चिस्यान केन्द्रमै कुहिए सुन्तला

मुख्य खबर

रुकुम, ३० फागुन । रुकुम पूर्वको सिस्ने गाउँपालिका–८ मा चिस्यान केन्द्रमै सुन्तला कुहिएपछि कृषकहरु चिन्तित बनेका छन् । आफैंले निर्माण गरेका परम्परागत चिस्यान केन्द्रमा सुन्तला कुहिएपछि कृषकहरु चिन्तित बनेका हुन् ।
सुन्तला पाक्ने बित्तिकै बिक्री नहुने भएपछि लामो समयसम्म राख्न किसानले परम्परागत चिस्यान केन्द्र बनाएका छन् । सुरुका वर्ष सुन्तला राम्रोसँग भण्डारण गरेका किसानहरु पछिल्लो समय सुन्तला कुुहिने क्रम बढ्दै गएपछि समस्यामा परेका छन् ।
ढुंगा, काठ र बाँसको सहयोगमा बनाइएको चिस्यान केन्द्र सफल बन्न सकेका छैनन् । चिस्यान केन्द्रमा राखिएकामध्ये ५० प्रतिशत सुन्तला कुहिएर जाने गरेको किसानको गुनासो छ । यसैबीच कृषकहरुले सुन्तलाको बजार, ढुवानी तथा भण्डारणका लागि सरकारले सहयोग नगरेको गुनासो गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *