छत्रेश्वरी शक्तिपीठमा शिवरात्री विशेष

फिचर समाज

सल्यान, २० फागुन । सल्यानको छत्रेश्वरी शक्तिपीठ छाँयाक्षेत्रमा महाशिव रात्रीको अवसरमा लाग्ने मेलाको तयारी पूरा भएको छ । मेलाको लागि आवश्यक पर्ने सम्पूर्ण तयारी पूरा भएको छत्रेश्वरी शक्तिपीठ क्षेत्र विकास समितिका अध्यक्ष प्रेम बहादुर भण्डारीले जानकारी दिए । मन्दिरमा रंगरोगन, सजावट, पार्किङ, बजार ब्यवस्थापन, खानेपानी, बिजुली बत्ती, भक्तजनहरुका लागि भोजन, प्रसाद वितरण, सरसफाई, सुरक्षा ब्यवस्थापन लगायतका काम पूरा भएको जानकारी दिएको छ ।
मन्दिरमा आउने भक्तजनहरुलाई यातायातमा सहज होस् भन्ने उद्देश्यका साथ छत्रेश्वरी गाउँपालिकाले बाटो चौडा बनाएको छ । यो बर्ष भक्तजनहरुलाई ईन्टरनेट चलाउनको लागि ईन्टरनेट सेवा प्रदायक कम्पनी मेटालिंकले फ्री वाईफाईको ब्यवस्थासमेत गरेको छ । मन्दिरमा सत्ययुगमा महादेवले सतिदेवीको मृत शरीरलाई बोकी ब्रहमाण्डको भ्रमण गराउने क्रममा सतिदेवीका बाँकी रहेका सम्पूर्ण अंग पतन भएको श्रीस्वस्थानी ब्रतकथामा उल्लेख छ । साथै उक्त स्थानमा पिचाशेश्वर महादेब र छत्रेश्वरी भगवती प्रकट भएको पाइन्छ । छत्रेश्वरी शक्तिपीठ नेपालकै पशु बली नचढ्ने मन्दिरको रुपमा प्रचलित छ । मन्दिर दर्शनको लागि आउने भक्तजनको लागि सुरक्षाकर्मी तथा स्वयम्सेवकहरु पनि खटाएको छ ।

यसरी गर्न सकिन्छ मन्दिरको दर्शन

शंखमूलः छत्रेश्वरी गाउँपलिका वडा नम्बर ६ तथा राप्ती लोकमार्गमा पर्ने शंखमुल घोप्टे अमराईदेखि करिब चारसय मिटरको दूरीमा शारदा नदीको छेऊमा शंख आकारको मुल र सानो आकारको मन्दिर पनि ।
मन्दिरमा पुग्ने भक्तजनहरुले त्यस मुलमा गई नुहाउने तथा जल छिटी शरीर चोखो गराउने गर्दछन् । सतिदेवीका सम्पूर्ण अंग पतन भई सकेपछि महादेवले त्यही मुलमा नुहाई कैलाश पर्वत गएको धार्मिक किम्वदन्ती छ । अहिले उक्त मुलको छेऊमा रहेको शारदा नदीमा अस्तु सेलाउने गरिन्छ । छत्रेश्वरी गाउँपालिकाले उक्त क्षेत्रमा नेपालकै ठूलो शंख स्थापना गरी पार्क बनाउन भनि घोषणा गरेको छ ।
पिचाशेस्वर महादेवको मन्दिरः शंखमूलदेखि करिब तीन किलोमीटर अगाडि उक्त मन्दिर रहेको छ । सतिदेवीका बाँकी रहेका सम्पूर्ण अंग पतन हुने क्रममा उक्त मन्दिरमा पिचाशेस्वर महादेव उत्पत्ति भएको पाइन्छ । तथा छायाँ ढुंगाको पनि दर्शन गर्न सकिने छ ।
छत्रेश्वरी भगवती मन्दिरः शंखमूलदेखि चार किलोमीटरको दूरीमा उक्त मन्दिर अवस्थित छ । महादेवले सतिदेवीको मृत शरीरलाई बोकी ब्रहमाण्डको भ्रमण गराउने क्रममा उक्त मन्दिरमा छत्रेश्वरी भगवती उत्पत्तित भएको पाइन्छ । मन्दिर शारदा नदीदेखि १३ सय फिट उचाइमा रहेको एक थुम्कोमा अवस्थित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *