चिकित्सक अभाव हटाऊ

विचार समाज सम्पादकीय

सरकारी अस्पतालमा दरबन्दी अनुसार चिकित्सक अभाव देखिएको छ । दाङमा रहेका सरकारी अस्पतालहरुमा अहिले तोकेको दरबन्दी अनुसार चिकित्सक छैनन् । त्यसमा विशेषज्ञ चिकित्सक त झन थोरै छन् । जिल्लामा रहेका ठूला तथा तथा साना सरकारी अस्पतालहरुमा यो समस्या रहेको छ । पछिल्लो समय राजमार्ग क्षेत्रमा रहेको लमहीको लमही अस्पतालमा जनशक्ति अभावले सेवा प्रवाहमा समेत समस्या देखिएको छ । जनशक्तिको अभावको कारण सेवाग्राहीहरुले उपचारको साटो सास्ती पाइरहेका छन् ।

स्वस्थ्य जस्तो अति संवेदनशील क्षेत्रमा राज्यले गम्भीर हुनुपर्छ । राज्ययले नागरिकलाई स्वास्थ्य सेवाको पहुँच सहज बनाएर लैजानुपर्छ । दरबन्दी अभाव भएका र रिक्त रहेका स्थानमा पदपूर्ति गरी सेवालाई सहज बनाउनु पर्छ । जनताले दरबन्दीकै कारण दुःख पाउन हुँदैन । सहजरूपमा स्वास्थ्य सेवा लिन पाउने ब्यवस्था तत्काल गरिनुपर्छ ।


दाङको देउखुरीमा रहेको लमही अस्पतालमा आवश्यकता अनुसारको दक्ष जनशक्ति छैन । दक्ष जनशक्ति नहुँदा अस्पतालको सेवा प्रवाहमा समस्या भएको विषय सार्वजनिक भएको छ । तीनजना विशेषज्ञ चिकित्सकको दरबन्दी रहेको अस्पतालमा एकजना मात्रै चिकित्सकले सेवा प्रवाह गरिरहेका छन् । लमही अस्पताल १५ शैयाको अस्पताल हो । यसमा कम्तिमा पनि छजना चिकित्सकको आवश्यकता हुन्छ । तर लमहीमा तीनजनाको दरबन्दी रहेको छ । एकजना मात्रै कार्यरत हुँदा सेवाग्राहीले सहजरूपमा सेवा पाउन नसकेको पनि गुनासो बढ्दै गएको छ । दरबन्दी अनुसारको जनशक्ति र दक्ष चिकित्सक जनशक्ति नहुँदा काम कारवाहीमा समेत समस्या देखिराखेको छ । चिकित्सकदेखि स्वास्थ्यकर्मीसम्मको अस्पतालमा अभाव भएको लामो समयसम्ममा पनि राज्यले उचित ब्यवस्थापन गर्न सकेको छैन । गर्मीसँगै बिरामीको चाप पनि अत्याधिक देखिएको छ । यो समयमा अस्पतालमा चिकित्सक पर्याप्त नहुँदा बिरामीले दुःख र सास्ती पाइरहेका छन् । यो सास्तीलाई हटाएर चिकित्सक ब्यवस्थापन छिटो गरिनुपर्छ । अब अस्पतालहरुको दरबन्दी परिपूर्ति गर्नतर्फ स्थानीय तहले पनि प्रयास गर्न जरुरी छ ।
स्वस्थ्य जस्तो अति संवेदनशील क्षेत्रमा राज्यले गम्भीर हुनुपर्छ । राज्ययले नागरिकलाई स्वास्थ्य सेवाको पहुँच सहज बनाएर लैजानुपर्छ । दरबन्दी अभाव भएका र रिक्त रहेका स्थानमा पदपूर्ति गरी सेवालाई सहज बनाउनु पर्छ । जनताले दरबन्दीकै कारण दुःख पाउन हुँदैन । सहजरूपमा स्वास्थ्य सेवा लिन पाउने ब्यवस्था तत्काल गरिनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *