घोराही, २ असार ।
पछिल्लो समयमा अव्यवस्थित बसोबास बढ्दै गएको छ । घोराही बजार तथा बजार नजिकका खाली जग्गाहरुमा अव्यवस्थित प्लटिङ गरिएको छ भने बस्तीहरुका पनि अव्यवस्थित छन् । जग्गाको कारोवार पनि उत्तिकै बढ्दै गएको छ ।
जग्गाको कारोबार गर्ने समयमा घडेरीको मात्र मूल्य गरिने र पछि बाटोको लागि जग्गामा विवाद हुने गरेको छ । प्लटिङ गरेको जग्गामा पहिले घर बनाएर बस्ने पछि बाटोको निकास नहुँदा जग्गाका विवादहरु बढ्न थालेका छन् । हिजोआज घोराही उपमहानगरपालिकामा रहेको न्यायिक समितिमा जग्गाको विवादको उजुरीहरु धेरै पर्न थालेका छन् । घर बनाईसकेपछि बाटोको निकास भएन्, जग्गा मिच्यो, बाटोले जग्गा काटियो, बाटोले कुलो मिचियोलगायतका उजुरीहरु न्यायीक समितिमा पर्न थालेका छन् । साँघुरा बस्तीहरुमा घडेरी किन्ने अनि बाटोको सुविधा नहुँदा छिमेक–छिमेकबीच जग्गाको विवाद बढ्न थालेको हो ।
योजना विकानको जग्गा प्लटिङ र अव्यवस्थित रुपमा घर निर्माण हुँदै गएका छन् । विना बाटो निकासको घर निर्माण गरेपछि सडकको सुविधा माग्दा छिमेक–छिमेकमा जग्गाको विषयमा द्वन्द्व सिर्जनासमेत भएको छ । न्यायीक समितिमा जग्गाको मात्रै होइन् लेनदेनको विवादको उजुरी पनि उत्तिकै पर्ने गरेको छ । एक व्यक्तिले ९० हजारको ऋण लिएको छ भने ऋण दिने व्यक्तिले एक लाख लगेको भरपाई बनाउने र पछि पैसा असुल्दा दुबैपक्ष विवाद हुने गरेको छ । पछिल्लो समयमा समाजमा लेनदेनमा नराम्ररी विकृति बढ्दै गएको छ । नियम विपरीत ब्याज लगाउने, ऋण लगेको भन्दा बढी पैसाको भरपाई गराउँदा न्यायीक समितिमा उजुरीहरु पर्न थालेको छ । पहिलेको समयमा ऋण लिने व्यक्तिले एक लाख लाग्ने र ऋण दिने व्यक्तिले पाँच लाख लगेको भरपाई बनाएकासम्म उजुरीहरु आउन थालेको न्यायीक समितिले जनाएको छ ।
घर बनाईसकेपछि बाटोको निकास भएन्, जग्गा मिच्यो, बाटोले जग्गा काटियो, बाटोले कुलो मिचियोलगायतका उजुरीहरु न्यायीक समितिमा पर्न थालेका छन् । साँघुरा बस्तीहरुमा घडेरी किन्ने अनि बाटोको सुविधा नहुँदा छिमेक–छिमेकबीच जग्गाको विवाद बढ्न थालेको हो ।
घोराही उप–महानगरपालिकामा रहेको न्यायीक समितिमा प्रत्येक हप्ताको मंगलबार र शुक्रबार मुद्दाको विषयमा छलफल हुन्छ । अहिलेसम्म सबैभन्दा बढी जग्गा विवाद र लेनदेनका उजुरीहरु परेका छन् । न्यायिक समितिमा हालसम्म २ सय ५ वटा मुद्दा दर्ता भएका छन् । त्यसमध्ये ७४ वटा मुद्दाको अन्तिम टुङ्गो लागेको न्याय कानुन तथा मानव अधिकार प्रवद्र्धन महाशाखा शाखा अधिकृत प्रतला कुमारी गौतमले जानकारी दिएकी छन् । १ सय ३१ वटा मुद्दा प्रक्रियामा रहेको उनले बताइन् ।
