- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeमुख्य खबरचाडपर्व नजिकिदा बजार भरिभराउ

चाडपर्व नजिकिदा बजार भरिभराउ

- Advertisement -spot_img

तुलसीपुर, २४ साउन । चाडपर्वहरु नजिकिदै गर्दा किनमेल गर्नेहरुको दाङका बजार सेवाग्राहीले बाक्लिन थालेका छन् । चाडपर्वको सुरुवातसँगै जिल्लाका ठूला सहरहरु तुलसीपुर, घोराही, लमही र भालुवाङका बजारमा किनमेल गर्नेहरुको भिड लागेको छ ।
कपडा पसल र कस्मेटिक पसलहरुमा अलि बढी नै भीडभाड छ । तुलसीपुरमा झण्डै एक सय बढी कस्मेटिक तथा श्रृङ्गारका पसलहरु रहेका छन् भने ती पसलहरुमा किनमेल गर्नेहरुको घुँइचो बढ्दै गएको गएको कस्मेटिक ब्यवसायी कल्पना विष्टले बताइन् ।
नजिकिदै गरेका चाडपर्वहरु श्रीकृष्णाजन्माष्टमी, हरितालिका तीजहरु नजिकिदै छन् भने गाउँबाट बजारमा किनमेल गर्नेहरुको सङ्ख्यामा पनि दिनहुँ बृद्धि भैरहेको व्यवसायी वहिद सिद्दिकीले जानकारी दिए ।
बजारमा सामान किन्दै गरेकी तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ कि माया चौधरीले कृष्णजन्माष्टमी पर्वको तयारीका लागि सामान किन्न आएको बताइन् । चाडपर्व नजिकिदै छ, चुरापोते किनमेल गर्न आएकी हँु चौधरीले भनिन् । कस्मेटिक सामानहरुको भाउ भने विगतका वर्षभन्दा धेरै बढेकोछ ।
त्यस्तै, दंगीशरण गाउँपालिका वडा नं. ८ कि रिना वली पनि तीजको तयारीमा जुटेको सुनाइन् । आजभोलि नै किनमेल गरेमा अलि सस्तो र भिडभाड कम हुन्छ कि भनेर बजार आएकी हुँ, उनले भनिन्, भीडभाड त के को कम हुन्थ्यो र ?
उनले सुरुको भन्दा यसबर्ष मूल्य साह्रै आकासिएको गुनासो गरिन । एकपत्ता टिका किन्दा पहिले १० रुपैयाँ पथ्र्याे तर अहिले ३० रुपैयाँ हाले । शान्तिनगर गाउँपालिका वडा नं.४ शर्मिला वलीले कस्मेटिक सामानमा व्यापारीले मनोमानी मुल्य वृद्धि गरेर बजारभाउ बढाएको आरोप लगाइन । विभिन्न बहानामा पसलैपिच्छे मुल्य फरक–फरक हुँदा उपभोक्ताहरु मारमा पर्ने गरेको गुनासो पनि त्यत्तिकै रहेको छ ।
कस्मेटिक पसल व्यवसायी समितिका सल्लाहाकार श्रीमण बस्नेतले कम्पनीको सामान अनुसारको मूल्य निर्धारण गरिएको बताए । बिक्रेताले पसल पिच्छे मूल्य निर्धारण गर्न नमिल्ने जिकिर गरे ।
सरकारले कर वृद्धि गरेकोले हामी व्यापारीहरु मंहगीको चपेटामा परेका छौँ । कस्मेटिक व्यवसायी कल्पना विष्टले बजार भाउअनुसार नै आफूले मालसामानहरु बेच्ने गरेकोे बताइन् । तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विर बहादुर रावतले चाडपर्व नजिकिएसँगै मूल्य बृद्धि भएकोमा उपभोक्ताहरु मारमा परेका बताए ।
कस्मेटिक सामानको मुल्यमा एकरुपता नभएको गुनासो आएको भन्दै मुल्यमा एकरुपताका लागि संघले समन्वय गर्ने बताए । उपभोक्तालाई मारमा नपारी सामान हिसाबले मूल्य निधार्रण गरेर बिक्री गर्नुपर्ने बताए ।
नारीहरुको महानपर्व हरितालिका तीजको शुभकामना पनि दिए । चाडपर्व अरुको देखासिकी गरेर भन्दा पनि आफूले उपयोग गर्न सक्ने र सामान्य तरिकाले मनाउन समेत आग्रह गरे । सम्बन्धित निकायले समयमै यस विषयमा ध्यान दिएर बजारको अनुगमन र नियमन गर्नसके उपभोक्ताहरु ठगिनबाट बच्ने थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here