- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeफिचरछैन सार्वजनिक स्थल

छैन सार्वजनिक स्थल

- Advertisement -spot_img

घोराही, १९ मंसिर । दाङमा सार्वजनिक स्थलहरुको अभाव देखिएको छ । जरुरी देखिएका सार्वजनिक स्थलहरु नहुँदा सबैले सास्ती भोगिरहेका छन् । सार्वजनिक स्थलको अभावकै कारण अहिले पार्किङको समस्या जल्दोबल्दो देखिएको छ । ५ नम्बर प्रदेशको बुटवलपछि दाङमा प्रदेशस्तरीय कार्यक्रम हुँदै आएका छन् । तर कार्यक्रममा उपस्थित अतिथिहरुको सवारी साधन राख्नको लागि सार्वजनिक पार्किङको व्यवस्था कुनै पनि स्थानीय तहले गर्न सकेका छैनन् । विशेषगरी प्रदेशस्तरीय कार्यक्रम हुने घोराही र तुलसीपुरमा स्थानीय तहहरुले सार्वजनिक पार्किङको लागि कुनै स्थान छुट्याउन सकिरहेको छैनन् । दाङको घोराही र तुलसीपुर उपमहानगरपालिकाभित्र सार्वजनिक पार्किङको व्यवस्था छैन भने लमही नगरपालिकामा पनि त्यो व्यवस्था भएको देखिदैन ।
केही दिनमात्र घोराहीमा ५ नम्बर प्रदेश स्तरीय जिल्ला निर्माण व्यवसायी महासंघको साधारण सभा तथा अधिवेशन भयो । कार्यक्रममा सहभागीहरुले सवारी साधनहरु राख्नको लागि सार्वजनिक पार्किङ नहुँदा मेनरोडमै पार्किङ गरेको देखिएको थियो । निर्माणाधिन सडक भएका कारण कार्यक्रममा सहभागी भएका अतिथिहरुले सडकमै पार्किङ गरे । घोराहीको सहिद गेटदेखि विपी चोकसम्म सयौँ सवारी साधनहरुको लस्कर नै देखिन्थ्यो । दाङ विकसित सहरको रुपमा परिणत हुँदै गएको छ । जिल्लामा बिशेषगरी घोराही र तुलसीपुर क्षेत्रमा प्रदेश स्तरीय भेला, सभालगायतका कार्यक्रमहरु सञ्चालन हुँदै आएका छन् । दाङमा सहभागी हुन आउने पाहुनाहरुको लागि ठूला–ठूलाहरु प्रदेश स्तरीय होटलहरु सञ्चालनमा छन् । तर ति अतिथिहरुले ल्याएको सवारी साधनहरु राख्नको लागि सार्वजनिक पार्किङको व्यवस्था छैन् । जसले गर्दा अतिथि तथा होटल सञ्चालकहरुलाई समस्या भएको छ ।

दाङको घोराही र तुलसीपुर उपमहानगरपालिकाभित्र सार्वजनिक पार्किङको व्यवस्था छैन भने लमही नगरपालिकामा पनि त्यो व्यवस्था भएको देखिदैन ।


दाङ उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसालले दाङमा सार्वजनिक पार्किङको धारणा अझै विकास नभएको बताउँछन् । दाङमा प्रदेश स्तरीय कार्यक्रम भईरहदा सार्वजनिक पार्किङको बारेमा सोच्नु पर्ने अवस्था आएको उनले बताए । सार्वजनिक पार्किङको लागि स्थानीय तहलगायत सरोकारवालाहरुसँग छलफल गरिने उनले बताए । घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले सार्वजनिक पार्किङ भनेर नै अझै तोकिसकेको अवस्था नभएको बताए । ‘सार्वजनिक पार्किङ भनेर अझै स्थान छुट्याएको छैन्’ घोराही उपमहानगरपालिकाका नगर प्रमुख चौधरीले प्रदेश टुडेसँग भने ‘हामीले त्यसको लागि पायक पर्ने जग्गा खोजिरहेका छाँै ।’ सार्वजनिक पार्किङको लागि निजी क्षेत्रले पनि गर्नसक्ने उनले जानकारी गराए । ‘सार्वजनिक पार्किङको व्यवस्था निजी क्षेत्रले पनि गर्नसक्छन्’ उनले भने ‘बरु पार्किङ गरेको सेवा शुल्क हामीले निर्धारण गरिदिन्छौँ ।’ खाली जग्गा खोजी गरेर सार्वजनिक पार्किङको व्यवस्था गरिने उनले बताए । सार्वजनिक यातायातको पार्किङलाई व्यवस्थानको काम भईरहेकाले सार्वजनिक पार्किङको काम पनि तत्काल गरिने उनले बताए ।

सभागृहको पनि समस्या

दाङमा सार्वजनिक पार्किङको मात्रै सभागृहको पनि समस्या देखिएको छ । जिल्लामा सभागृह नहुँदा महंगो पैसा तिरेर होटलमा कार्यक्रम गर्न बाध्य छन् भने कतिपय कार्यक्रमहरु खुल्ला चौरमा गर्न बाध्यता छ । गर्मीको समयमा हावाहुरीले खुल्ला चौरमा कार्यक्रम सञ्चालन गर्दा हावाहुरीले टेन्ट उडाएर प्रभावित बनाएका घटना ताजा छन् भने बर्षाको समयमा पानी परेर कतिपय कार्यक्रमहरु स्थगित भएका थिए । सभागृह निर्माणको योजना वर्षौ पहिलेदेखि भएपनि अझै पूर्णता पाएको छैन् । दाङ उद्योग वाणिज्य संघले सभागृह निर्माणको लागि दुईवटा मेला महोत्सवसमेत लगाईसकेको छ । तर सभागृहको काम सकिन अझै एक वर्षभन्दा बढी समय लाग्ने दाङ उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसाल बताउँछन् । २०७६ साल पुस मसान्तमा सभागृहको काम सकिने उनले बताए । ‘सभागृहको काम तीव्ररुपमा भइरहेको छ’ उनले भने ‘सम्झौता समय अवधिमै काम सम्पन्न हुन्छ ।’ तुलसीपुरमा पनि सभाहल निर्माणका लागि महोत्सव, महायज्ञ लगाइएको भए पनि त्यो अहिलेसम्म निर्माण गर्न सकिएको छैन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here