- Advertisement -spot_img
Monday, April 19, 2021
Homeफिचरचिकित्सा शिक्षा विधेक पारित

चिकित्सा शिक्षा विधेक पारित

- Advertisement -spot_img

सदनमा कांग्रेसको विरोधका…
काठमाडौं, १२ माघ । नेपाली कांग्रेसको विरोध र नाराबाजीका बीच शुक्रबार चलेलको सदनले बहुचर्चित चिकित्सा शिक्षा विधेक २०७५ पारित गरेको छ । प्रतिनिधिसभामा मार्शल परिचालन गरी चिकित्साशास्त्र विधेयक पारित गरिएको हो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद्हरूले संसद्को वेल घेरिरहेका बेला शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई मर्यादापालकको घेराले रोष्ट्रममा पु¥याउदै विधेयक पेश गराएर सरकारले विधेक पास गराएका छ । सभामुख कृष्णबहादुर महराले कांग्रेस सांसदको विरोधबीच शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेललाई विधेयक पेश गर्ने अनुमति दिएका थिए । त्यसपछि प्रतिपक्षी दलका सांसदले शिक्षामन्त्रीलाई रोक्न गरेको प्रयासलाई विफल पार्दै मर्यादापालकले उनलाई ड्यासमा पु¥याएका थिए ।
प्रमुख प्रतिपक्षी कांग्रेस सांसद्को नाराबाजीबीच बिना छलफल विधेयक बुहुमतले पारित पारित गरिएको छ । शुक्रबार अपरान्ह १ बजेका लागि डाकिएको संसद् बैठक सर्वदलीय बैठकपछि २ बजे मात्र बसेको थियो । करिब आधा घण्टासम्म सदनको वेलमा गएर कांग्रेस सांसद्हरूले नाराबाजी गरेपछि सभामुखले ठूलो मात्रामा मर्यादापालक परिचालन गरि संसदमा नारावाजीबीच विधेयकको प्रक्रिया अघि बढाएका थिए । विधेयकको कारवाही अघि बढाइरहँदा कांग्रेस सांसद्हरू वेलमा नारा लगाइरहेका थिए । नेमकिपाका सांसद् प्रेम सुवालले भने विधेयक पारित गर्ने प्रक्रियाको विरोध जनाएका थिए । सभामुख आसनको अगाडि सभामुखको बचाउका लागि मात्र मर्यादापालक खटाउनुपर्नेमा सांसद् र सरकार बस्ने ठाउँमा समेत मर्यादापालक लाइन लगाइएको भन्दै कांग्रेस सांसद्ले सभामुखको कार्यशैली प्रति विरोध गरेका थिए । सभामुख महराले भने विधेयक पारित गर्ने प्रक्रिया अघि बढाउँदै विशेष शब्दमा चुकेका थिए । उनी पटक पटकद संसदमा चुक्दै आएका छन ।

नेपाली कांग्रेसका सांसद्हरूले संसद्को वेल घेरिरहेका बेला शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई मर्यादापालकको घेराले रोष्ट्रममा पु¥याउदै विधेयक पेश गराएर सरकारले विधेक पास गराएका छ ।

कसरी भयो विधेयक पास ?

शुक्रबारको बैठक सुरु भएलगत्तै कांग्रेस सांसद् सरिता गिरीले आफ्नो धारणा राखिन् । उनले धारणा राखेलगत्तै कांग्रेस सांसदले अवरोध सुरु गरे । आ–आफ्नो स्थानबाट उठेर कांग्रेस सांसदले नाराबाजी गर्दा सभामुखले पटकपटक आफ्नो स्थानमा गएर बस्न आग्रह गरेपनि नाराबाजीलाई निरन्तरता दिए । पटकपटक आग्रह गर्दा पनि नाराबाजी नरोकिएपछि सभामुख महराले विधेयक पारित गर्ने प्रक्रिया अगाडि बढाए । विरोधबीच मन्त्री पोखरेललाई विधेयक टेबुल गर्न सभामुखले अनुमति दिए ।
सभामुखको अनुमति लगत्तै कांग्रेस सांसदले मन्त्री पोखरेललाई रोक्ने प्रयास गरे पनि मर्यादापालकको सहयोगमा मन्त्री पोखरेल ड्यासमा पुगे । विधेयक टेबुल भएपछि सभामुख महराले छलफलका लागि नाम टिपाउन सांसदलाई समय दिए । तर, कुनै सांसदले नाम नदिएपछि संसदीय उपसमितिको प्रतिवेदनलाई स्वीकार गर्दै विधेयकको अंग बनोस् भन्ने प्रस्ताव पेश गरे । उपसमितिको प्रतिवेधन विधेयकको अंगको रुपमा स्वीकार भएपछि सभामुख महराले विधेयकलाई निर्णायार्थ संसदमा पेश गर्न मन्त्री पोखरेललाई अनुमति दिए । विधेयक टेबुल गरेर ड्यासमै बसेका मन्त्री पोखरेलले निर्णायार्थ पेश गरेलगत्तै संसदको बहुमतले बहुचर्चित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ पारित भयो ।
चिकित्सा शिक्षा क्षेत्रमा सुधार ल्याउन माग गर्दै पटक पटक अनशन गर्दै आएका प्रा.डा. गोविन्द केसी र सरकारबीच भएको सहमतिको भावनानुसार सरकारले चिकित्सा शिक्षासम्बन्धी विधेयक संसदमा पेश गरेको दाबी गरेको छ । डा. केसी भने गलत मनसायले विधेयक संसदमा पुगेको भन्दै १६ पटक अनसनमा छन् । इलामबाट अनशन सुरु गरेका केसीको उपचार त्रिवि शिक्षण अस्पतालमा भइरहेको छ । केसी अनसन बसेको १७औं दिनमा शुक्रबार संसदबाट विधेयक पारित भएको हो । संसदको अर्को बैठक माघ १७ गते शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।

