चार वर्षपछि सुलझियो वन विवाद

फिचर मुख्य खबर समाज

भालुवाङ, २ असार ।
राज्यले समुदायले संरक्षण गर्ने गरी जिम्मा दिएको र समुदायले नै रेखदेख गरिरहेको एक सामुदायिक वनमा उपभोक्ताहरुबीचको विवाद र जुँगाको लडाइले चार वर्षदेखि वनको भविष्य नै अन्यौल रहेको थियो । उपभोक्ताहरु वन खण्डीकरण गरेर भागबण्डाको योजनामा समेत लागेका थिए । एक समूहले अर्काे समूहको कुरा नमान्दा राप्ती गाँउपालिका–१ भालुवाङस्थित राप्ती सामुदायिक वनको अस्तित्वको लडाइ विगत चार वर्षदेखि हुँदै आएको थियो ।
वनलाई टुक्र्यााई छुट्टै सामुदायिक वन दर्ता गराउन माग गरी चैते माछीताल गाउँका उपभोक्ताहरुसँगको विवाद अहिले लामो संवाद प्रक्रियाबाट समाधान गरिएको छ । संवाद समूह क्षेत्रीय सचिवालय तुलसीपुरले एक वर्ष अघिदेखि थालेको संवाद प्रक्रिया निष्कर्षमा पु¥याएर समाधान गरिएको हो । विवाद समाधान भएपनि वनको साधारण सभा गरी नयाँ नेतृत्वसमेत चुनिएको छ । २०५१ सालमा स्थापना भई २०५३ सालमा जिल्ला वन कार्यालय दाङबाट राप्ती सामुदायिक वन उपभोक्ता समूहको नाममा हस्तान्तरण भएको सामुदायिक वनको पूर्व गनाह खोला, पश्चिम भालुखोला, उत्तर स्यानीघोषको ठूले क्षेत्र र दक्षिणमा राप्ती नदी र आवादी चार किल्लाभित्र एक हजार एक सय ८६ हेक्टर क्षेत्रफल भूगोल उक्त सामुदायिक वनले ओगटेको छ । वनले भालुवाङ बजार, बगासोती गाउँ, खर्क गाउँ, माछिताल गाउँ, चैते ९ शान्तिपुर गाउँ र थरुनी गाडे गाउँका ६ सय ९२ घरधुरीका ४ हजार उपभोक्ताहरु आवद्ध रहेका छन् । त्यसमध्येमा १ सय १० घरधुरीका उपभोतmाहरुको छुट्टै वनको माग गर्दै आएका थिए ।
तिनीहरुको माग सम्बोधन गर्न जिल्ला वन कार्यालय दाङ, सामुदायिक वन उपभोक्ता महासंघ दाङ, नर्ती वन समन्वय समिति लमहीलगायतका सरोकारवाला निकायहरुले बारम्बार समाधान गर्न असफल भई उतm सामुदायिक वनको विधान तथा कार्ययोजना नवीकरणसमेत चार वर्षदेखि हुन सकेको थिएन । संवाद समूह क्षेत्रीय सचिवालय तुलसीपुरको करिब १ वर्षको पहलमा द्वन्द्वरत दुबै पक्षसँग पटक–पटक छलफल चलाई दुबै पक्षको सहमतिमा पुनः एक भई राप्ती सामुदायिक वन नै कायम राखी साझा संस्थाका रुपमा मानी अगाडि बढ्ने र सामुदायिक वनको संरक्षण, सम्वद्र्धन, सदुपयोग र व्यवस्थापनमा सामूहिक अगाडि बढ्ने गरी समूहको विधान र कार्ययोजना नवीकरण कार्य अगाडि बढाउने सहमति गरेपछि अब विवाद पूर्णरुपमा समाधान भएको छ । गरी चार वर्षे विवाद समाधान भएको छ ।
विवाद समाधान पछि सामुदायिक वनको जेठ ३१ गते सम्पन्न १३औँ अधिवेशनले नयाँ नेतत्वसमेत गठन गरेको छ । १३औँ अधिवेशन र २२औँ साधारण सभाबाट खिमविक्रम शाहको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति समेत सर्वसम्मत चयन गरेको छ । जसको उपाध्यक्षमा देवीसरा राना, सचिव मिना मगर, सहसचिव तेज बहादुर पुन, कोषाध्यक्ष कर्ण बहादुर केसी, सदस्यहरुमा बहादुर कर्ण केसी पदम बहादुर पुन, विष्णु केसी, खड्क बहादुर राउत, स्यानी परियार, लक्ष्मी बिएम, सरिता केसी, डिला राना, विजुला थापा, सुशीला पुन, जावेद अहमद, दुर्गाप्रसाद पन्थी, केशर बहादुर कुमाल, मुक्ति गुरुङ, रिमा कुलामी, हिरा बहादुर पुन, जस्मती विक रहेका छन् । समूहका अध्यक्ष गेमबहादुुर खड्काको अध्यक्षतामा भएको अधिवेशनलाई प्रमुख अतिथि एवं राप्ती गाँउपालिका वडा नम्बर १ का वडाध्यक्ष तारा बहादुर डिसी, विशिष्ट अतिथि साविक तुलसीपुर नगरपालिकाका नगरप्रमुख तथा संवाद समूहका सदस्य ढुण्डीराज लामिछाने, संवाद समूह क्षेत्रीय सचिवालय तुलसीपुरका बरिष्ठ सहजकर्ता सुशील बस्नेत, नेपाल राष्ट्रिय मावि भालुवाङ विव्यस अध्यक्ष नर बहादुर केसी, नर्ती वन महासंघका अध्यक्ष हरि भुसाल, नर्ती वन समन्वय समितिका सचिव तारा घिमिरे, सामुदायिक वन उपभोक्ताका भूतपूर्व अध्यक्ष रुद्र बहादुर झाँक्रीलगायतले शुभकामना मन्तव्य दिएका थिए । सदस्य पुष्पा पाण्डेको स्वागत मन्तव्य र सल्लाहकार महेश रिजालको सञ्चालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *