चन्दजी संसदमै आएर राजनीति गर्नुहोस्

फिचर मुख्य खबर राजनीति

तुलसीपुर, १५ चैत्र । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई जनताको मत जितेर संसदमै आएर राजनीति गर्न अह्राएका छन् । उनले नेकपालाई भ्रष्टाचारविरुद्ध अभियान थाल्न संसदीय थलो नै उपयुक्त हुने भन्दै यसमै आउन आग्रह गरे ।
नेकपा तलसीपुर उपमहानगर कमिटीको नयाँ नेतृत्वको सपथ ग्रहण तथा नेता कार्यक्रता भेलालाई बिहीबार तुलसीपुरमा सम्बोधन गर्दै मुख्यमन्त्री पोख्रेलले विप्लव निकट नेकपाले थालेको भ्रष्टाचारविरुद्धको अभियान राम्रो भए पनि हत्या,
हिंसाको राजनीति गलत भएको बताए । ‘संविधानमा स्पष्ट व्यवस्था छ शान्तिपूर्ण राजनीति गर्न पाउने, उनले भने, विप्लवजी जनताको मत जितेर आउनुस्, संसदबाटै लाग्नुस् भ्रष्टाचारव्रिरुद्ध अभियानमा ।’
भ्रष्टाचार विरुद्धको अभियानमा सरकार पनि तपाईको साथमा छ, आउनुस् अभियानलाई सफल पारौँ, तर विद्रोहले हैन शान्तिपूर्ण रुपमा राजनीति गर्नुस् उनले भने,

विप्लवजी जनताको मत जितेर आउनुस्, संसदबाटै लाग्नुस् भ्रष्टाचारव्रिरुद्ध अभियानमा ।


जतिबेला नेपाली काँग्रेसले हतियार उठायो त्यतिबेला जहानीया राणा शासनको अन्त्य गर्नु थियो, संवैधानिक व्यवस्था नै शुरु भएको थिएन्, लोकतान्त्रिक अधिकारहरु बन्देज थिए,
त्यसकै लागि काँग्रेसले राज्य व्यवस्था परिवर्तनका लागि विद्रोहको राजनीति शुरु गरेको हो– उनले थपे, त्यसैगरी तत्कालीन नेकपा माओवादीले पनि निरंकुश राजतन्त्रको अन्त्यका लागि हतियार उठाएको थियो ।
त्यस्तो अवस्थामा संवैधानिक व्यवस्था बहाल गर्नका लागि, लोकतान्त्रिक व्यवस्था बहाल गर्नका लागि जनताका छोराछोरी राष्ट्रको मालिक हुने अधिकार स्थापनाका गरिएको विद्रोह हो उनले भने, तर अहिले दुईतिहाई ल्याएर संविधान संशोधन गर्ने अधिकारसमेत संविधानले ल्याएको अवस्थामा हत्या, हिंसाको राजनीति सफल हुँदैन ।
नेकपाका स्थायी कमिटी सदस्यसमेत रहेका मुख्यमन्त्री पोेख्रेलेले संविधानमा शान्तिपूर्ण राजनीति गर्ने व्यवस्था सबैलाई भएको बताए । संविधानले बाटो दिएको छ, शान्तिपूर्ण ढंगले गतिविधि गर्न संविधानले कहाँ बाधा पु¥याएको छ ?
कुनै पनि आन्दोलनले आफ्नो औचित्य पुष्टि गर्न सक्नुपर्छ उनले भने । विप्लव नेकपाको वर्तमान राजनीतिबारे अधिकांश समय खर्चेका मुख्यमन्त्री पोख्रेलले हत्या हिंसाको राजनीति अन्त्य गरेर शान्तिपूर्ण रुपमा मूलधारको राजनीति गर्न आग्रह गरे । हिजोको अवस्था र आजको अवस्था फरक छ भन्ने बुझ्नुस् विप्लवज्यू उनले भने ।
बिगतको राज्य व्यवस्था परिवर्तनमा काँग्रेस र तत्काल नेकपा माओवादीले थालेको विद्रोह आवश्यक भएपनि अब विगतको जस्तो व्यवस्था नभएको बताए । हिजोको आन्दोलनको सिरानीमा आजको राजनीति सफल हुँदैन् उनले भने ।
कसैले संघीयताभन्दा नयाँ व्यवस्थामा पनि जान सक्ने व्यवस्था रहेको तर जनताको दुई तिहाई बहुमत प्राप्त हुुनुपर्ने उनको भनाइ छ । उनले राज्य व्यवस्थाका सबै प्रश्न जनताको अभिमतबाट सुल्झाउन सकिने बताए ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मुख्यमन्त्री पोख्रेलले तुलसीपुर उपमहानगर कमिटीका १ सय १ नयाँ पदाधिकारीलाई सपथ ग्रहण गराउँदै राज्यका गतिविधि जनतामा लैजान र जनताका समस्या राज्यसम्म पु¥याउन आग्रह समेत गरेका छन्  ।
प्रदेश सचिव जगप्रसाद शर्मा ‘अपार’ले प्रदेश नम्बर ५ मा एकसय ९ वटा स्थानीय तहमध्ये एकसय ५ स्थानीय तहमा एकता टुंगीसकेको बताएका छन् । उनले भने– प्रदेशमा दुईपार्टी बीचको एकतालाई अन्तिम चरणमा लगेका छौँ,
प्रदेश नं. ५ को एकतालाई टुंग्याईसकेका छौं, उनले भने ‘अब बाँकी रहेका चारवटा स्थानीय तहको एकता पनि अबको एकसाताभित्र टुङ्गी सक्ने छ ।’ उनले भने– रुकुमका तीनवटा र रोल्पाको एउटा स्थानीय तहमात्रै बाँकी रहेको छ ।
नेकपा तुलसीपुर उपमहानगर कमिटीका अध्यक्ष खुशीराम चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा मुख्यमन्त्री पोख्रेलले ९९ सय सदस्य, १ अध्यक्ष र १ सचिवलाई सपथ ग्रहण गराएका थिए । कार्यक्रमको सहजीकरण सचिव माधव वलीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *