घोराही, ३ साउन । नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङले छात्राहरुलाई सम्मान गरेको छ । नेपाल महिला सामुदायिक सेवा केन्द्र र प्रजातन्त्र तथा विकास केन्द्रको साझेदारी सञ्चालित सशक्तिकरणका लागि शिक्षा सहयोग कार्यक्रमअन्तर्गत छात्राहरुलाई सम्मान गरेको हो ।
द्वन्द्वपीडित, विभिन्न जोखिममा परेका, असहाय तथा दलित समुदायका बालिकाहरुलाई संस्थाले बालिका शिक्षा कार्यक्रमअन्तर्गत कक्षा १ देखि प्लस टुसम्म छात्रवृत्तिमा विभिन्न सामुदायिक तथा निजी विद्यालयहरुमा अध्ययन गराउँदै आएको संस्थाकी संस्थापक अध्यक्ष विमला योगीले जानकारी दिएकी छन् ।
नेपाल महिला सामुदायिक सेवा केन्द्रका अध्यक्ष कल्पना न्यौपानेको अध्यक्षता एवं महिला मानवअधिकार रक्षक सञ्जालका केन्द्रीय सचिव लक्ष्मी आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा रेडियो स्र्वगद्वारीका सम्पादक वसुन्धरा गौतम, संस्थाका संस्थापक अध्यक्ष विमला योगी लगायतले बालिका शिक्षा कार्यक्रमले धेरै बालिकाहरुको शिक्षामा पहुँच पु¥याउन संस्थाले गरेको कार्यको प्रशंसा गरेका थिए ।
कार्यक्रममा संस्थाको छात्रवृत्तिबाट विभिन्न विद्यालयमा अध्ययन गरी यस वर्षको एसईई परीक्षामा उत्तीर्ण बालिकाहरुलाई प्लस टु अध्ययनका लागि चाहिने आवश्यक पर्ने शैक्षिक सामाग्री विद्यालयको दुई थान ड्रेस, जुत्तामोजासमेत प्रदान गरिएको थियो । उनीहरुलाई प्रमाणपत्रले सम्मान गरिएको थियो । कार्यक्रममा संस्थाकी मनकुमारी चौधरीले स्वागत गरेकी थिईन् भने सहजीकरण सामाजिक विकास अधिकृत लक्ष्मी गुप्ताले गरेकी थिइन् ।
