- Advertisement -spot_img
Friday, April 16, 2021
Homeमुख्य खबरचौधरीको श्रद्धाञ्जली सभा

चौधरीको श्रद्धाञ्जली सभा

- Advertisement -spot_img

तुलसीपुर, १७ भदौ । तुलसीपुर उपमहानगरपालिकामा कार्यरत कर्मचारी कालुराम चौधरीको सम्झनामा उपमहानगरपालिकाले श्रद्धाञ्जली कार्यक्रम गरेको छ । २० वर्षदेखि कार्यरत चौधरीको शनिबार जण्डिसका कारण ५९ वर्षको उमेरमा मृत्यु भएको थियो । श्रद्धाञ्जली कार्यक्रममा बोल्दै नगरप्रमुख घनश्याम पाण्डेले चौधरी इमान्दार र कर्तव्यपरायण कर्मचारी भएको भन्दै काजकिरिया बापत २५ हजार रुपैयाँ राहत दिने घोषणासमेत गरे । नगरप्रमुख पाण्डेले जनताको काममा खटिने हरेक कर्मचारीको परिवारका लागि स्थानीय तहले विशेष व्यवस्थाका लागि पहल गर्ने समेत बताए । कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत आनन्द सारुले चौधरीको काम गर्ने शैलीबाट आफू प्रभावित भएको भन्दै उनको योगदानलाई उपमहानगरपालिकाले सधै सम्झने बताएका थिए । श्रद्धाञ्जली कार्यक्रमको सहजीकरण तुलसीपुर उपमहानगरपालिकाका प्रेस संयोजक बसन्त आचार्यले गरेका थिए । मृतक चौधरीका दुई छोरा र दुई छोरी रहेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here