- Advertisement -spot_img
Thursday, April 15, 2021
Homebreaking-news‘छोरीको बैंक खातामा पैसा जम्मा’ तुलसीपुरमा स्मार्ट छोरी कार्यक्रम

‘छोरीको बैंक खातामा पैसा जम्मा’ तुलसीपुरमा स्मार्ट छोरी कार्यक्रम

- Advertisement -spot_img

उमा भण्डारी
तुलसीपुर, १२ फागुन । दाङको तुलसीपुर उपमहानगरपालिकाले छोरीहरूको खातामा मासिक रूपमा रकम जम्मा गर्न सुरू गरेको छ । चालु आर्थिक वर्षको साउनदेखि जन्मिएका छोरीहरूको नाममा बैंकमा खाता खोल्ने र त्यो खातामा मासिक रूपमा रकम जम्मा गर्न थालिएको उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेले बताए । नगरलाई स्मार्ट नगरको रूपमा विकास गर्ने उद्देश्यअनुरूप स्मार्ट चोरी कार्यक्रम लागू गरेर छोरीको खातामा पैसा जम्मा गर्न सुरू गरिएको उनले बताए ।

हालसम्म १२ जना छोरीहरूको खातामा पैसा जम्मा भइसकेको छ । योसँगै नगरमा ‘स्मार्ट छोरी’ कार्यक्रम कार्यान्वयनमा आएको छ । बालिका शिक्षा र बालविवाह न्यूनीकरणका लागि उपमहानगर–पालिकाले यो कार्यक्रम लागू गरेको जनाएको छ । छोरीहरूको सामाजिक र आर्थिक सशक्तिकरणका लागि उपमहानगरपालिकाले चालु आर्थिक २०७७/७८ देखि ‘स्मार्ट छोरी’ विहेवारी २० वर्ष पारी कार्यक्रमलाई अगाडी सारेको उपमहानगरको महिला तथा बालबालिका शाखाले बताएको छ ।

विशेषगरी बालविवाह न्यूनीकरण, बालमैत्री नगर र बाअधिकारलाई सुनिश्चित गर्नका लागि स्मार्ट छोरी कार्यक्रम सञ्चालन गरिएको तुलसीपुर उपमहानगर–पालिका महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठले बताइन् । छोरीलाई जन्मेदेखि २० वर्षसम्म मासिक एकसय रूपैयाँ बंैक खातामा रकम जम्मा गरिदिने नीति रहेको छ । यो रकम उनीहरूले २० वर्ष पछि एकमुष्ट रूपमा बैंकबाट निकाल्न पाउनेछन् ।

बालविबाह न्यूनीकरण मात्र नभई छोरीहरूको स्याहार, पालणपोषण, शिक्षा, स्वास्थ्य, सुरक्षा, बालअधिकार लगायतका सबै सूचकहरूलाई समेट्ने उनले बताइन् ।‘ बालविवाह न्यूनीकरणका लागि मात्र नभई छोरीहरूको अधिकारका कुराहरूलाई समेत यो कार्यक्रमले समेटेको छ’ उनले भनिन्– हामीले ३९ वटा सूचकहरू निर्माण गरेका छौँ, सबै सूचकहरू पूरा भएमा मात्र स्मार्ट छोरीका लागि खाता खोलिने छ ।’

आर्थिक वर्ष २०७७/०७८ को साउन १ गतेदेखि जन्मिएका छोरीहरूका लागि वार्षिकरूपमा एकहजार दुईसय रूपैयाँ उनीहरूको खातामा जम्मा गरिदिने गरी यो कार्यक्रम ल्याईएको उनले जानकारी दिईन् । उनले स्मार्ट छोरीमा सहभागी हुनका लागि ३९ वटा सूचांकहरू जस्तैः जन्मदर्ता, बुवाआमाको विवाह दर्ता र स्वास्थ्य संस्थामा सुत्केरी भएको प्रमाणपत्र अनिवार्य हुुनुपर्ने छ । सबै प्रक्रियाहरू पूरा गरेको खण्डमा मात्र यस कार्यक्रममा सहभागी हुन सकिने उनी बताउँछिन् । स्मार्ट छोरी कार्यक्रमका लागि उपमहानगरपालिले १९ वटै वडा र दुईवटा बंैकहरूसँग समन्वय गरेको छ ।

१२ जनाले खोले खाता

स्मार्ट छोरी कार्यक्रमअन्तर्गत तुलसीपुरका १२ छोरीहरूले खाता खोलेका छन् । माघ १४ गतेदेखि पूर्णरूपमा कार्यक्रम सुरू भएको थियो । तर कार्यक्रम सुरू भएको एक महिनाको अवधिमा १२ जना छोरीहरूको मात्र खाता खोलिएको छ ।

स्मार्ट छोरी कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि वडाहरूसँग समन्वय गरिएको भएपनि भूमिसम्बन्धी समस्या समाधान आयोगको कामले प्रभाव पारेको महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख श्रेष्ठले बताइन् । ‘हामीले सबै वडाहरूलाई साउन १ गतेपछि जन्मिएका छोरीहरूको विवरण, सूचकहरूको संकलनका लागि चिठ्ठी पठाएका थियौँ’ उनले भनिन्– ‘तर वडाहरू अहिले लगत संकलनको काममा व्यस्त भएकाले काम अलि प्रभावित भएको हो ।’

उनका अनुसार स्मार्ट छोरी बिहेवारी २० बर्षपारी कार्यक्रमको लागि तुलसीपुर उपमहानगर–पालिकाले दुईवटा बैंकहरूसँग सम्झौता गरेको छ । तुलसीपुरको सिभिल बैंक र मेगा बैंकबीच सम्झौता भईसकेको उनले जानकारी दिइन् । सम्झौताअनुसार उपमहानगरपालिका वडा नं १ देखि ८ नम्बर वडाका लागि सिभिल बैंकमा खाता खोल्न सकिनेछ भने वडा नम्बर ९ देखि १९ नम्बर वडासम्मका छोरीहरूका लागि मेगा बैंकमा खाता खोल्न सकिनेछ ।

स्मार्ट छोरीको खातामा बैंकले उच्च बचत ब्याजदर दिने, अपाङ्गता भएकाहरूलाई बर्थडे केक उपलब्ध गराउने, जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिने सुविधासमेत रहेको छ । यसैगरी भविष्यमा निःशुल्क इन्टरन्सिप गर्न÷गराउन सकिने व्यवस्था अनुसार उपमहानगरले बैंकसँग सम्झौता गरेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here