चोक–चोकमा बजाज यात्रा

मुख्य खबर समाज

तुलसीपुर, ३ असार । दाङको तुलसीपुरमा चोक–चोकमा स्वरोजगार कार्यक्रम भएको छ । अटो व्यवसायमार्फत आत्मनिर्भर बन्न सकिने भन्दै चोक–चोकमा स्वरोजगार कार्यक्रम मंगलबार तुलसीपुरमा भएको हो ।
बजाज कम्पनीका अटोको फ्रि सर्भिस दिन र अटोको व्यवसाय प्रवद्र्धन गर्न दाङसहित देशभर चोक–चोकमा स्वरोजगार कार्यक्रम सञ्चालन भएको अटोको आधिकारिक बिक्रेता संयम इन्टरप्राइजेटका संचालक गेहेन्द्र पौडेलले जानकारी दिए ।
संयम इन्टरप्राईजेटको संयोजनमा मंगल तुलसीपुरमा चोक–चोकमा स्वरोजगार कार्यक्रम भएको हो । तुलसीपुरमा आयोजना गरिएको कार्यक्रममा अटोको फ्रि सर्भिसका साथै विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु पनि भएका थिए ।
चोक–चोकमा स्वरोजगार कार्यक्रमअन्तर्गत अटोको व्यवसाय प्रवद्र्धन गर्ने र अटो व्यवसायमार्पmत स्वरोजगार बनाउने उद्देश्य रहेको उनले बताए ।
अटो व्यवसायमार्फत आत्मनिर्भर अर्थात् स्वरोजगार बन्ने गरेकाले चोक–चोकमा स्वरोजगार कार्यक्रम सञ्चालन गरिएको उनको भनाई छ । अटो व्यवसायप्रति आकर्षण बढ्दै गरेको अवस्थामा चोक–चोकमा स्वरोजगार कार्यक्रम सञ्चालन गरिएको हो । चोक–चोकमा स्वरोजगार कार्यक्रम बुधबार हापुरेमा गरिन लागेको सञ्चालक पौडेलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *