Friday, April 19, 2024
Homeमुख्य खबरचन्द्रोदयको २५औँ वार्षिकोत्सव

चन्द्रोदयको २५औँ वार्षिकोत्सव

- Advertisement -spot_img

तुलसीपुर, ३ फागुन । चन्द्रोदय विद्याकुुञ्ज बोर्डिङ स्कुुलको २५औँ वार्षिकोत्सव सम्पन्न भएको छ । तुुलसीपुर उपमहानगरपालिका–११ जसपुुरमा रहेको बोर्डिङ स्कुलले बिहीबार विभिन्न कार्यक्रमको आयोजना गरी विद्यालयको वार्षिकोत्सव मनाएको हो । कार्यक्रमका अवसरमा प्रतिनिधि सभा सदस्य हिराचन्द्र केसीले शैक्षिक जनशक्ति उत्पादनमा विद्यालयले खेलेको भूमिकाको प्रशंसा गरेका थिए । उनले निजी विद्यालयले शैक्षिक लगानीलाई सरकारले परिचालन गर्ने बताए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दोर्णबहादुर बस्नेतले विद्यालयको प्रगति विवरण प्रस्तुत गरेका थिए ।
उक्त अवसरमा प्याव्सन तुलसीपुरका अध्यक्ष गिरिराज डाँगी, वडा अध्यक्ष चित्रबहादुर वली, हरिदत्त कार्की, मानबहादुर बस्नेत, डम्बरबहादुर डाँगीलगायतले निजी विद्यालयको स्तर वृद्धि गर्नका लागि विभिन्न किसिमका शैक्षिक कार्यक्रमहरु अगाडि ल्याउनुपर्ने बताए । कार्यक्रम विद्यालयका अध्यक्ष बलदेव आचार्यको अध्यक्षता तथा प्रतिनिधि सभा सदस्य हिराचन्द्र केसीको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक हरि वलीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here