Friday, March 29, 2024
Homeफिचरचेम्वर अफ कमर्शको अध्यक्षमा महरा

चेम्वर अफ कमर्शको अध्यक्षमा महरा

- Advertisement -spot_img

घोराही, २८ असार । दाङ चेम्वर अफ कमर्शको अध्यक्ष घोराहीका सफल ब्यवसायी श्रीधर महरा निर्विरोध चयन भएका छन् । दाङ चेम्वर अफ कमर्शको शनिवार घोराहीमा सम्पन्न प्रथम जिल्ला अधिवेशन तथा साधारणसभाबाट ब्यवसायी महराको नेतृत्वमा विधान बमोजिम कार्यसमितिले तीन सदस्य पछि मनोनित गर्ने गरी २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
महरा चेम्वरकै तदर्थ समितिको कार्यसमिति सदस्य हुँदै उपाध्यक्ष भएर संस्थापकका रुपमा काम गरिसकेका छन् । मिलनसार, सहयोगी महरा ब्यवसायिक क्षेत्रमा लामो समयदेखि सक्रिय रहेका छन् ।
उनी विभिन्न सामाजिक संघसंस्थाको नेतृत्वदायी भूमिकामा पनि रहेका छन् । घोराहीको भ्याली टप बोर्डिङ, गुरुवागाँउको स्कलरल्याण्ड बोर्डिङको लामो समय अध्यक्ष भएर उनले जिम्मेवारी निभाएका छन् ।
प्रावि क्वाडि (तत्कालिन रात्रि विद्यालय क्वाडि) विद्यालयमा २२ वर्ष लामो अध्यापनरत महराको शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान रहेको छ । जग्गा ब्यवसायीसमेत रहेका महराले मानविकी सङ्कायमा विएसम्मको अध्ययन पूरा गरेका छन् ।
अध्यक्षमा ब्यवसायी श्रीधर महराको नाममा सहमति जुटेको छ । चेम्वरभित्रै अधिकांशजसो पदाधिकारी तथा सदस्यहरुले अन्ततः महराको नाममा सहमति जनाएपछि नेतृत्व सर्वसम्मतको वातावरण बनेको थियो ।
जसको उपाध्यक्षहरु घनश्याम अधिकारी, बलदेव योगी, महासचिव टिकादत्त खनाल (सागर), सचिवमा कुमारराज श्रेष्ठ, कोषाध्यक्षमा विकास अग्रवाल, सहकोषाध्यक्षमा लक्ष्मी अधिकारी निर्विरोध चयन भएका छन् भने अन्य सदस्यहरुमा रहेका छन् ।
त्यस्तै चेम्वरको जिल्ला सदस्यहरुमा विनोद पाण्डे, नारायण लामिछाने, मुक्ति खरेल, हरीप्रसाद वन्जाडे, प्रभा वली, विमला पुन, तिलका केसी, सुशीला पौडेल, लक्ष्मण बुढा, नरबहादुर न्यौपाने निर्विरोध चयन भएका हुन् । चेम्वरका जिल्ला अध्यक्ष दिपक सुवेदीको अध्यक्षतामा जिल्ला अधिवेशनको उद्घाटन समारोह भएको थियो ।
उक्त अवसरमा चेम्वरको सर्वसम्मत निर्वाचित कार्यसमितिको नामावली औपचारिक रुपमा निर्वाचन अधिकृत मणिराज आचार्य (मौसम)ले घोषणा गरेका थिए ।
उक्त अवसरमा बोल्दै चेम्वरका जिल्ला अध्यक्ष सुवेदीले चेम्वरलाई यहासम्म ल्याउन भूमिका खेल्ने संस्थाका पदाधिकारी तथा सदस्यहरु एवं शुभेच्छुक सबैमा धन्यवाद ज्ञापन गरेका थिए ।
कार्यक्रमको सञ्चालन निर्वाचन अधिकृत मणिराज आचार्य (मौसम)ले गरेका थिए । साथै चेम्वरको पद हस्तान्तरण कार्यक्रम आउने कार्यसमितिको बैठक बसेर मिति तय गरिने नव निर्वाचित अध्यक्ष श्रीधर महराले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here