मुख्य चोकहरुमा बैंक तथा अन्य पसलहरु पनि सञ्चालन हुनु, बैंक तथा पसल अगाडिबाट साईकल, रिक्सा, ठेलादेखि छोटा तथा लामा दुरीका सवारी साधनहरु बाक्लै आवतजावत हुँदा र आधा सडक मिचिने गरी गरिएका पार्किङले पैदल यात्रीलाई निकै सास्ती भएको छ । त्यसैगरी घोराहीको राप्ती उपक्षेत्रीय अस्पताल रोडमा जहाँ धेरै मेडिकलहरु सञ्चालनमा छन जहाँ सयौँ सेवाग्राहीहरुको भिड लाग्ने गर्छ ।
साँघुरो रोड त्यसमा पनि आधा सडक मिचिने गरी राखेका पार्किङले निकै समस्या भएको छ । बैंक तथा मेडिकलको सेवाको लागि होइन अब सवारी साधनको पार्किङको लागि पालो कुर्ने अवस्था भएको नेपाल बैंकमा चेक साट्न आएको घोराहीका रोहित देवकोटाले बताए । ‘बैंकमा सेवा लिन आउदा पहिले नै मोटरसाईकलले सडकको छेउ भरिएको हुन्छ’ उनले भने ‘एकछिन मोटरसाईकल रोक्न पाएको हुँदैन उताबाट अर्को सवारी साधनले साइडको लागि कानका जाली फुट्ने गरी हर्न बजाउँछ ।’
धेरै सेवाग्राहीको आवतजावत हुने दाङ देउखुरी जिल्ला अदालत, जिल्ला मालपोत कार्यालयमा पनि पार्किङको व्यवस्था गरिएको छैन । ति कार्यालयमा सेवा लिन आएका सेवाग्राहीहरुले सडकमा नै साधानहरु पर्किङ गर्ने गरेका छन् । राप्ती उपक्षेत्रीय अस्पतालमा सेवाग्राहीको लागि पार्किङको स्थान छुट्याए पनि व्यवस्थित हुन भने सकेको छैन् । बढदो सहरीकरण र अव्यवस्थित पार्किङले घोराहीको मुख्य सडक कुरुप बन्दै गएको छ । घोराही बजारमा निकै चहलपहल बढ्ने र व्यस्त हुने गरेको छ । धेरै मानिसहरुको चहलपहल हुने बजारका मुख्य सडकहरुमा सरकारी तथा गैर सरकारी कार्यालयहरु सञ्चालन हुने गरेका छन् ।
केही समय पहिले घोराहीका मुख्य सडकहरु जथाभावी कार, मोटरसाइकलको पार्किङले ढाकिन थालेपछि ट्राफिक कार्यालय घोराहीले सवारी साधन पार्किङ गर्नको लागि रातो धर्काले छुट्याएको थियो । तर त्यो प्रभावकारी देखिएन् । बीच सडकमा सवारी साधन आवतजावत हुने र सडकको छेउमा पार्किङ एरिया तोकिदा पैदल यात्रीलाई सास्ती भएको छ भने सडक झन साँघुरो बन्दै गएको छ । घोराहीमा रहेका प्रायःजसो वित्तीय संस्थाहरुमा पार्किङको समस्या रहेको छ । ‘सडकमा जथाभावी पार्किङ गर्नाले पैदल यात्रुहरुलाई हिडडुल गर्नमा सास्ती भएको छ’ घोराही सर्राकी निमा पुनले भनिन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख मदनबहादुर कुवरले पार्किङको व्यवस्थापन गर्नको लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन गरीसकेको जानकारी गराए । त्यो समितिले ट्राफिक व्यवस्थापनको लागि बनाईको योजनाहरु साउन महिनादेखि पूर्णरुपमा लागू गर्न लगाउने तयारी भइरहेको बताए । ‘निर्माण व्यवसायीले सडक समयमै नबनाई दिने, साँघुरा सडक छन्’ प्रहरी कार्यालयका प्रमुख कुवरले ‘ट्राफिक व्यवस्थापन गर्न अहिलेको समयमा कठिन भएको बताए । बैंक, होटल, वित्तीय संस्थालगायत अन्य व्यापार, व्यवसायहरुमा पार्किङको व्यवस्था नभएमा सशुल्क वा निःशुल्क भएपनि पार्किङको व्यवस्था गर्ने तयारी भईरहेको उनले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here