- Advertisement -spot_img
Friday, April 16, 2021
Homeमुख्य खबरचन्दा र श्रमदानबाट शिव मन्दिर

चन्दा र श्रमदानबाट शिव मन्दिर

- Advertisement -spot_img

घोराही, ३१ साउन । घोराही उपमहानगरपालिका–१८ दिपज्योति टोलका स्थानीयले चन्दा र श्रमदानबाट नागेश्वर पार्वती मन्दिर परिसरमा शिव मन्दिरको स्थापना गरेका छन् । दिपज्योति टोल विकास संस्था र मन्दिर व्यवस्थापन समितिको पहलमा ४ लाख ७ हजारको लागतमा उक्त मन्दिरको निर्माण गरिएको हो । यसैबीच मन्दिरको शुक्रबार घोराही उपमहानगरपालिका नगरप्रमुख नरुलाल चौधरीले उद्घाटन गरे । मन्दिरको उद्घाटन गर्दै चौधरीले जिल्लालाई पर्यटकीय क्षेत्रको रुपमा चिनाउनको लागि धार्मिक क्षेत्रको विकास अनिवार्य भएको बताए । कार्यक्रममा घोराही उपमहानगरपालिकाका वडा प्रहरी कार्यालयका प्रहरी प्रमुख रन्जन हवा, वडा अध्यक्षहरु रमेश पाण्डे, हर्क घर्ती, कृष्ण घर्ती, पत्रकार महासंघ दाङका कोषाध्यक्ष आरके शितल, कलाकार कमल गाउँले, चन्दादाता सुवास गौतम, भरतमणि शर्मालगायतले धारणा व्यक्त गरेका थिए । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ज्ञानबहादुर रायमाझीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको उद्घाटन कार्यक्रमका संयोजक मानबहादुर विकले गरेका थिए । यसैगरी कार्यक्रमको सहजीकरण सचिव केशव केसीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here