- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeफिचरचुरेको काखमा भ्यु टावर

चुरेको काखमा भ्यु टावर

- Advertisement -spot_img

देउखुरी, २५ बैशाख  ।
पूर्व पश्चिम राजमार्गको लमही बजारदेखि दुईसय मिटर उत्तरतर्फ प्रवेश ग¥यो कि विभिन्न चराचुरुङ्गीको चिरबिर चिरबिर आवाज सुनिन थाल्छ । जता हे¥यो त्यतै हराभरा । वरिपरि तारजालीले फनक्कै बेरिएको, देख्दै बसेर थकान मेट्न पाए हुन्थ्यो भन्ने आभास हुने । लहलह पलाउँदै गरेको हरियो घाँस, मनै आनन्दित बनाउने, बन्दै गरेको चिल्ड्रेन पार्क । उक्त पार्कदेखि थोरै फरकको दुरीमा पोखरी बन्दैछ ।
त्यसैगरी देउखुरीकै धड्कनको रुपमा छाएको भ्यू–टावर पनि नजिकै छ जसले जीवन्त पाउँदै छ । भ्यू–टावर निर्माण हुँदैछ । अजम्बरी सामुदायिक वन उपभोक्ता समितिले जैवीक विविधता संरक्षणको कार्यलाई तीब्रता दिएको छ । करिब ३० बिगाह क्षेत्रफलमा पोखरी निर्माण, ग्रीनपार्क, पिकनिक स्पट लगायत २९ वटा कार्यहरु सामुदायिक वनले गर्दैछ ।

एक करोड २२ लाखको अनुमानित लागतमा एउटा भ्यू–टावर पनि निर्माण हुँदैछ । उक्त टावर सात तलाको निर्माण गर्ने योजना रहेको समितिले जनाएको छ  । आर्थिक बर्ष ०७३÷७४ मा लमही नगरपालिकाको ३५ लाख रुपैयाँ अनुदान र समूहको १५ लाख रुपैयाँ लगानीमा तीन तला निर्माण भैसकेको छ । अनुदान र उपभोक्ताको अनुदानबाट जम्मा तीन तला मात्र बनेको छ, लमही नगरपालिकाले फेरी आर्थिक वर्ष ०७४÷७५ मा २० लाख रकम छुट्याइएको छ । आर्थिक वर्षमा विनियोजन गरेको २० लाख बजेटबाट लमही नगरपालिकाले टेन्डर प्रक्रियाबाट काम गर्ने भएको छ । उक्त कामका लागि सूचना पनि आह्वान गरिसकेको नगरपालिकाले जनाएको छ ।

देउखुरी उपत्यकाको दृश्य अवलोकन गर्न सकिने गरी भ्यू– टावर निर्माण गर्न लागिएको हो । क्यान्टिन, आराम कक्षलगायत आगन्तुकहरुलाई अत्याधुनिक सेवा सुविधा दिने गरी काम अघि बढिरहेको छ । यो भ्यू–टावर पूर्व–पश्चिम राजमार्गदेखि उत्तरतर्फ चुरेको काखमा अवस्थित छ । जिल्ला वन कार्यालयबाट वैधानिक रुपमा अनुमति लिएर काम सुरु गरेको अजम्बरी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष पुनाराम केसीले बताए ।

साथै भविष्यमा पर्यटकहरु आउने गतिलो गन्तव्य बन्नसक्ने सम्भावना रहेको छ । यो ३० बिगाह क्षेत्रफलमा बनाइने स्पटलाई आर्थिक समृद्धिसँग पनि जोड्ने योजना छ केसीले भने । लमही–घोराही सडक खण्डमा विस्तारित १३२ केभी विद्युत लाइनको सहयोगमा सडकको उत्तर छेउमा मिनीपार्क बनेको छ । डेढ बिगाह क्षेत्रफलमा बन्दै गरेको पोखरीको बीचमा मन्दिर बन्ने भएको छ । जसले गर्दा पूजापाठ गर्न सजिलो हुनेछ । अहिले विभिन्न उपसमिति बनाएर काम भैरहेको समूहका अध्यक्ष केसीले बताए । उक्त क्षेत्रभित्र बायो इञ्जिनियरिङ प्रविधिबाट भू–क्षय रोक्ने काम भएको र खोल्सा–खोल्सीमा तटबन्धन गर्ने काम भैरहेको छ ।
नगरपालिकाकै मुहार फेर्ने योजनाको काममा विभिन्न राजनीतिक दल, बुद्दिजीवि, संघ संस्था सरोकारवालाबाट पनि सहयोगको अपेक्षा गरेको अजम्बरी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष पुनाराम केसीले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here