चालकमा रोकिएन मापसे

मुख्य खबर

घोराही, २५ चैत । यात्रालाई सुरक्षित बनाउन मादकपदार्थ सेवन जाँचमा दाङमा प्रहरीले कडाई गरे पनि चालकहरुको लापरवाही रोकिएको छैन् । चालु आर्थिक बर्षको आठ महिनामा दाङमा मादकपदार्थ सेवन गरेर सवारीका साधन चलाउने ५ सय ६० जना चालक कारवाहीमा परेका छन् ।
सवारी दुर्घटनाको कारण मादकपदार्थ सेवन गरेर गाडी चलाउनु प्रमुख कारण देखिएको भन्दै ट्राफिकसँगै नेपाल प्रहरीले जाँचलाई निकै कडाई गर्दै आएको छ । तर सवारीका चालकहरुको अटेरी रोकिन नसकेको प्रहरीको भनाइ छ । सबैभन्दा धेरै मोटरसाईकल चालकहरु मादकपदार्थ सेवन गर्ने देखिएका छन् । आठ महिनामा ४ सय ५२ मोटरसाईकल चालक कारवाहीमा पर्दा ४ लाख ५२ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।
त्यसैगरी, ४५ जना टेम्पो चालक, २५ जना जिप चालक, २१ जना टेक्टर चालक, १४ जना ट्रक चालक र ३ जना बस चालक मादकपदार्थ सेवन गरेका कारण कारवाहीमा परेका छन् । सबै चालकहरुलाई जनही एक÷एक हजार रुपैयाँ जरिवाना गरिएको ट्राफिक प्रहरी कार्यालय प्रशासन शाखाका जवान लालबहादुर देउवाले जानकारी दिए ।
कुल ५ सय ६० जना मादकपदार्थ सेवन गरेर गाडी चलाउने चालकलाई जरिवाना गर्दा ५ लाख ६० हजार रुपैयाँ राजस्व संकलन भएको छ । यसैबीच मादकपदार्थ सेवन गरेर गाडी चलाएका कारण दुर्घटना भएपछि केही चालकहरुलाई मुद्दा चलाएर कैद सजायसँगै जिल्ला प्रशासनबाट जरिवानासमेत हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *