Friday, March 29, 2024
Homeमुख्य खबरचेतनशील महिला बचतको साधारणसभा

चेतनशील महिला बचतको साधारणसभा

- Advertisement -spot_img

गढवा, २९ पुस । चेतनशील महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड गढवाको १२औँ साधारणसभा तथा चौथो अधिवेशन शुक्रबार गढवामा भएको छ । चेतनशील महिला बचत तथा ऋण सहकारी संस्था गढवा कि अध्यक्ष शकुन्तला डिसीको सभापतित्व तथा गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवको प्रमुख र गढवा गाउँपाकिका वडा नम्बर ७ का अध्यक्ष राहुल देव चौधरीको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले १२ बर्षदेखि निरन्तर सक्रिय भएर महिलाको उन्नति र विकासका लागि ऋण लगानी गरिरहेको चेतनशील महिला बचत तथा ऋण सहकारी संस्थाले आगामी दिनमा अझ जागरुकताका साथ गरिव तथा विपन्न वर्गको महिलाको जीवनस्तर उकास्नको लागि उद्यमशीलता क्षेत्रमा लगानी गर्न सकोस् भनी शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा बोल्दै गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले चेतनशील महिला बचत तथा ऋण सहकारी संस्था गढवामा सहकारी अर्थात महिलाहरुमा आर्थिक सशक्तिकरणमा अहम् भूमिका निर्वाह गरिरहेको बताए । यादवले यस सहकारीले गढवा क्षेत्रका ५२३ महिलालाई कृषि, पशुपालन, व्यापार, व्यवसाय प्रवद्र्धन तथा आफ्ना सन्ततिको उच्च शिक्षाको लागि आर्थिक लगानी गरेको बताउँदै आगामी दिनमा धेरैभन्दा धेरै महिलालाई शेयर सदस्य बनाई उद्यमी बनाउने क्रियाकलापमा ध्यान दिन सुझाव दिए  । अध्यक्ष यादवले चेतनशील सहकारीलाई गढवाको नमूना महिला सहकारी भएर स्थापित हुनुपर्ने बताए ।
कार्यक्रममा वडा नम्बर ७ का अध्यक्ष राहुल देव चौधरी, ईलाका प्रहरी कार्यलयका प्रहरी सहायक निरीक्षक नारायण पौडेल, नेपाल रेडक्रस सोसाइटी इन्कोर कार्यक्रम गढवाका कार्यक्रम संयोजक देवि प्याकुरेल, नागरिक समाज गढवाका मोहन कुमार पाण्डे, गढवा खानेपानीका नारायण पण्डित, नेपाल महिला सामुदायिक सेवा केन्द्रकी आशा योगी, प्रगति महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष सीता चौधरी, नव स्वर्गद्वारी महिला बचत सहकारी संस्थाकी अध्यक्ष रेखा थापा लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा चेतनशील महिला सहकारीकी कोषाध्यक्ष सुशीला ठकुरीले ३ करोड २३ लाख ९२ हजार ६ सय रुपैयाँ आय–व्यय भएको आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । साथै कोषाध्यक्ष ठकुरीले आर्थिक वर्ष ०७६÷७७ को लागि ५ करोड २८ लाख बराबरको कार्ययोजना प्रस्तुत गरेकी थिइन । कार्यक्रममा सचिव उत्तम चौधरीले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । यसैबीच साधारणसभाले सहकारीको अध्यक्ष शकुन्तला डिसीको अध्यक्षतामा रहेको पुरानै कार्यसमितिलाई अघिल्लो तीन बर्षसम्मको लागि निरन्तरता दिएको छ । सहकारीकी सदस्य ईश्वरा पाठकको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण ब्यवस्थापक ओभा पाठकले गरेकी थिइन् ।

कर्री सामुदायिक वनको साधारणसभा

देउखुरी, २७ पुस । कर्री सामुदायिक वन उपभोक्ता समितिको नवौ साधारण सभा शुक्रबार लमहीमा भएको छ । समूहका अध्यक्ष कृष्णबहादुर खत्रीको अध्यक्षता एवं सवडिभिजन कार्यालय लमहीका छोटेलाल चौधरीको प्रमुख आतिथ्यतामा साधारणसभा भएको हो । समितिका कोषाध्यक्ष कुल बहादुर बुढाले आर्थिक बर्ष ०७४÷७५ को आर्थिक प्रतिवेदन र सचिव शारदा खड्काले समूहको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
शुक्रबार भएको साधारणसभामा बोल्ने अधिकांश बक्ताले चुरे संरक्षणको नाममा ब्यापक विनाश भएको भन्दै यसलाई रोक्नुपर्ने बताएका थिए । साधारण सभाका प्रमुख अतिथि चौधरीले वैज्ञानिक वन ब्यवस्थापनको विषयलाई जोड्दै आम उपभोक्तालाई बुझाउन नसक्दा वन ब्यवस्थापन भनेको वनै विनास गरेर काठ काट्ने र ठेकेदार मोटाउने हो भन्ने जुन मानसिकता छ यो कुरालाई सबैले बुझ्न जरुरी रहेको बताए । कार्यक्रममा लमही नगरस्तरीय वन महासंघका लक्ष्मी योगी, नर्ती समन्वय समितिका बिन्तीराम चौधरी, सिसौ बगर सामुदायिक वनका अध्यक्ष सूर्यराज गौतम, रेडियो देउखुरीका प्रबन्धक शिवराज खनाललगायतले बोलेका थिए । सुमित्रा शाहको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन कार्यालय सहयोगी मिना थापाले गरेकी थिइन । त्यस्तै समूहको नवौ सार्वजनिक सुनुवाई पनि शुक्रबार सम्पन्न भएको छ । उपभोक्ताबाट सोधिएका प्रश्नको जवाफ समितिका अध्यक्ष कृष्णबहादुर खत्री र सचिव शारदा खड्काले दिएका थिए । उक्त सार्वजनिक सुनुवाईको सहजीकरण पत्रकार प्रिया स्मृती गजमेर र शिवराज खनालले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here