संसद् र सडकमा विरोध ः कांग्रेस

बैठकपछि प्रतिक्रिया दिँदै कांग्रेस सभापति देउवाले अब संसद् र सडक दुवै ठाउँमा सरकारको विरोध गर्ने बताए । पूर्व स्वाथ्यमन्त्री कांग्रेस युवानेता गगन थापाले सभामुखले प्रतिपक्षलाई ढाँटेर सदनको कारवाही अघि बढाएको आरोप लगाए । ‘सभामुखले आग्रहबाट मुक्त भएर व्यवहार गर्न सक्नुभएन । त्योभन्दा ठूलो कुरा, आजको बैठकमा उहाँले जालझेलपूर्ण व्यवहार देखाउनुभयो,’ थापाले भने, ‘बैठक सुरू हुनुअघि सर्वदलीय बैठकमा निकास निकाल्छु, कम्तीमा मुठभेड हुन दिन्नँ भन्नुभएको थियो । तर, सदनमा आएर उल्टो व्यवहार देखाउनुभयो ।’

डा.केसीका असहमति के के ?

चिकित्सा शिक्षा विधेयक असहमति राख्दै १६औं पटक डा. गोविन्द केसी अनसन बसेको शुक्रबार १७ औं दिन पुगेको छ । १७ औं दिनमा विधेयक पारित भएको छ । डा. केसीका असहमतिका बाबजुत पनि विधेयक पारित भएको हो ।

असहमतिका बुँदा

–डा.केसीको माग एक विश्वविद्यालयले पाँचवटा भन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिन नपाउँने भन्ने छ । तर, पारित भएको विधेयकमा काठमाडौं उपत्यका बाहिर मनसायपत्र पाएर पूर्वाधार पुरा गरेका हकमा एउटा विश्वविद्यालयले पाँच भन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिने भनिएको छ ।
केसीको अर्को मागमा सीटीईभीटीले सञ्चालन गरेको प्रमाणपत्र तहभन्दा तलका स्वास्थ्य शिक्षासम्बन्धी कार्यक्रम फेजआउट गर्ने भनिएको छ । तर, पारित विधेयकमा यस्ता कार्यक्रम तोकिए बोमोजिम हटाउने र तोकेको मापडण्डबोमोजिम स्तरोन्नती गरिने भनिएको छ ।
–प्रस्तावनामा चिकित्सा शिक्षा सम्बन्धी राष्ट्रिय नीति तर्जुमा स्तरीय कार्यदलको प्रतिवेदन, २०७२ को मर्म र भावन बोमोजिम अन्य कार्यलनको प्रतिवेदनलाई दृष्टीगत भनी भन्ने वाक्य राख्नुपर्ने डा. केसीको माग छ । विधेयकमा भने चिकित्सा शिक्षा सुधार सम्बन्धमा विभिन्न समय गठित आयोग, समिति तथा कार्यदलको प्रतिवेदको मर्म र भावना समेत दृष्टीगत गरी भन्ने वाक्यांश राखिएको छ । –डा. केसीले चिकित्सा शिक्षा क्षेत्रको बेथिति र समस्या सामधान गर्न उच्चस्तरीय चिकित्सा शिक्षा आयोग गठन गर्ने माग राखेका छन् । तर, पारित भएको विधेयकमा आयोगसँगै छुट्टै चिकित्सा शिक्षा विश्वविद्यालय पनि खोल्न सकिने प्रावधान राखिएको छ  ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here