- Advertisement -spot_img
Thursday, April 15, 2021
Homeफिचरछानबीन गर्न समिति गठन

छानबीन गर्न समिति गठन

- Advertisement -spot_img

प्रदेश नं. ५ मा गाडी खरिदमा प्रकरण …
बुटवल, २८ पुस । ५ नम्बर प्रदेश सरकार र संसदले खरिद गरेको सवारी साधनमा अनियमितता भएको भन्दै संसदको सार्वजनिक लेखा समितिले छानबीनको लागि उपसमिति गठन गरेको छ । एउटै गाडी फरक–फरक मूल्यमा खरिद गरेको, उपभोक्ता मुल्यभन्दा धेरै मुल्य हालेको भेटिएपछि प्रदेश नम्बर ५ को सार्वजनिक लेखा समितिले छानबीन समिति गठन गरेको हो । शुक्रबार बसेको लेखा समितिको बैठकले तीन सदस्यीय छानबीन समिति गठन गरिएको सार्वजनिक लेखा समिति सभापति डिल्लीबहादुर चौधरीले जानकारी दिए । सार्वजनिक लेखा समितिका सभापति चौधरीको अध्यक्षतामा बसेको बैठकले प्रदेश सभा सदस्य कुलप्रसाद पोख्रेलको संयोजकमा कल्पना पाण्डे (राजपा) र वैद्यनाथ कलवार (नेपाली काँग्रेस) सदस्य रहेको प्रारम्भीक छानबीन समिति गठन गरेको हो । १२ सदस्य रहेको लेखा समितिमा शुक्रबारको बैठकमा नौ जनाको सहभागिता रहेको थियो ।
समितिले गाडी खरिदका सम्पूर्ण पाटाहरुको अध्ययन गर्ने र छानबीन गरी सात दिनभित्र लेखा समितिलाई प्रतिवेदन बुझाउने जिम्मा दिइएको छ । तीन सदस्यीय छानबीन समितिले माघ ४ गतेको बैठकमा प्रतिवेदन बुझाउने सभापति चौधरीले जानकारी दिए । बैठकले लेखा समितिले समितिको कार्यविधिसमेत पारित गरेको छ ।

समितिले गाडी खरिदका सम्पूर्ण पाटाहरुको अध्ययन गर्ने र छानबीन गरी सात दिनभित्र लेखा समितिलाई प्रतिवेदन बुझाउने जिम्मा दिइएको छ ।

प्रदेश नम्बर ५ सरकारले गरिद गरेका गाडी खरिद प्रक्रियामा अनियमितता भएको केही दिनदेखि सार्वजनिक हुँदै आएको थियो । प्रदेश सभा र मन्त्रालयले खरिद गरेका १५ गाडी एउटै कम्पनी र मोडलका भए पनि खरिद मुल्य तीनथरी भेटिएदा आशंका झनै बढेको छ । प्रदेश संसद्को सार्वजनिक लेखा समितिले छानबीनका लागि प्रदेश सभाले खरिद गरेका ११ र मन्त्रालयले खरिद गरेका चार गाडीको फाइल मगाएको छ । त्यो फाइलको पनि उपसमितिले नै छानबीन गर्ने छ ।

सभापति चौधरीले फिर्ता गरे गाडी

सार्वजनिक लेखा समिति सभापति डिल्लीबहादुर चौधरीले आफू चडने गाडीमा समेत अनियमितता भएको सार्वजनिक भएपछि गाडी फिर्ता गरेका छन् । छानबीनका लागि समिति गठन गरे लगत्तै सार्वजनिक लेखा समितिका सभापति चौधरीले संसद सचिवालयले उपलब्ध गराएको गाडी सचिवालयलाई बुझाएका छन् । छानबीनको अन्तिम प्रतिवेदन नआउँदासम्म नैतिकताको आधारमा त्यहि गाडी चड्न नसुहाउने देखेर संसद सचिवालयलाई गाडी बुझाएको हुँ, सभापति चौधरीले भने, छानबीनको लागि यसले धेरै सहजता ल्याउने छ ।

अनियमियता छानविनका लागि सहजताका लागि सभापति चौधरीले प्रयोग गरेको लु १ झ ४४१ नम्वरको सरकारी गाडी शुक्रबार सचिवालयलाई फिर्ता दिएका हुन् । प्रदेश सभाले ७१ लाख ९५ हजारमा खरिद गरेको टाटाको स्ट्रोम गाडी कृषि तथा सहकारी मन्त्रालयले ७२ लाख ९९ हजारमा किनेको थियो । सोही गाडी उद्योग मन्त्रालयले ७२ लाख ४२ हजारमा खरिद गरेको हिसाब देखाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here