- Advertisement -spot_img
Friday, April 16, 2021
Homeमुख्य खबरचेम्बरका पदाधिकारीको सपथ

चेम्बरका पदाधिकारीको सपथ

- Advertisement -spot_img

घोराही, ११ साउन । दाङ चेम्बर अफ कमर्शका नयाँ पदाधिकारीहरुलाई सपथ ग्रहण तथा पद हस्तान्तरण गरिएको छ । कमर्शले घोराहीमा सपथ ग्रहण तथा पद हस्तान्तरण समारोहको आयोजना गरेर नयाँ नेतृत्वहरुलाई हस्तान्तरण गरेको हो ।
निवर्तमान कार्यसमितिले नयाँ नेतृत्वलाई पद हस्तान्तरण गरेको हो । श्रीधर महरा नेतृत्वमा गठित नयाँ कार्यसमितिले सपथ ग्रहणसमेत गरिएको थियो ।
निर्वाचन अधिकृत मणिराज आचार्यले अध्यक्ष महरालाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए भने अध्यक्ष महराले आफ्ना नयाँ कार्यसमितिका पदाधिकारी र सस्दयहरुलाई सपथ ग्रहण गराएका थिए ।
निवर्तमान अध्यक्ष दिपक सुवेदीले नव निर्वाचत अध्यक्ष श्रीधर महरालाई संस्थाको पुस्तिकासमेत उक्त अवसरमा हस्तान्तरण गरेका थिए । सपथ ग्रहण गरिसके पछि दाङ चेम्बर अफ कमर्शका नवनिर्वाचित अध्यक्ष महराले व्यवसायीक हित तथा व्यवसायिक सुरक्षा र प्रवद्र्धनलाइ विशेष प्राथमिकतामा राखेर अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
उनले व्यवसायिक हकहितसँगै सामाजिक उतरदायित्व र नागरिकलाई गुणस्तरीय सेवासमेत संवेदनशील भएर अगाडि बढ्ने बताएका थिए । अध्यक्ष महराले व्यवसायीको संरक्षण, आर्थिक विकासमा साझेदारी र सामाजिक उत्तरदायित्वमा जिम्मेवारीका साथ लाग्ने प्रतिवद्धता जनाएका थिए ।
कार्यक्रममा स्वागत मन्तब्य दिदै दाङ चेम्बरका निवर्तमान अध्यक्ष दिपक सुवेदीले उद्योग वाणिज्य संघले सबै उद्योगी व्यवसायीको हितमा काम गर्न नसकेको भन्दै बैकल्पीक रुपमा आफूहरुले संस्था स्थापना गरेको उल्लेख गरेका थिए  । यो कुनै प्रतिस्पर्धी संस्थाको रुपमा स्थापना नभएर स्वच्छ रुपमा सहकार्य गर्न अनुरोध समेत गरेका थिए ।
चेम्बर अफ कमर्शका केन्द्रीय सदस्य टंकप्रसाद पोख्रेलले आफूहरु कसैको प्रतिस्पर्धी नभएको बताए । स्वच्छ प्रतिस्पर्धाबाट उद्योगी व्यवसायीको अधिकार सुरक्षित गर्ने, सामाजिक आर्थिक विकासमा सहयोग गर्ने र उपभोक्ताको अधिकारमा जवाफदेही बन्ने उद्देश्यका साथ अघि बढिको जानकारी गराएका थिए । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख बेलबहादुर पाण्डेले सामाजिक दायित्व र व्यवसायिक सुरक्षामा ख्याल गर्न सुझाव दिएका थिए ।
कर्मशका अध्यक्ष श्रीधर महराको अध्यक्षता एवं प्रदेशसभा सदस्य अमर बहादुर डाँगीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा सहभागीहरुले नागरिकको जनजीवनसँग प्रत्यक्ष जोडिएका व्यवसायी तथा उद्योगीहरुले नागरिकको स्वास्थ्यसँग खेलवाड गर्न नहुने सुझाव दिएका थिए । उनीहरुले गुणस्तरीय स्वस्थ्य उपभोग्य वस्तु उत्पादन तथा बिक्री वितरणमा ध्यान दिन जरुरी रहेको बताएका थिए ।
आयातमुखी नभई निर्यातमुखी अर्थतन्त्रमा ध्यान दिन आवश्यक रहेको बताउँदै घरेलु तथा सना उद्योगबाट उत्पादिक सामाग्रीको बजारीकरणमा विशेष पहल गर्न पनि चेम्बरलाई आग्रह गरेका थिए । व्यवसायिक हित र सामाजिक उत्तरदायित्वमा कार्यगत एकता गरी अघि बढ्न नयाँ नेतृत्वलाई सुझाव दिए ।
उद्योगी, व्यवसायीको पक्षमा काम गर्दै उपभोक्ता अधिकारलाई ग्यारेण्टी गर्नसमेत उनीहरुको सुझाव दिएका थिए । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी गञ्ज बहादुर एमसी, नागरिक समाजका सचिव लक्ष्मी आचार्य,
नेपाल वार एसोसिएसन अध्यक्ष प्रदिप गौतम, दाङ उद्योग वाणिज्य संघका पूर्व उपाध्यक्ष अविन्द्र महरा, त्रिभुवन नगर जेसीजका अध्यक्ष बसन्तराज अधिकारी, घरेलु तथा साना उद्योग महासंघका जिल्ला अध्यक्ष प्रदिप मजगैयाँ, प्रजातान्त्रिक उद्योगी व्यवसायी संघका उपाध्यक्ष मधुसुदन अधिकारी,
घोराही उपमहनगरका प्रतिनिधि गुलाम रसुल, सीसा संस्थाका अध्यक्ष साजिदा सिद्दीकी, तुलसीपुर चेम्वरका अध्यक्ष टोपबहादुर घर्ती, पत्रकार नवीन अभिलाषीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण उपाध्यक्ष घनश्याम अधिकारीले गरेका थिए । ्

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here