च्याउ नखान आग्रह

फिचर मुख्य खबर समाज

घोराही, ३ साउन । बर्षाको समयमा जंगलमा पाइने च्याउ खादा साबधानी अपनाउन स्वास्थ्यकर्मी र प्रहरीले सबैमा आग्रह गरेको छ । जंगली च्याउ खाँदा साबधानी नअपनाउँदा जिल्लामा तीनजनाको मृत्यु भएको भन्दै स्वास्थ्यकर्मी र प्रहरीले सबैमा सावधानी अपनाउन आग्रह गरेका हुन् । जंगली च्याउ खादा घोराही उपमहानगरपालिका—१९ पाँचपोखरीका तीनजनाको मृत्यु भएको छ । यस्तै जिल्लाका विभिन्न स्थानका ४४ जना अहिले पनि उपचार गराई रहेको प्रहरीले जनाएको छ । कस्तो च्याउ खाँदा बिष नलाग्ने कस्तो लाग्ने भन्ने कुनै एकिन नहुने भन्दै सचेत हुन आग्रह गरिएको छ । च्याउ खाँदा बिरामी भएमा त्यसको कुनै उपचार विधि नभएको राप्ती उपक्षेत्रीय अस्पतालका निमित्त मेडिकल सुपरीटेण्डेण्ट डा. जनाद्र्धन पन्थीले जानकारी दिए । आवश्यकता र बिरामीमा देखापरेका लक्षणका आधारमा उपचार हुने डा. पन्थीले बताए । घोराही, ३ साउन । बर्षाको समयमा जंगलमा पाइने च्याउ खादा साबधानी अपनाउन स्वास्थ्यकर्मी र प्रहरीले सबैमा आग्रह गरेको छ । जंगली च्याउ खाँदा साबधानी नअपनाउँदा जिल्लामा तीनजनाको मृत्यु भएको भन्दै स्वास्थ्यकर्मी र प्रहरीले सबैमा सावधानी अपनाउन आग्रह गरेका हुन् ।
जंगली च्याउ खादा घोराही उपमहानगरपालिका—१९ पाँचपोखरीका तीनजनाको मृत्यु भएको छ । यस्तै जिल्लाका विभिन्न स्थानका ४४ जना अहिले पनि उपचार गराई रहेको प्रहरीले जनाएको छ । कस्तो च्याउ खाँदा बिष नलाग्ने कस्तो लाग्ने भन्ने कुनै एकिन नहुने भन्दै सचेत हुन आग्रह गरिएको छ । च्याउ खाँदा बिरामी भएमा त्यसको कुनै उपचार विधि नभएको राप्ती उपक्षेत्रीय अस्पतालका निमित्त मेडिकल सुपरीटेण्डेण्ट डा. जनाद्र्धन पन्थीले जानकारी दिए । आवश्यकता र बिरामीमा देखापरेका लक्षणका आधारमा उपचार हुने डा. पन्थीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *