- Advertisement -spot_img
Thursday, April 15, 2021
Homeफिचरघोराही ७ को वार्षिक समीक्षा

घोराही ७ को वार्षिक समीक्षा

- Advertisement -spot_img

घोराही, २४ साउन । घोराही उपमहानगरपालिका वडा नम्वर ७ को आयोजनामा बुधबार आव ०७५÷७६ को वार्षिक समीक्षा कार्यक्रम भएको छ । वडामा सञ्चालन भएका पूर्वाधार विकास, सामाजिक विकास तथा अन्य गतिविधिको समीक्षा गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको छ । वडा अध्यक्ष खोपीराम चौधरीको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यमा वार्षिक समीक्षा कार्यक्रम भएको छ ।
कार्यक्रममा वडा सचिव चन्द्रबहादुर केसीले वडाले गत आव ०७५÷७६ सालमा सञ्चालन गरेका गतिविधिका बारेमा जानकारी दिए । उनका अनुसार ७ नम्बर वडाले गतबर्ष ६३ वटा पूर्वाधार र सामाजिक विकासका योजना छनौट गरेकोमा ६२ वटा सम्पन्न भएको जानकारी गराए । यस्तै वडामा ७० वटा व्यवसाय दर्ताबाट १६ लाख ९४ हजार एक सय ८५ रुपैयाँ राजस्व संकलन भएको छ ।
कार्यक्रममा बोल्दै घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले जनतालाई प्राविधिक सेवा स्थानीयस्तरबाटै दिनका लागि यसै आर्थिक बर्षदेखि प्रत्येक वडामा एकजना इञ्जिनियर वा सवइञ्जिनियर खटाउन थालेको जानकारी दिए ।
उपभोक्ताहरुले योजनाको काम गर्दा धेरै प्राविधिक समस्या आएको गुनासो गरेको भन्दै उनले अब वडामा पूरा समय काम गर्ने गरी वडामा इञ्जिनियर खटाउन थालेको बताए । परम्परागत तरिकाबाटै हुँदै आएको विकासलाई परिमार्जित गर्दै दीगो र भावी सन्तति समेत गर्व गर्न लायक हुनुपर्ने भन्दै उनले योजनाका काम गर्दा आफ्नै सम्झेर गर्नुपर्ने बताउनुभयो । बताए ।
नगरमा सिंचाईको अभाव हुन नदिन र नगरबासीलाई उत्पादनसँग जोड्न सबै वडामा कम्तीमा एक ड्याम बनाउने नीति रहेको भन्दै उनले ७ नम्वर वडामा पनि यसै बर्षदेखि ड्याम निर्माणको काम सुरु हुने बताए ।
उक्त कार्यक्रममा बोल्ने अन्य उपभोक्ता तथा टोल बिकास संस्थाका प्रतिनिधिहरुले विकास निर्माणका काम गर्दा प्राविधिक समस्याका साथै ढुंगा, गिट्टीको सहज आपूर्ति हुन नसकेको गुनासो गरेका छन् । वक्ताहरुले वडामा कृषि तथा पशुको प्राविधिक सेवा लिन नसकेको भन्दै आगामी दिनमा यस्तो सेवा वडा तहबाटै पाउने व्यवस्था गर्न सुझाव दिए ।
कार्यक्रममा सहभागीको जवाफ दिदै वडा अध्यक्ष खोपीराम चौधरीले सबै टोलको समानुपातिक विकास गर्न वडा लागिपरेको भन्दै विकासमा जनताको साथ र सक्रियता आवश्यक रहेको बताए ।
उनले प्रदेश, केन्द्र तथा नगरसँगको समन्वयमा गत बर्षदिखि सर्रा–सौडियार–बेलहरी र कनरिया सडक पिच सुरु भएको तथा तल्लो दामोदर रोडको स्तरोन्नती, बेलहरीमा सिंचाई तथा खानेपानीका लागि डिप बोरिङ निर्माण, बेलहरीदेखि हनरिया हुँदै नापी डाँडासम्म सडक स्तरोन्नतीका योजना यसै बर्षदेखि सुरु हुनथालेको जानकारी दिए । मावि सौडियारमा कृषि विषयमा पढाई सुरु गर्न थालिएको उनले बताए ।
उक्त कार्यक्रममा मावि सौडियारका प्रधानाध्यापक ज्ञानेन्द्र गौतम, शुक्रवार टोल विकास संस्थाका अध्यक्ष लक्ष्मीप्रसाद चौधरी, हनरिया टोल विकास संस्थाका अध्यक्ष क्रिमलाल चौधरी, घुस्रा टोल विकास संस्थाका अध्यक्ष रोवरबहादुर केसी, कनरिया टोल विकास संस्थाका अध्यक्ष अमृता विक समाजसेवी भूपबहादुर शाह, सेनराज शाह, खोपेन्द्रराज शर्मालगायतले बोलेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here