Thursday, April 11, 2024
Homeफिचरछोरीको जिन्दगी

छोरीको जिन्दगी

- Advertisement -spot_img

दीपा धिताल

निता भर्खर १६ वर्षमा लागेकी थिई । घरमा उसको विहेको कुरा चलाइयो उसले भनी ‘म अझै विहे गर्दिन, म धेरै पढ्न चाहन्छु ।’ निताको कुरा सुनेर उसका बाबा आमाले भने छोरी मान्छे विहे गरेर जानुपर्छ ।
उमेर पुगेपछि माइतीमै बस्यो भने समाजले कुरा काट्छ । के गरोस निता निकै सोझी मान्छे उसले आफ्ना बाआमाको कुरालाई नकार्न सकिन र ऊ नचिनेको मान्छेसँग विहे गरेर पराई घरमा गई । पहिला त उसलाई राम्रै भयो पराई घरमा ।
तर समय बित्दै जाँदा उसको जीवनमा आँधीबेहरीले घेर्न थाल्यो उसले जबरजस्ती पन्छ्याउने कोसिस गरी तर के नै लाग्थ्यो र निर्दोष जननीको । जीवनभरी सँगै जिउने सँगै मर्ने बाचा कसम खाएर अग्नी साक्षी राखेर बा–आमाले नै कन्यादान गरिदिएको जीवन साथी नै घाती,
बर्बादी भएपछि कसको के नै लाग्छ र ? सायद निताले पहिले नै उसको बानी व्यवहार थाहा पाएको भए उसले विहे नै गर्ने थिईन । फेरी उसले कहाँ गरेकी होर उसका बाआमाले जबरजस्ती गराइदिएका हुन् उसको विहे ।
बाआमा पनि किन यति निष्ठुरी बन्छन् ? किन छोरीहरुलाई पराई घरमा मात्र जाने जात हो भनेर छोरीहरुका ईच्छा चाहनाहरु बुझ्दैनन् ? पराई घर कस्तो छ ? छोरीको हुनेवाला जीवन साथीको बानी व्यवहार कस्तो छ ?
नबुझेरै धनी हुनेखाने छ भनेर किन हुत्याउँछन् छोरीलाई ? फेरी छोरीको भविष्य नहेरेर धनको पछि मात्र किन लाग्छन् ? किन समाजको पछि लाग्छन् ? यो समाजले पनि छोरीमाथि नै किन औला ठड्याउँछ ? के छोरीलाई पनी स्वतन्त्र रुपमा हिड्न पाउने अधिकार छैन ? यावत प्रश्नहरुको जवाफ दिने को छ ?
सायद निताको बाआमाले यो कुरा बुझेको भए उसले आज दुःख पाउने नै थिईन । उसको जीवनमा ढुङ्गा र मुढाहरु बर्षने थिएनन् होला । बिचरी सोझी निता आफ्नै लाग्नेको अमानवीय व्यवहारबाट ऊ निकै आजित भईसकी ।
के गरोस् माइतीमा जाओस् त घर गरेर खाना नसक्ने भनेर माइतीले छि… छि… र दूर… दूर… गर्छन् । आफ्नो लोग्नेको त्यो चाला छ । दिनभर कुकुर झै डुलेर जाँडरक्सी खाएर घरमा आउँछ नितालाई हकार्छ कुट्छ, पिट्छ तर पनि उसले सहन्छे ।
भएन भनेर एउटी जननीलाई पुरुषहरुको सुखभोग सम्झेर आफ्ना साथीहरुलाई समेत निता कहाँ पठाईदिन्छ निता त्यो कुकुर लोग्नेको व्यहारबाट पन्छिन खोज्छे अनि फेरी उसको पिटाई सहन बाध्य हुन्छे ।
कोहि पुरुषहरु किन यति दानवभन्दा भयानक बन्छन् । पुरुषको मात्र के कुरा गरौँ, कति महिलाले महिलामाथि नै क्रुर व्यवहार किन देखाउछन् ?
एउटी नारीलाई अर्की नारीले दिनुपर्ने जुन साथ सहयोगको सट्टा किन शत्रुताको व्यवहार देखाउँछन् ? निता लोग्नेको मात्र सिकार नभएर घरकै आमाजु, सासूको व्यवहारबाट पनि निकै पीडित भइसकेकी छ । ऊ राम्रोसँग निदाउन नि पाउँदिन ।

कोहि पुरुषहरु किन यति दानवभन्दा भयानक बन्छन् । पुरुषको मात्र के कुरा गरौँ, कति महिलाले महिलामाथि नै क्रुर व्यवहार किन देखाउछन् ?  एउटी नारीलाई अर्की नारीले दिनुपर्ने जुन साथ सहयोगको सट्टा किन शत्रुताको व्यवहार देखाउँछन् ?

