छात्रामैत्री मदरसा बनाउने योजना

फिचर संवाद

शिक्षण संस्थाहरुले नयाँ शैक्षिक सत्रलाई विशेष रुपमा लिने गर्दछन् । आफ्नो शैक्षिक संस्थालाई अब्वल बनाउने र गुणस्तरीय शिक्षा दिने प्रतिवद्धता सार्वजनिक भइरहेका छन् । नयाँ शैक्षिक सत्र र विद्यालयको सुधारको योजनाको बारेमा मदरसा दारुल हुदा अलसलफिया प्रा.वि. घोराही उपमहानगरपालिका–१४, दाङका प्रधानाध्यापक ममता खत्रीसँग गरिएको कुराकानीको सारसंक्षेप ।
मदरसामा कस्ता विद्यार्थीहरुको लागि स्थापना भएको हो ?
यो मदरसा र यसको शिक्षा पद्धति इस्लाम धर्मको दर्शन, आदर्श, मूल्य र मान्यता, धर्ममा आधारित छ । यसले चारित्रिक विकास, भाषा ज्ञान, असल आचरण, नियम पालनाजस्ता पक्षहरुमा विशेष जोड दिन्छ । २०४० सालतिर नेपाल सरकारले तोकिएको पाठ्यक्रम अनुसार यस मदरसामा नेपालीे भाषाका पाठ्यपुस्तकहरुको पनि पठनपाठन हुँदै आएको छ र २०५७÷०५८ मा तत्कालीन जिल्ला शिक्षा कार्यालय दाङमा दर्ता भएको छ ।
मदरसा स्थापना कहिले भएको हो ?
घोराही उपमहानगरपालिका वडा नं. १ न्यू सिर्जनशील टोलमा स्थित यस मदरसाको स्थापना वि.स.२०२५ साल भएको हो । इस्लामिक परम्परा अनुसार पूजा घर वा प्रार्थना घर मानिने कोठे भवन ( मस्जिद) भित्रमा उर्दू र अरबी मातृभाषाको पठनपाठन गरिदै आएका थियो ।
कति कक्षासम्म सञ्चालन छ ?
हालको मदरसामा कक्षा १ देखि ५ सम्मको पढाइ भइरहेको छ । २०६४ सालमा सम्पूर्ण मुस्लिम समुदायको चन्दाले जग्गा खरिद गरी एकतले भवन निर्माण गरिएको थियो भने २०७१ सालमा तत्कालीन जिल्ला समन्वय समतिको आर्थिक र समुदायको चन्दाले भवन तला थप निर्माण गरिएको थियो तर हाल अधूरो छ  । यसको लागि स्थानीय निकायसँग आर्थिक सहयोगको लागि अनुरोध गरेका छौँ ।
भर्ना अभियान सक्यो कि जारी छ ?
हालको भर्ना अभियान सकियो छ । विद्यालयमा धेरैजसो मुस्लीम विद्यार्थीहरु पढ्ने भएकाले इस्लामिक धार्मिक संस्कृति परम्परा अनुसार रमजान पर्व रोजा (१ महिनाको व्रत) बैशाख २२ गतेदेखि सुरु भएको हुनाले बालबालिकाहरुले पनि रोजा लिने र केही बालबालिकाहरु आफ्ना अभिभावकसँगै घर भारततिर जाने गरेका छन् । उनीहरु आएपछि पुनः असारमा छुटेको बालबालिकाहरु भर्ना हुन्छन् र सरकार दिने गरेको बर्षे बिदा र दशैँ, तिहार पर्व बिदामा मदरसामा पढाइ हुने गरेको छ । अहिले उनीहरु बिदामा छन् ।
मुस्लिम बाहेक अरु बालबालिकाहरु कति छ ?
मदरसामा सबै बालबालिकाहरु एक सय पाँचजना छन् । रमजान पर्वले गर्दा भर्ना आउन बाँकी छन् । मुस्लिम भएको अरु केही गुप्ता बालबालिकाहरु पनि छन् ।
मुस्लिम बालबालिकाहरुलाई भर्ना गर्न पढाउन कस्तो चुनौती छ ?
नेपाल सरकारले तोकिएको पाठ्यक्रम अनुसार सबै विषयहरुको र उर्दू र अरबी मातृभाषाको पठनपाठन हुन्छ । यो शिक्षा पद्धति इस्लाम धर्मको दर्शन, आदर्श, मूल्य र मान्यता, धर्ममा आधारित छ ।
यस मदरसामा धरैजस्तो बालबालिकाहरु आर्थिक स्थिति कमजोर भएको कारण भर्ना लिदा सबै निःशुल्क छ । कुनै पनि शुल्क विद्यालयले लिएको छैन् ।
तर भर्ना अभियान समयमा इस्लामिक धार्मिक संस्कृति परम्परा अनुसार रमजान पर्वमा रोजाको लागि बिदा भएको कारण सबै बालबालिकाहरु भर्ना नहुने जसले गर्दा विद्यार्थी ढिलो भर्ना हुँदा समस्या हुने गरेको छ ।
सबै बालबालिकाहरु मुस्लिम समुदायका भएको कारण र आफ्नै मातृभाषाका भएको इस्लामिक धार्मिक संस्कृतिको रितिरिवाजलाई मध्यनजर गर्दै हामीले शिक्षण गर्नु पर्ने हुन्छ र अन्य सामुदायिक विद्यालयभन्दा मदरसाका सबै बालबालिकाहरुले तोकिएको नेपाली विषयगत पाठ्यक्रम साथै थप उर्दू र अरबी गरी १० विषयको पठनपाठन हुने गरेको छ ।
परम्परागत रुपमा शिक्षा पद्धतिबाट पठनपाठन हुने विषयवस्तुमा फरकपना रहकाले मूलप्रवाहीकरण कार्यमा समस्या उत्पन्न हुँदै आएको छ । उत्तीर्ण बालबालिकाको प्रमाणपत्रको अधिकारिकतामा समस्या रहदै आएको छ ।
यसप्रकारका शिक्षा पद्धतिबाट मातृभाषाको शिक्षकहरु उर्दू र अरबी मातृभाषाका पढाउनेलाई समुदायको चन्दा र सहयोगबाट तलब र खाने बस्ने व्यवस्था गरिएको छ ।
मदरसामा दरबन्दीको अवस्था के छ ?
