- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeमुख्य खबरजडिबुटीको अनुसन्धानमा सरकारको ध्यान

जडिबुटीको अनुसन्धानमा सरकारको ध्यान

- Advertisement -spot_img

देउखुरी, १९ फागुन । प्रदेशसभा सदस्य रेवतीरमण शर्माले जडिबुटी समृद्धिको आधार रहेको बताएका छन् । ज्योतिषमति विद्यापीठ लमहीले आयोजना गरेको आयुर्वेद प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथि रहेका शर्माले जडिबुटीको माध्यमबाट समृद्धिको आधार तयार पार्न सरकारले ध्यान दिने बताए । जडिबुटीको खोज अनुसन्धानमा सरकारले ध्यान दिने भन्दै स्थानीय, प्रदेश र केन्द्र सरकारले जडिबुटीको खोज अनुसन्धान गर्न बजेट तथा कार्यक्रम बनाउन जरुरी रहेको शर्माले बताए ।
योग शिक्षा र साधनामा सबैले ध्यान दिनुपर्ने बताए । विद्यालय सञ्चालक समितिका अध्यक्ष बसन्तराज अधिकारीको अध्यक्षता तथा प्रदेशसभा सदस्य रेवतीरमण शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पतञ्जली योग समिति प्रदेश नम्बर ५ का सहप्रवाहारी धर्मराज पोख्रेल, सामुदायिक रेडियो प्रशारक संघ प्रदेश ५ का अध्यक्ष केपी घिमिरेलगायतका वक्ताहरुले मन्तब्य व्यक्त गरेका थिए । कार्यक्रममा आयुर्वेद विशेषज्ञ टीका खतिवडा, योग प्रशिक्षक लोकमान खनाललगायतले आयुर्वेद र योग शिक्षाको बारेमा प्रकाश पारेका थिए । विद्यालयका प्रिन्सिपल नारायण प्रसाद भुसालको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको सञ्चालन सह–प्रिन्सिपल विनोद भट्टराईले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here