- Advertisement -spot_img
Thursday, April 15, 2021
Homeमुख्य खबरछत्रेश्वरीमा नौ कानून निर्माण

छत्रेश्वरीमा नौ कानून निर्माण

- Advertisement -spot_img

सल्यान, १७ भदौ । सल्यानको छत्रेश्वरी गाउँपालिकाले स्थानीय तह सञ्चालनका लागि नौवटा कानूनहरु निर्माण गरेको छ । गाउँपालिकाको गाउँसभा र गाउँ कार्यपालिकाले २०७४ सालमा पाँचवटा र ०७५ सालमा चारवटा गरी नौवटा स्थानीय कानूनहरु निर्माण गरेको गाउँपालिका अध्यक्ष सन्तोष केसीले जानकारी दिए । निर्माण भएका स्थानीय कानूनहरु संहितावद्ध गरी पूर्णरुपमा कार्यान्वयनमा ल्याइसकिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्काले जानकारी दिए । उनले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १०२ बमोजिम छत्रेश्वरी गाउँपालिकाले आफ्नो क्षेत्राधिकार भएका विषयहरुमा ऐन नियम कार्यविधि निर्माण कार्यलाई निरन्तरता दिइएको बताए । कानून निर्माणपश्चात् कार्यान्वयनमा ल्याउन र कानूनी वैधानिकता पुष्टि गर्न स्थानीय सरकार सञ्चालन ऐनका दफा १०२ उपदफा ३ (१) बमोजिम छत्रेश्वरी राजपत्र पनि प्रकाशन गरिएको छ । गाउँपालिकाले आफ्ना काम कारवाहीमा दोहोरोपन नल्याउन र अधिकार, दायित्व र जिम्मेवारीको कानूनी व्यवस्थापनको लागि कार्यविभाजन नियमावली, आफ्ना कामको प्रभावकारिता अभिवृद्धिका लागि कार्यसम्पादन नियमावली, गाउँपालिका स्तरको शिक्षा व्यवस्थापनका लागि शिक्षा व्यवस्थापन तथा सञ्चालन कार्यविधि, न्याय सम्पादनसम्बन्धी कार्यविधि तथा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी कार्यविधि पारित गरी छत्रेश्वरी राजपत्रमा प्रकाशन गरिएको अध्यक्ष केसीले जानकारी दिए ।
राजपत्र प्रकाशनमा ल्याएसँगै गाउँपालिकाले गर्ने सम्पूर्ण काम काजहरुमा सहजता भएको अधिकृत खड्काले बताए । उनले गाउँपालिकाले गर्ने सम्पूर्ण कामहरु राजपत्रमा व्यवस्था भए बमोजिम हुने गरेको बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here