- Advertisement -spot_img
Thursday, April 15, 2021
Homeफिचरघोराही उपमहानगरमा कर्मचारी फेरबदल

घोराही उपमहानगरमा कर्मचारी फेरबदल

- Advertisement -spot_img

घोराही, २९ भदौ । घर नक्साको इष्टिमेट गराउनु प¥यो घोराही उपमहानगरपालिकाका कर्मचारीहरुले भनेकै कन्सल्टेन्सीमा जानुपर्ने । सडक निर्माणको क्रममा आवश्यक पर्ने गिट्टी, बालुवा पनि उनै कर्मचारीहरुले भने क्रसर उद्योगबाट खरिद गर्नुपर्ने ।
पूर्वाधार बनाउनको लागि ईट्टा चाहियो, कर्मचारीले भनेकै स्थानबाट ईट्टा खरिद गर्नुपर्ने । कुनै निर्माण गर्दा आवश्यक पर्ने हार्डवेयरका सामान चाहियो भने पनि कर्मचारीले भनेकै अनुसार खरिद गर्नुपर्ने । नत्र उपभोक्ताहरुको सहजै योजना पास हुँदैनन् । यि गुनासाहरु घोराहीबासीहरुले वर्षौदेखि गर्दै आईरहेका छन् ।
जिल्लास्तर तथा घोराही उपमहानगरपालिकाले गरेका सार्वजनिक सुनुवाई कार्यक्रममा पनि नामै किटाएर उपभोक्ता तथा नागरिकहरुले पटक–पटक यि समस्याहरु सुनाउँदै आइरहेका छन् ।
घोराही उपमहानगरपालिकाका विशेषगरी योजना तथा प्राविधिक फाँटमा रहेका कर्मचारीहरुले भने अनुसारको सामाग्री खरिद नगरेमा वा भने अनुसार काम नगरेमा न त जग्गाको नक्सा पास हुन्छ न त सडकको योजना नै । जसले गर्दा उपभोक्ता तथा नगरबासीहरु कसैले विरोध जनाए पनि कर्मचारीले भने बमोजिम नै गर्नुपर्ने बाध्यता रहदै आएको थियो ।
त्यसैको प्रतिफल घोराही उपमहानगरपालिका यो वर्ष नराम्रोसँग भोग्नु परेको छ । गत असार मसान्तमा घोराहीको मुख्य सडकमा रिसिलिङ गरेको एक हप्तामा नै उप्किएपछि उपमहानगरपालिकामा कामको गुणस्तर र पारदर्शीको विषयमा नै प्रश्न उठेको थियो ।
सडक पिच गर्दा कम्पनीले ६.३० किमी रिसिलङको सम्झौता गरेकोमा २.८३ किमी मात्र र कुल परिणाममा विटुमिनको प्रयोग भएको बताइएको छ । २.८३ किलोमीटरको काम हुँदासमेत योजना प्रमुखको भूमिका लापरवाही देखिएको थियो भने प्राविधिक कर्मचारीहरु पनि जिम्मेवार थिएनन् ।
घोराहीको मुख्य सडक र जनसरोकार र सबैको चासोको विषय भएकाले घोराही उपमहानगरपालिकाले गम्भीरतापूर्ण लियो । घोराही उपहानगरपालिका दशकौदेखि एउटै फाँटमा सेवा प्रवाह गर्दै आईरहेका छन् ।
नगरपालिकामा तिनै कर्मचारीको बर्चश्व कायम गर्दै आईरहेका थिए । घोराही उपमहानगरपालिकामा जनगुनासो व्यापक आउन थालेपछि कर्मचारीको व्यवस्थापन गरेको छ ।
घोराही उपमहानगरपालिकाका पाँचजना कर्मचारीहरुलाई कार्यसम्पादनमा पारदर्शी ल्याउनको लागि र एउटै कर्मचारीलाई धेरै जिम्मेवारी दिदा बोझ हुने भएकाले कर्मचारी व्यवस्थापन गरिएको घोराही उपमहानगरपालिकाले जनाएको छ ।
घोराही उपमहानगरपालिकामा कार्यरत प्राविधिक इन्जिनियरहरु रामधन श्रेष्ठ, वीरबहादुर वली, प्रशासन शाखामा कार्यरत सुवोध रेग्मी र पूर्वाधारमा कार्यरत मधुसूदन खतिवडालाई जिम्मेवारीमा फेरबदल गरेर कर्मचारीको व्यवस्थापन गरेको छ ।
घोराही उपमहानगरपालिकाका प्रशासकीय अधिकृत ऋषिराम केसीका अनुसार प्राविधिक इन्जिनियर रामधन श्रेष्ठलाई पूर्वाधार फाँटको जलाशय हेर्न मात्र जिम्मेवार दिएको छ ।
श्रेष्ठले जलासयको इस्टिमेट र ड्याम निर्माणको प्राविधिक विषयका जिम्मेवार तोकिएको छ । यो भन्दा पहिला श्रेष्ठले सडक, घर नक्सा पासलगायतका पूर्वाधारका सबै जिम्मेवार सम्हाल्दै आएका थिए ।
त्यसैगरी अर्का प्राविधिक इन्जिनियर वीरबहादुर वलीलाई विपद् व्यवस्थापन शाखाको अनुगमन गर्ने जिम्मेवारी दिएको घोराही उपमहानगरपालिकाका प्रशासकीय अधिकृत केसीले जानकारी दिए ।
त्यसैगरी घोराही उपमहानगरको प्रशासन शाखामा कर्मचारी खटनपटन र वातावरण तथा फोहर व्यवस्थापन फाँटमा कार्यरत सुवोध रेग्मी घोराही उपमहानगरपालिका वडा नं. ३ को वडा सचिवमा खटाइएको छ ।
त्यसैगरी पूर्वाधारमा शाखामा कार्यरत मधुसूदन खतिवडालाई वडा नं. ५ मा खटाइएको छ भने प्राविधिक फाँटमा कार्यरत तिलक केसीलाई घोराही उपमहानगरपालिका वडा नं. ७ मा सुपर भाइजरको रुपमा खटाइएको छ । घोराही उपमहानगरपालिकाले केही दिन पहिले करारमा नियुक्ति गरेका प्राविधिकहरुलाई खटाएको छ ।
घोराही उपमहानगरपालिकाका पूर्वाधार प्राविधिकतर्फ इन्जिनियरहरु कमल थापा र सुमित शर्मा, सडकतर्फ इन्जिनियर नरेश सुवेदी, भवन र सामुदायिक विद्यालयको पूर्वाधारतर्फ इन्जिनियर सन्दिप घिमिरे,
घर नक्सातर्फ इन्जिनियरहरु भिमबहादुर केसी, प्रविण रावत, जीवराज आचार्यलाई खटाएको छ । ‘घोराही उपमहानगरमा जिम्मेवारसहित कर्मचारी व्यवस्थापन गर्नको लागि फेरबदल गरिएको हो’
घोराही उपमहानगरका प्रशासकीय अधिकृत केसीले भने ‘पहिलेका कर्मचारीहरुलाई धेरै जिम्मेवार हँुदा बोझ भएको उपमहानगरको महशुस छ ।’
कर्मचारीहरु जनगुनासोलाई समेटन्का लागि पनि कर्मचारी व्यवस्थापन गरिएको उनले बताए । ‘एउटै कर्मचारीले सबै जिम्मेवार लिदा कार्यसम्पादनको योजना अनुरुप नहुने हुँदा कर्मचारी फेरबदल गरिएको उनले बताए ।
एक महिना अगाडि घोराही उपमहानगरपालिकाले २४ जना इन्जिनियरहरु करार सेवामा नियुक्ति गरेको थियो । ति मध्ये १९ जना इन्जिनियरहरु १९ वडामा खटाएको थियो भने बाँकी इन्जिनियरहरुलाई घोराही उपमहानगरपालिका खटाएको प्रशासकीय अधिकृत केसीले जनाएका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here