१ देखि ५ कक्षा पाँचसम्म सञ्चालन छ  । तर दरबन्दी दुईवटा मात्र छ जसले गर्दा थप दरबन्दीको आवश्यकता छ । उर्दू अरबी विषयको लागि निजी शिक्षक (मलाना र फाजिला) ढाउने तीनजना शिक्षक हरु हुनुहुन्छ । अन्य दुईजना बाल विकास पढाउनको लागि शिक्षकहरु हुनुहुन्छ ।
अभिभावकको प्रतिक्रिया कस्तो पाउनु भएको छ ।
विद्यालयमा अभिभावकको प्रतिक्रिया र सहभागिताको विषयमा भन्नुपर्दा एकदमै नकारात्मक हुनुहुन्थ्यो । मुस्लिम समुदायमा छोरीलाई पढाउन अनि नेपाली शिक्षकहरुप्रति पनि नकारात्मक नै हुनुहुन्थ्यो । उहाँहरुलाई परिवर्तन गर्न धेरै नै समय लाग्यो ।
अहिले सकारात्मक हुनुहुन्छ । पहिला यस मदरसामा आउँदा हामी दरबन्दीका महिला शिक्षकप्रति नकारात्मक सोचाई थियो । केही समुदायका व्यक्तिहरुको तर हामी शिक्षकले आफ्नो मेहनत र लगनले बालबालिकाहरुको माया अभिभावकहरु सहयोग र विश्वास पाएका छौँ ।
हामीले उहाँहरुको मन जितेका छौँ । विद्यालयमा आफै आउनु हुन्छ । छोरीहरु पढाउनको लागि । नियमित विद्यालयमा पठाउने गर्नुहुन्छ ।
विद्यालयका आगामी योजनाहरु
विद्यालयको पहिलो योजना त विशेषगरी घोराहीमा मुस्लिम समुदायका छात्रछात्राहरुलाई विद्यालयमा ल्याउने हो । ति समुदायका छात्रछात्राहरु कोही पनि बालबालिकाहरु विद्यालय जानबाट बञ्चित नहुन भन्ने हो ।
हामीले मुस्लिम समुदायमा गएर विद्यालयमा पढ्ने उमेरका बालबालिकाहरुलाई विद्यालयमा ल्याउनको लागि उनका अभिभावकाहरुलाई छलफल तथा सचेत पनि बनाईसकेका छौँ । अहिले विद्यालयमा भवनको तलाको मर्मतको समस्या छ ।
विद्यार्थीलाई कम्प्यूटर शिक्षा अनिवार्य लागू गर्ने योजना बनाएका छौँ । त्यसको लागि नगर शिक्षासँग छलफल गरिसकेका छौँ । त्यस्तै हामीले अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गर्ने योजना बनाएका छौँ । विद्यालयको आर्थिक,
भौतिक, शिक्षक श्रोतको परिचालन गर्ने योजना बनाएका छौँ । विद्यालयका शिक्षक मौलानाको क्षमता अविबृद्धि कार्यक्रम सञ्चालन गर्न जरुरी छ जस्तो महशुस हामीले मानेका छौँ ।
त्यो कार्यक्रम सञ्चालन गर्ने हामी यही वर्षभित्र सम्पन्न गर्ने योजना छ । विद्यालयमा आवश्यक पर्ने शैक्षिक सामाग्रीको व्यवस्था गर्नेे, विद्यार्थीहरुलाई पोशाक वितरण र बाल सहभागिताई प्रोत्साहन गर्ने र पुस्तकालय स्थापना गर्ने योजना छ ।
विद्यार्थीहरुको नियमित हाजिर छ कि छैन् ।
विद्यार्थीहरु त नियमित नै आउने गर्छन् । हामीहरुले उनीहरुको अनुकूल नै कक्षा सञ्चालन गरेका छौँ । उनीहरुलाई अहिले खाजा कार्यक्रमको समस्या देखिएको छ । त्यसको लागि पनि हामीले सम्बन्धित सरोकारवालासँग छलफल गरेका छौँ ।
उनीहरुलाई नमाज पढ्ने समय पनि छुट्याएका छौँ । पढाइ पनि राम्रो छ । यहाँ पढ्न आउने भनेका एकदमै कमजोर आर्थिक अवस्था भएको विद्यार्थीहरु हुन् । उनीहरुलाई हामीले निःशुल्क पढाइको व्यवस्था गरेका छौँ भने पोशाकको पनि योजना बनाएका छौँ ।
विद्यार्थीहरुको पोशाकमा सहज छ कि छैन् ।
अन्य विद्यार्थीहरुले जस्तो सर्ट पाईन्ट, स्कर्ट सर्ट लगाउँदैनन् । सबै छात्राहरुले बुर्का र हिजाप अनिवार्य लगाउनु पर्ने उनीहरुको संस्कृतिमा छ । विस्तारै यसमा पनि परिवर्तन आउला भन्ने हामी विश्वास लिएका छौँ । कुनै–कुनै विद्यार्थीहरुले कुर्ता सुरुवाल पनि लगाउने शुरु गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *