घोराही खानेपानीमा मतदान

समाज

घोराही, २७ माघ । घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नयाँ नेतृत्व चयनका लागि शनिबार मतदान भएको छ । बिहान ८ बजेदेखि सुरुभएको मतदान बेलुका ५ बजे सकिएको थियो । ५ हजार ८ सय ३२ मतदाता रहेको खानेपानी संस्थामा ३ हजार १ सय ३६ मत मात्रै खसेको मुख्य निर्वाचन अधिकृत रेवतिरमण भटराईले जानकारी दिए । खानेपानी संस्थाको नयाँ नेतृत्वका लागि दुईवटा प्यानल चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । संस्थाको नेतृत्वका लागि लोकतान्त्रिक प्यानलबाट अध्यक्षमा देविबहादुर डिसी, उपाध्यक्षमा भरत पाण्डे, सचिवमा सुमन शर्मा र कोषाध्यक्षमा धु्रब केसी निर्वाचनमा छन् । लोकतान्त्रिक प्यानलबाट सदस्यहरुमा धर्मेन्द्र श्रेष्ठ, नारायण भण्डारी, खुमा खड्का, यशोदा पाण्डे र लक्ष्मीसिंह ठकुरी प्रतिस्पर्धामा रहेका छन् ।
सदस्य पदमा स्वतन्त्र तर्फबाट कालिबहादुर खत्री, राजेन्द्र श्रेष्ठ, बसन्ताकुमारी भट्टराई, मोहनी देवी डाँगी, शारदादेवी थापा, सीता पोख्रेल पनि चुनावी प्रतिस्पर्धामा छन् । त्यसै प्रगतिशील प्यानलतर्फ अध्यक्षमा गणेशप्रसाद श्रेष्ठ, उपाध्यक्षमा मधुसुदन अर्याल, सचिवमा निर्मल गौतम र कोषाध्यक्ष पदका लागि नरबहादुर बुढाथोकी चुनावी प्रतिस्पर्धामा छन् । सदस्यहरुमा दुर्गा खत्री, दिलिप खनाल, विष्णु कालाथोकी, भूमा चौधरी र मनकुमारी पुन प्रतिस्पर्धामा हुनुहुन्छ । त्यसैगरी घोराही खानेपानी संस्थाले वडा नम्बर १४, १५, १६, १७ र १८ नम्बरका वडाहरुमा खानेपानी पु¥याउँदै आएको छ । संस्थामा नयाँ नेतृत्व चयनका लागि प्रगतिशील प्यानल र प्रजातान्त्रिक प्यानलबीच प्रतिस्पर्धामा रहेका छन् । दुई प्यानलमध्ये मतदाताले कसलाई बढी मत दिने हुुन् ? हेर्न त बाँकी नै छ, तर उपभोक्ताले जसले बाजीमारे पनि खानेपानीको दीर्घकालिन समस्या समाधानका लागि उपभोक्ताले अपेक्षा गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *