- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeमुख्य खबरघोराही बजार शनिबार पनि खुल्ने

घोराही बजार शनिबार पनि खुल्ने

- Advertisement -spot_img

घोराही, १९ साउन । दाङ जिल्ला उद्योग वाणिज्य संघले आगामी भदौ २ गते शनिबारदेखि पसलहरु खोल्ने निर्णय गरेको छ । विभिन्न चाडपर्वहरु आइरहेको समयमा उपभोक्ताहरुलाई किनमेल गर्नका लागि सहजता ल्याउन शनिबार पनि पसलहरु खोल्ने निर्णय गरेको हो ।
संघको शनिबार बसेको बैठकले नेपालीहरुको चाडपर्वहरु हरितालिका तीज, बडा दशै, तिहार र छठलाई मध्यनजर गर्दै उपभोक्ताहरुको सहजताका लागि शनिबार पनि पसलहरु खुल्ला राख्ने निर्णय गरेको हो । संघका अध्यक्ष नारायणप्रसाद भुसालको अध्यक्षतामा बसेको बैठकले उपभोक्ताहरुको अधिकारलाई ख्याल गर्दै गुणस्तरीय समानहरु मात्रै बिक्री गर्नसमेत व्यवसायीहरुलाई आग्रह गरेको छ । चाडपर्वको समयमा हुन सक्ने कालोबजारी, गुणस्तरहीन सामाग्री बिक्रीलाई पूर्णरुपमा रोक्ने भन्दै बैठकले व्यवसायीहरुको ध्यानाकर्षणसमेत गराएको छ । साथै बैठकले संघको प्रेस संयोजकमा पत्रकार अमरराज आचार्यलाई नियुक्त गरेको महासचिव नरेश कार्कीले जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here