छुट्टा छुट्टै घटनामा दुईको मृत्यु

मुख्य खबर समाज

दाङ, ११ माघ । दाङ र रोल्पामा गरी दुई ब्यक्तिको निधन भएको छ । दुई छुट्टाछुट्टै घटनामा परी दुई ब्यक्तिको मृत्यु भएको हो । दाङको गढवा गाउँपालिकामा घास काट्ने क्रममा रुखबाट खसेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार गढवा गाउँपालिका–५ का ७० बर्षीय देबीबहादुर गिरीको मृत्यु भएको हो ।
गिरी बुधबार बेलुकी स्थानीय कक्रहवा चिउरीघाट सामुदायिक बनमा घास काट्ने क्रममा रुखबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डिएसी रामप्रसाद घर्तीले जानकारी दिए । रोल्पामा आगोले जलेर एक जनाको ज्यान भएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार रुन्टीगढी गाउँपालिका–६ का ६१ बर्षीय फुर्चि कामीको जलेर मृत्यु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *