घोराही, २३ माघ । घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको चुनावी सरगर्मी बढेको छ । २६ गते हुने संस्थाको निर्वाचनमा दलीय उम्मेदवारहरुको प्रतिपर्धा हुने भएपछि चुनावी सरगर्मी बढेको हो । उम्मेदवारहरुले आ–आफ्नो पक्षमा मत ल्याउनको लागि चुनावी चहलपहल बढाएका छन् । आगामी कार्यकालको लागि प्रजातान्त्रिक समूह र बामपन्थी समूहले आ–आफ्नो उम्मेदवारी दर्ता गराईसकेका छन् भने उम्मेदवारहरु उपभोक्ताहरुको घरदैलोमा आफ्नो पक्षमा मत तान्नको लागि घरदैलो अभियानलाई तिव्रसमेत पारेका छन् । संस्थाको निर्वाचनमा यसपटक पनि वर्तमान अध्यक्ष देवीबहादुर डिसीलाई अगाडि सारेको छ । डिसी संस्थाको छैठाँै कार्यकालका लागि चुनावी प्रतिस्पर्धामा छन् ।
अबको निर्वाचनमा उपभोक्ताहरुले पहिलेको कार्यकाल जस्तै विश्वास गरेर मत दिएर जिताए भने छैठौ कार्यकाल हुनेछ । त्यसैगरी डिसीको समूहबाट घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आसन्न निर्वाचनमा उपाध्यक्षमा भरतमणि पाण्डे, कोषाध्यक्षमा धुव्र केसी, सचिवमा सुमन शर्मालाई अगाडि सारेको छ । त्यसैगरी सदस्यहरुमा धर्मेन्द्र श्रेष्ठ, नारायण भण्डारी, महिला सदस्यमा यशोदादेवी पाण्डे, खुमा खड्का थापा मगर, लक्ष्मी सिंह ठकुरीलाई अगाडि सारेको छ । त्यसैगरी बामपन्थी समूहले गणेशप्रसाद श्रेष्ठलाई अगाडि सारेको छ । उम्मेदवार श्रेष्ठ यो भन्दा पहिला कार्यसमिति सदस्य थिए । भने संस्थाको सल्लाहकारमा ६ कार्यकाल बिताइसकेका छन् । त्यसैगरी घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आसन्न निर्वाचनमा उपाध्यक्षमा बामपन्थी समूहतर्फवाट मधुसूदन शर्मा अर्याल, सचिवमा निर्मल गौतम, कोषाध्यक्षमा नरबहादुर बुढाथोकीलाई अगाडि सारेको छ । त्यसैगरी सदस्यहरुमा दुर्गा खत्री, दिलिप खनाल, महिला सदस्यमा विष्णु कालाथोकी, भूमा चौधरी मनकुमारी पुनलाई अगाडि सारेको छ । प्रजातान्त्रिक समूहले चौविसै घण्टा पानीको व्यवस्था गर्ने योजना बनाएको छ । खानेपानीको लागि पूर्वाधारका धेरै काम गरिसकेकाले अबको मुख्य योजना भनेको चौबिसै घण्टा पानी खुवाउने अध्यक्ष पदका उमेदवार डिसीले बताएका छन् । ‘यो संस्थामा म घोराहीबासीलाई पानी खुवाउन आएको हुँ’ उनले भने ‘अबको योजना पनि चौविसै घण्टा पानी खुवाउने छु ।’
आगामी कार्यकालको लागि प्रजातान्त्रिक समूह र बामपन्थी समूहले आ–आफ्नो उम्मेदवारी दर्ता गराईसकेका छन् भने उम्मेदवारहरु उपभोक्ताहरुको घरदैलोमा आफ्नो पक्षमा मत तान्नको लागि घरदैलो अभियानलाई तिव्रसमेत पारेका छन् ।
बामपन्थी समूहले उपभोक्ताहरुलाई सर्वसुलभ पानीको व्यवस्था गर्ने, खानेपानीको सरसफाईको सूचकको पूरा गर्ने, गौरव खानेपानी आयोजना सञ्चालन गर्ने योजना रहेको अध्यक्ष पदका उम्मेदवार श्रेष्ठले बताए । दुबै समूहका उम्मेदवारले आ–आफ्नो योजनालाई अगाडि सारेर उपभोक्ताहरुसँग मत माग्न थालिसकेका छन् । संस्थाका उपभोक्ता तथा मतदाताहरुले पुरानै कार्यसमिति देवीबहादुर डिसीलाई मतदान गर्ने योजनामा छन् भने कोही मतदाता भने यो पटक नयाँ उम्मेदवारलाई विचार गर्ने योजनामा छन् । घोराहीका रमेश शर्माले संस्थाका वर्तमान अध्यक्ष डिसीलाई नै मतदान गर्ने योजनामा छन् । ‘वर्तमान अध्यक्ष डिसीले घोराही क्षेत्रमा पानीको व्यवस्थाको लागि राम्रो काम गर्दै आईरहेका छन् र गर्छन्’ शर्माले प्रजातान्त्रिक समूहका अध्यक्ष पदका उम्मेदवार डिसीको पक्षमा तर्क गर्दै भने ‘पारिवारिक व्यवस्थापन गरिसकेकाले सामाजिक क्षेत्रमा पारदर्शी काम गर्न सक्छन् ।’ खानेपानीको क्षेत्रमा राम्रो काम गरेको र सबै उपभोक्ताहरुलाई सम्मानजनक पानीको व्यवस्था गरेकै कारण मत जित्दै आएको र यस पटक पनि जित्नेमा उनी विश्वस्त छन् ।
त्यसैगरी घोराहीकी हेमन्त पुनले नयाँ उम्मेदवार गणेशप्रसाद श्रेष्ठलाई मत दिने योजनामा छन् । ‘सधै एउटै व्यक्तिले मात्र संस्था चलाउनु हुँदैन्’ पुनले बामपन्थी उम्मेदवारका अध्यक्ष श्रेष्ठको पक्षमा तर्क गर्दै भने ‘नयाँ पुस्तालाई पनि अवसर दिनुपर्छ ।’ नयाँ पुस्ताले पनि अवसरमा पाएमा काम गर्न सक्छन् भन्नेमा उनको विश्वास छ । घोराहीमा खानेपानीको चुनावी सरगर्मी बढेसँगै उपाभोक्ता तथा मतदाताहरुहरुले जिताउन चाहेको उम्मेदवारको विषयमा यसैगरी तर्क दिन थालेका छन् । निर्वाचनमा सचिव पदमा दिपक कुमार क्षेष्ठले पनि उम्मेदवारी दिएका छन् । श्रेष्ठ वर्तमान कार्यसमिति सदस्य हुन् । २६ गते हुने खाने संस्थाको आसन्न निर्वाचनको कार्यक्रमसमेत सार्वजनिक गरिसकेको छ । आज बुधबार उम्मेदवारी फिर्ता लिन सक्ने छन् । निर्वाचन समितिका अनुसार उम्मेदवारको अन्तिम नामावली पनि आज बुधबार नै सार्वजनिक गरिने छ ।