न्यायीक समितिमा मुद्दा दर्ता भएकामध्ये सबैभन्दा बढी जग्गा विवादको परेको छ । न्यायीक समितिमा ७५ वटा जग्गा विवादका मुद्दा परेका छन् । त्यसमध्येमा २२ वटा मुद्दाको अन्तिम टुङ्गो लागिसकेको छ भने ५३ वटा मुद्दा प्रक्रियामा रहेका छन् । जग्गा विवादपछि ४६ वटा मुद्दा लेनदेनका परेका छन् । त्यस मध्य ११ वटा मुद्दाको अन्तिम टुङ्गो लागिसकेको छ भने ३५ वटा मुद्दा प्रक्रियामा छन् ।
घरेलु हिंसाका मुद्दाहरु पनि न्यायीक समितिमा पर्ने गरेको छ । हालसम्म २८ वटा घरेलु हिंसाका मुद्दाहरु परेका छन् । त्यसमध्ये १५ वटा मुदाको अन्तिम टुङ्गो लागिसकेको छ भने १३ वटा मुद्दा प्रक्रियामा रहेका छन् । त्यस्तै न्यायीक समितिमा १३ वटा सम्बन्ध विच्छेद गरिपाउँ भनेर परेका उजुरीहरु मध्ये छवटाको अन्तिम टुङ्गो लागिसकेको छ । त्यस्तै पाँचवटा कुलानाला पानी, ९ वटा घर भाडासम्बन्धी, छवटा अंशवण्डा, वातावरणसम्बन्धी दुईवटा, गाली वेइजतिसम्बन्धी दुईवटा, कुटपिट एउटा र अन्य १७ वटा मुद्दा दर्ता भएका छन् ।
घोराही उप–महानगरपालिकाकी उप–प्रमुख तथा न्यायीक समितिका संयोजक सीता आचार्य सिंगदेलले न्यायीक समितिमा जग्गा विवाद र लेनदेनका उजुरीहरु धेरै पर्ने गरेको बताइन् । अव्यवस्थित बसोबास र नियम विपरित ब्याजमा पैसाको कारोवार गर्दा यस्ता उजुरीहरु धेरै परेको उनले वताईन् । ‘जग्गा रोक्का गरेर ऋण लिएको हुन्छ’ घोराही उपमहानगरकी उप–प्रमुख तथा न्यायीक समितिकी संयोजक आचार्यले भनिन् ‘ऋण लगेको भन्दा बढी भरपाई गरिएको हुन्छ, त्यो पैसा तिर्न समयको जग्गा रोक्का राखिएको म्याद पनि सकिएको हुन्छ ।’ लेनदेनको उजुरी हेर्ने न्यायीक समितिलाई अधिकारी नभएपनि दुबै पक्षलाई बोलाएर दुबैलाई न्याय हुने खालको भूमिका खेलेको उनको भनाइ छ ।
जग्गा विवादमा घोराही उपमहानगरपालिकाको अमिनलाई पठाएर जग्गा कित्ता छुटाउनेसमेत काम भएको उनको भनाइ छ । न्यायीक समितिमा नगर प्रहरी नहुँदा समस्या देखिएको उनले बताइन् । ‘पीडकहरुलाई न्यायीक समितिले पत्र लेखेर बोलाउँदा पनि न्यायीक समितिमा उपस्थित नहुँदा पीडितलाई न्याय दिन समस्या देखिएको उनले बताइन् । पीडकहरुलाई न्यायीक समितिमा उपस्थित गराउनको लागि जिल्ला प्रहरीसँग प्रहरी उपलब्ध गराई पाउँ भनेर निवेदन लेखेर कतिपय प्रहरीको सहयोगमा पीडकलाई लिएर पीडितलाई न्याय दिने गरेको उनले बताइन् ।