निदाउनु त के पेटभर खान पनि पाउँदिन उसको आमाजु, नन्द सासूले नै उसलाई पेटभर खान पनि दिदैनन् । बरु कुकुर भुक्यो भने कुकुरले खाना पाउँछ तर त्यस घरमा निताले पेटभर खाना पाएको दिन कहिल्यै छैन । उसलाई काममा मात्र जोताइन्छ ।
एकदिन त ऊ मर्न भनेर डोरी बोकेर जङ्गलतिर जान्छे मर्न भनेर रुखको हाँगामा डोरी झुन्ड्याएर घाँटीमा के बेर्न थालेकी हुन्छे ठिक त्यसैबेला कसैले देख्छ र उसलाई बचाउँछ । त्यसबेला मृत्युले पनि देखेन अन्धो भएछ क्यारे निता बोल्छे ।
आखिर निता किन त्यो सबै सहन बाध्य हुन्छे । के तपाई जान्न चाहनु हुन्छ ? निताको कथा । किनकी नितालाई माइतीको डर छ, घर गरेर खाना नसक्ने भन्छन् कि भनेर । समाजको डर छ मुखाले छ भन्छन् भनेर । चुपचाप त्यो सबै सहन बाध्य हुन्छे ।
समय बित्दै जान्छ निताले बिहे गरेको बर्षदिन पुगेको छैन । त्यो घरको कुकुरको जस्तो व्यवहार सहदासहदै उसको अनुहार नै बदलियो पहिले कि जस्ती निता भईन । हुनु पनि कसरी राम्रोसँग साझ निदाउनु छैन, पेटभरी खाना पाउनु छैन ।
सधैभर घरमा पनि नोकर झै दलिनु पर्छ । निता एकदिन घर छोडेर माइती मै बस्न आई । माइतीमा नै बाआमा, दाजुभाइ, दिदीबहिनीहरुले नै अमानवीय व्यवहार गर्छन् । धेरै दिन ऊ माइतीमा पनि बस्न सकिन ।
निता त्यो घर माइती छोडेर फेरी अर्को घरमा विहे गरेर जान्छे  । नजाओस् पनि कसरी उसलाई बसिसहनु कहि पनि छैन । उसका लागि कोहि भएन आफ्नो । न बाआमा नै भए न दिदीबहिनी न लोग्ने नै भयो ।
त्यसपछि निताले दोस्रो विहे गरी । र अलि सुखका साथ बस्न थाली । बिस्तारै समयलाई पन्छयाउँदै गई । जीवनलाई अलि जीवन जस्तो बनाउँदै गई । समय पनि बित्दै गयो, अलि सुःखका दिन फिर्दै गए । निताले आफ्नो कोखबाट एउटा सन्तानलाई पनि जन्म दिइन् ।
अब त निताले सुख र सन्तोष पाउने भई ! कतिले भन्न नपाउँदै फेरी फर्कियो उही साउन र भदौ जहाँ हिलो, पानी, आँधीबेहरीमा लटपटिदै हिड्न पर्ने ।
जिन्दगी पनि कस्तो जिन्दगी सुख भोग्न नपाउँदै सधैभरी दुःखका समुद्रका छालहरुमा घेरिरहनुपर्ने । विहे गरेको केहि वर्षपछि फेरी निताको लोग्ने बिरामी प¥यो उसका दुइवटै मृगौला खराब देखिए र निताले लोग्नेलाई बचाउनको लागि धेरै ऋण कारेर भएपनि लागि परी ।
तर बचाउन सकिन दैवले ऊबाट पनि खोसेर लगिदियो । किन नितालाई मात्र दुःख दिन्छ दैवले नि, पटक–पटक किन बैरी बनेको छ ऊसँग ईश्वर पनि । पहिलो जीवन साथीबाट कुकुरको व्यवहार सहनुप¥यो, दोस्रोबाट यौवन मै विधुवा हुनुप¥यो ।
निताले लोग्नेको उपचार गर्दा लिएको ऋण धेरै छ तिर्नुपर्ने । तर कसरी तिर्ने ? ऊ बहुलानी जस्ती हुन्छे । उता छोरालाई पढाउनुछ उपचार गर्दा लागेको ऋण तिर्नु छ ।
माइतीमा दिदीबहिनी, दाजुभाइ, बाआमा सबैबाट ऊ घृणित भईसकेकी छ । मोबाईलमा घन्टी बज्छ पटक–पटक उठाउछे ऋण लगेको तिर्ने होईन ? कहिले हो तिर्ने अरुको ऋण खान मजा आउछ ? तिर्ने भए तिर्ने नत्र …
नानाथरीका आरोप अश्लील शब्द । एउटी दुःखी असहाय एकल नारीलाई बोल्नु र गर्नुपर्ने व्यवहार कत्ति पनि छैन । पैसा मात्र जिन्दगी सम्झनेहरुले यसै बोल्छन् । निता चुपचाप सहन बाध्य हुन्छे ।
सिपाही भएको कारण लोग्नेको पेन्सनले उसले सकेजति ऋण तिरेकै छे, तर पनि पुगेको छैन । उसलाई जसरी नि ऋण तिर्नुछ आजभोलि ऊ एउटा बोर्डिङ स्कुलमा केटाकेटीलाई हेर्ने खाना पकाउने भाँडा माझ्ने काम गर्छे ।
स्कुलले पनि उसलाई हेरेको छ, छोरालाई निशुल्क पढाइदिएको छ । निता निकै सोझी छे । जे जस्तो भए पनि ऊ सहेरै बसेकी छ अलि–अलि गर्दै ऋण तिरेकै छ  ।
नितामा इमान्दारी छ । इमान्दारीका साथ काम गर्छे । छोराको भविष्य बोकेर हिडेकी छ । मानव भनिने दानवहरुको व्यहारबाट कठोरका साथ बसेकी छ । आफ्नो अस्तित्वको रक्षा आफैले गर्न सक्ने भएकी छ । राधा र द्रोपतीजस्तै सहेर हैन जुधेर साहसका साथ हिड्न सक्ने भएकी छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here