- Advertisement -spot_img
Friday, April 16, 2021
Homeमुख्य खबरघोराही उपमहानगरमा सरसफाई उपसमिति

घोराही उपमहानगरमा सरसफाई उपसमिति

- Advertisement -spot_img

घोराही, ११ कात्तिक । घोराही उपमहानगरपालिकाले सरसफाई क्षेत्रलाई प्रभावकारी बनाउन वडा सदस्यहरुलाई जिम्मेवारी दिएको छ । उपमहानगरपालिकाको वातावरण तथा विपद् व्यवस्थापन समितिले वडा सदस्यहरुलाई भेला गराई विभिन्न ९ क्षेत्रमा सरसफाईलाई प्रभावकारी बनाउन ४५ जना वडा सदस्यहरुको उपसमिति गठन गरेको छ । समितिले जंगबहादुर रोका संयोजक रहेको पाँच सदस्यीय विद्यालय क्षेत्र सरसफाई उपसमिति गठन गरेको छ । त्यसैगरी, होटलतर्फ केशव गिरी, ग्यारेज तथा पसलतर्फ कृष्णबहादुर घर्ती, सरकारी कार्यालयतर्फ रेमन्ता पुन, बधशालातर्फ गुलाम रसुल, सार्वजनिक स्थलतर्फ लक्ष्मी लम्साल, मठमन्दिरतर्फ मधुमती गौतम, खोलानालातर्फ सुमन रोका र अस्पताल एवं पार्किङ क्षेत्रको संयोजकमा कृष्णा रानालाई जिम्मेवारी दिइएको छ ।
नगरको विकास पहिले सरसफाईबाट गर्नुपर्ने भएकाले त्यसको जिम्मेवारी वडा सदस्यहरुलाई दिइएको नगरका कार्यबाहक प्रमुख सीता सिग्देल न्यौपानेले जानकारी दिइन् । सरसफाईमा अझै नागरिकहरुको आनीबानीमा परिवर्तन आउन नसकेको भन्दै उनले अब वडा समस्यहरुलाई जिम्मेवारी दिएर खटाईने बताइन् । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सन्तबहादुर सुनारले नगरको सुन्दरता नै फोहर व्यवस्थापनमा हुने बताए । सुन्दरता र सफाई विनाको विकास असम्भव हुने उनको भनाइ छ । त्यसैगरी वडा नम्बर १४ का अध्यक्ष एवं वातावरण समितिका संयोजक शक्तिराम डाँगीले वडा सदस्यहरुलाई कामकाजी बनाउन सरसफाईको जिम्मेवारी दिएको बताए । सरसफाई बिना विकास, समृद्धि र सुन्दरता आउन नसक्ने भएकाले वडा सदस्यहरुलाई परिचालन गरिएको डाँगीले जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here