जडिबुटी र योगमा महिलाको विश्वास

फिचर मुख्य खबर समाज

तुलसीपुर, १९ साउन ।
दाङका योग साधक महिलाहरुले योग र जडिबुटीप्रतिको विश्वास बढ्दै गएको बताएका छन् । महिलाहरुले एलोपेथिक उपचारको सट्टामा योग र जडिबुटीमार्फत निर्माण भएको आयुर्वेदिक औषधीप्रतिको विश्वास बढ्दै गएको र त्यसले आफूहरुलाई राहत महसुन भएको बताएका छन् । उनीहरुले आफूहरुको शारिरीक समस्याको समाधान योग र जडिबुटीले समाधान गरेको बताएका छन् । पाठेघर, बाथ, नसा, ढाडको समस्या योग र योगले सिकाएको जडीबुटीको माध्यमबाट निको भएको भन्दै यसमा विश्वास बढिरहेको बताए ।

उनीहरुले वर्षाैसम्म विभिन्न अस्पतालमा धाउँदासमेत निको नभएको योगले निको बनाएको बताए । अहिले यिनै कारणले महिलाहरुको बढी योगमा क्रेज रहेको छ । योग साधक गीता आचार्यले आफूलाई भएको पाठेघरको समस्या योगले समाधान गरिदिएको बताइन् । ‘मलाई चिकित्सकले अपरेसन गर्नुपर्छ भनेका थिए तर योगगुरुले योगको महङ्खव सिकाएपछि योग गर्न आए अहिले रोक निको भएको छ । जीवनयापनमा सहज पनि भएको छ’ उनले भनिन् । उनले योग र जडिबुटीप्रतिको विश्वास बढ्दै गएको बताइन् । त्यस्तै शारदा बस्नेतले आफ्नो ढाड, थाइराइड, नसाको समस्या योग साधनाबाट हल भएको बताइन् । योग साधक रीता बस्नेतले स्वस्थ हुनका लागि योग र जडिबुटी अनिवार्य भएको बताइन् । उनले योगले शरीरलाई स्वस्थ राख्ने बताइन् ।

पाठेघर, बाथ, नसा, ढाडको समस्या योग र योगले सिकाएको जडीबुटीको माध्यमबाट निको भएको भन्दै यसमा विश्वास बढिरहेको बताए । उनीहरुले वर्षाैसम्म विभिन्न अस्पतालमा धाउँदासमेत निको नभएको योगले निको बनाएको बताए । अहिले यिनै कारणले महिलाहरुको बढी योगमा क्रेज रहेको छ ।


यसैबीच दाङका योग साधकहरुले पाँचौ जडिबुटी दिवस जडिबुटीको बखान गरेर मनाएका छन् । जिल्लामा रहेका योग शिविरमा योग गर्ने साधकहरुले जडीबुटीको प्रचारप्रसार गरेर दिवस मनाएका छन् । सो अवसरमा एक सय ४० प्रकारका जडिबुटीको प्रयोग र उपयोगिताको बारेमा जानकारी गराइएको थियो । योग शिक्षक शिवकुमार आचार्यले योग साधकको उपचार योग र जडीबुटी भएकाले यसको प्रचार गर्नु आवश्यक गरेको बताए । उनले योग शिविरमा योग शिक्षकहरुले योग साधन र उपलब्ध जडिबुटीको जानकारी गराइएको आचार्यले बताए । आचार्यले दिवसका अवसरमा योग साधकहरुले एक घरमा पाँच विरुवा (जडीबुटी) रोपिएको बताए । योग साधना महङ्खवको बारेमा जानकारी गराएर, घरेलु उपचारमा प्रयोग हुने जडिबुटीलाई प्राथमिकता दिएका छौँ, योग प्रशिक्षक बामदेव धितालले भने, गरेर यो दिवस पाँच वर्षदेखि मनाउँदै आएका छाँै ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *